निर्णय नं. ४३८ - उत्प्रेषणको आदेश जारी गरी पाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ४३८ - उत्प्रेषणको आदेश जारी गरी पाउँ भाग: ११ साल: २०२५ महिना: बैशाख अंक: १ फैसला मिति :२०२४/०३/२९ २६८४ निर्णय नं. ४३८ ने.का.प. २०२५ डिभिजन बेञ्च न्यायाधीश श्री कालीप्रसाद उपाध्याय न्यायाधीश श्री प्रकाशबहादुर के.शी. सम्वत् २०२३ सालको रीट नम्बर २२१ निवेदक : मधुकान्त झा ब्राहमणको वारेस रामचन्द्र झा ब्राम्हण विरुद्ध विपक्षी : न्यायाधीश श्री हिरण्येश्वरमान गौर, समेत विषय : उत्प्रेषणको आदेश जारी गरी पाउँ (१) भूमिसम्बन्धी ऐन, २०२१ को दफा ४५ मा जग्गा राजीनामा फार्छे गरी दिएको लिखतलाई कृषि ऋण भनी रकम निश्चित गर्ने व्यवस्थाको अभावमा–उक्त फार्छे राजीनामालाई ऋण रकम निश्चित गर्ने निर्णय गरेको देखिएमा–अधिकार क्षेत्र नाघी गरेको देखिन आउने–सो निर्णय उत्प्रेषणको आदेशबाट बदर हुने । जग्गा राजीनामामा फार्छे गरी दिएको लिखतलाई कृषि ऋण भनी निश्चित गरेको देखिन आएकोले त्यस्तो राजीनामा फार्छेलाई कृषि ऋण भनी रकम निश्चित गर्ने व्यवस्था उक्त दफा ४५ मा भएको नदेखिनाले कृषि ऋण राजीनामा फार्छेलाई ऋण निश्चित गर्न गरेको विपक्षी भूमिसुधार अधिकारीको निर्णय अधिकार क्षेत्र नाघी गरेको निर्णय देखिन आएकोले उक्त भूमिसुधार अधिकारीको २०२२।७।१५ को निर्णय उत्प्रेषणको आदेशद्वारा बदर गरी दिनु पर्ने ठहर्छ । (प्रकरण नं. १०) निवेदक तर्फबाट : वरिष्ठ अधिवक्ता श्री देवनाथप्रसाद वर्मा विपक्षी तर्फबाट : वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद भण्डारी आदेश १. २०२१।३।२१।७ मा विपक्षी मध्येको नबलकिशोर सिंह राजपुतबाट रु.१५८५।– मा जग्गा बिगाहा १।१ एक बिगाहा छ । कट्टा राजीनामा फार्छे गराई दिएको लिखत पास गरी नदिएकोले लिखत पास गराई पाउँ भनी रौतहट जिल्ला अदालतमा मेरा नालेस परेको मुद्दा दायरै छ । रु. १५८५।– को लिखत भए पनि रु. ११२०।– मात्र दिनु पर्ने हुनाले ऋण निश्चित गरी पाउँ भनी विपक्षी नबलकिशोर सिंहको जि. भूमिसुधार अफिस गौर रौतहटमा उजुर परेकोमा भू.सुं अफिस, रौतहटका जिल्ला भूमिसुधार अधिकारी ज्यूबाट रु. ३००।– मात्र दिनु पर्ने ठहराई ऋण निश्चित गरी दिनु भएकोले फार्छे राजीनामा गराई लिएको व्यवहारमा ऋण निश्चित गरी निर्णय गरिएकोले सो निर्णय अनाधिकारको हुँदा बदर गरी पाउँ भन्ने मेरो अपील भूमिसुधार विशेष अदालत, रौतहटमा परेकोमा भू.सं. ऐन र नियम अन्तर्गत ऋण निश्चित गर्ने गरी गरेको निर्णय उपर अदालतमा अपील लाग्ने कुनै व्यवस्था नभएको र अपीलाटलाई भएको जरिवाना उपर भू.सं. ऐनको दफा ५८ को उपदफा २ अन्तर्गत मात्र म्याद दिईएको हुँदा अपीलाटको भू.सं. ऐनको २०२१ को दफा ५२ को उपदफा ३ अन्तर्गतको अपील नलाग्ने भनी मेरो अपील खारेज गरी दिनु भयो । भोग दृष्टि कपाली समेतको ऋणमासम्म भू.सं. ऐनको २०२१ को दफा ५० ले भू.सु. अधिकारीले ऋण निश्चित गर्न पाउनेमा निवेदकको प्रस्तुत फार्छे राजीनामाको थैली त्यस्तो ऋण नभई हक टुटाई फार्छे राजीनामा गराई लिएको कलम हुँदा यस्तोमा भू.सं. ऐन, २०२१ को दफा ४५।५० र भू.सं. नियमावलीहरू, २०२१ समेतले निणय फैसला गर्ने अधिकार दिएको नहुँदा अनाधिकार निर्णय फैसला गर्नु भएको प्रष्ट छ । भू.सं. ऐन, २०२१ द्वारा ऋणको रकम निश्चित गर्ने अधिकार प्रदान गरेको छ । सुक्री बिक्री फार्छे राजीनामाको रकमलाई ऋणको संज्ञा दिनु कानूनी हुँदैन । ऋण भनेको त्यस रकमलाई भनिन्छ, जुन रकम साहुले ऋणीबाट केही समय पछि उठाइए फिर्ता लिन पाउने हुन्छ । फार्छे राजीनामाको कलममा विक्री गर्नेको विक्री भएको सम्पत्तिमा कुनै हकदैयै बाँकी नरहने हुँदा त्यस्तो लेनदेन भएकोलाई ऋणको संज्ञा दिन क