निर्णय नं. ६०६२ - करारनामा बमोजिम लिखत पास गराई पाउँ।

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ६०६२ - करारनामा बमोजिम लिखत पास गराई पाउँ। भाग: ३७ साल: २०५२ महिना: मंसिर अंक: ८ फैसला मिति :२०५२/०५/०७ ३२०८ निर्णय नं. ६०६२ २०५२, ने.का.प. अङ्क ८ संयुक्त इजलास माननीय न्यायाधीश श्री गोविन्दबहादुर श्रेष्ठ माननीय न्यायाधीश श्री अरविन्दनाथ आचार्य सम्वत् २०५१ सालको दे.पु.नं. २३२१ फैसला मिति : २०५२।५।७।३ विषय : करारनामा बमोजिम लिखत पास गराई पाउँ। पुनरावेदक/वादी : नन्दलालको छोरा जिल्ला पर्सा विरगञ्ज नगरपालिका वडा नं. ७ बस्ने घनश्याम अग्रवाल विरुद्ध प्रत्यर्थी/प्रतिवादी : जिल्ला बारा बहुअरी गा.वि.स. वडा नं. ८ घर भै हाल जिल्ला पर्सा विरञ्ज न.पा. वडा नं. ७ अब्दुल कैयुम अन्सारी § वादीले दावी लिएको विवादको कि.नं. ३१७ को जग्गा प्रतिवादी अब्दुल कैयुम अन्सारी समेत ३ जनाको नाउँमा संयुक्त दर्ता रहेको देखिन्छ । तिन जनाको नाउँमा संयुक्त दर्ता रहेको जग्गा एक जनाले मात्र बिक्री गरी दिने गरी बैना लिनु दिनु गरेको लिखतलाई करारको संज्ञा दिन नमिल्ने । (प्रकरण नं. ७) § विवादको सम्पूर्ण जग्गामा हक दावी गर्नेले बैना दिएको रकम कटाई बाँकी रकम धरौट राखेर मात्र उजूर गर्नु पर्नेमा सो बापतको रकम धरौट नराखेबाट वादीले आफ्नो दायित्व पुरा गरेको सम्झन नमिल्ने । (प्रकरण नं. ७) पुनरावेदक तर्फबाट : विद्वान अधिवक्ता श्री चोलेन्द्र शमशेर ज.ब.रा. प्रत्यर्थी तर्फबाट : x अवलम्बित नजीर : x फैसला न्या.गोविन्दबहादुर श्रेष्ठ : पुनरावेदन अदालत हेटौंडाबाट भएको फैसला उपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१)(ग) बमोजिम पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यस प्रकार रहेछ । २. यसमा विपक्ष अब्दुल कैयुमले म घनश्याम अग्रवालबाट अब्दुल कैयुम महिमदिन अन्सारी नमुदिन अन्सारीको नाउँमा संयुक्त दर्ताको सगोलको जिल्ला बारा लिपनी माल गा.पं. वार्ड नं. ८ को कि.नं. ३१७ को दोयम ज.वि. ०–६–६ को मोल कठ्ठा १ को रु. २१५००।– को दरमा बिक्री गर्ने तय गरी उक्त जग्गाको हुने मोल रु. मध्ये बैना बापत रु. २०,०००।– बुझि लिई ०४६ साल आषाढ सम्ममा रजिष्टे«शन पास गरी दिने छु भनी घरको मुख्य अब्दुल कैयुमले करार गरी मिति २०४५।१०।२१ गते करारनामाको कागज लेखी अक्षरबाट दुवै बुढी औंठाको ल्याप्चे सहिछाप गरी दिनु भएको उक्त मिति ०४६ साल आषाढ सम्ममा विपक्षीको कुनै उक्त जग्गाको सम्पूर्ण रुपैयाँ बुझाई रजिष्टे«शन पास गरी दिनुस भनी विपक्षीसँग बराबर भन्दा र लिखित जानकारी दिँदा समेत आज सम्म करार बमोजिम लिखत पास गरी नदिई करारको शर्त पुरा नगरी दिएबाट करार बमोजिम बाँकी रुपैयाँ विपक्षीलाई म बाट दिलाई शर्त पुरा गराई विपक्षी समेतको दाजुभाइका नाउँमा संयुक्त दर्ता भएको कि.नं. ३१७ को ज.वि. ०६६ जग्गा मेरो नाउँमा लिखत पास गराई दर्ता समेत गराई पाउँ भन्ने समेत व्यहोराको वादीको फिरादपत्र । ३. वादी मेरो चिनजानका मानिस हुँदा निजसँग रु. १०,०००।– सापटी माग गर्दा निजले म त्यस्तै रुपैयाँ दिन कागज गर्नु पर्छ भनी भन्दा निजले कपाली कागज मात्र होइन जग्गा तपाईहरुको नाउँमा संयुक्त हक रहेको सो जग्गा मलाई बिक्री गर्ने करारनामाको कागज गरी दिनुस भन्दा तिनजनाको संयुक्त दर्ता रहेको जग्गाको मैले एक जनाले करार गर्न मिल्दैन भनी भन्दा तपाईको जग्ग लिनु दिनु छैन । विश्वासको लागि कागज गरी दिनु पर्यो भने वादीले अनुरोध गरेबाट निजको भनाई अनुसार रु. १०,०००।– लिई दोब्बरको कागज बनाउने प्रचलन अनुसार रुपैयाँ २०,०००।– को बैनाको कागज सम्म वादीको चित्त बुझाउन भाखा राखी कागज गरेको सम्म हुँ । तर कुनै