निर्णय नं. ४३९ - उत्प्रेषण वा अन्य उपयुक्त आज्ञा, आदेश वा पूर्जि जारी पाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ४३९ - उत्प्रेषण वा अन्य उपयुक्त आज्ञा, आदेश वा पूर्जि जारी पाउँ भाग: ११ साल: २०२५ महिना: बैशाख अंक: १ फैसला मिति :२०२४/०५/२६ २६०० निणर्य नं.४३९ ने.का.प. २०२५ डिभिजन बेञ्च न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह न्यायाधीश श्री कालीप्रसाद उपाध्याय सम्वत् २०२३ सालको रीट नम्वर ३३८ निवेदक : ना.सु.नारायण दास राजवाहक विरुद्ध विपक्षी : भूमिसुधार विशेष अदालत, काठमाडौ समेत विषय : उत्प्रेषण वा अन्य उपयुक्त आज्ञा, आदेश वा पूर्जि जारी पाउँ (१) भू.सु. ऐन प्रकाशित हुनु भन्दा पछि अरु अड्डामा फिरादपत्र दर्ता भएमा–सो मुद्दा उक्त ऐनको दफा ५४ अन्तर्गत भू.सु. विशेष अदालतमा सरी आएको भन्न नमिल्ने । उक्त ऐन, २०२१।८।१ मा प्रकाशित भएको र प्रस्तुत मुद्दाको फिरादपत्र २०२१।९।१४ मा काठमाडौ जिल्ला अदालतमा दर्ता भएको देखिएबाट उक्त भू.सु.ऐन प्रकाशित हुनु भन्दा पछि यो फिरादपत्र दर्ता भएको भन्ने देखिएकोबाट भू.सु. ऐन जारी हुनुभन्दा अधि दायर भएको यो मुद्दा नभएकोले ५४ अन्तर्गत सरेको मुद्दा भन्न मिलेन । (प्रकरण नं. ६) (२) विशेष अदालतको निणर्य सुम्पिएको मुद्दामा अन्तिम हुने भन्ने भू.सु. ऐन (दफा ५५) मा नदेखिएमा–उक्त निणर्य उपर विशेष अदालत ऐन, २०१३ को दफा ८ अनुसार अपील लाग्ने । भू.सु. ऐन, २०२१ को दफा ५५ मा हेर्दा, यो ऐनमा अन्यथा लेखिएकोमा बाहेक यो ऐन अन्तर्गत तोकिएको अदालतमा परेको मुद्दा मामिला सो अदालतबाट भएको निणर्य अन्तिम हुनेछ र त्यस उपर कुनै अदालतमा अपील वा उजुर लाग्ने छैन भन्ने उल्लेख भएको देखिएबाट सुम्पिएको मुद्दामा विशेष अदालतको निर्णय अन्तिम हुने भन्ने देखिन नआई त्यस्तो निणर्य उपर विशेष अदालत ऐन, २०१३ को दफा ८ बमोजिम अपील लाग्ने भन्ने कुरा प्रष्ट । (प्रकरण नं. ७ ) (३) विशेष अदालत ऐन, २०१३ को दफा ८ बमोजिम पुनरावेदन गर्न पाउने अन्य उपचार देखिएमा–उत्प्रेषणको आदेशको माग गरेमा–सो माग मिलेको नदेखिने । दिनु पर्ने पुनरावेदनको म्याद नदिएमा सो म्यादको निम्ती परमादेशको आदेश जारी गर्नपर्ने । अतः २०२३।५।२७ को सूचना प्रकाशित हुनु भन्दा अगावै प्रस्तुत मुद्दा भू.सु. विशेष अदालतले तोकेको नाताबाट हेर्न नसक्ने भएकोले त्यस भन्दा पूर्व सूचनाबमोजिम सुम्पिएको नाताबाट हेरेको भन्ने देखिन आएकोले यसमा विशेष अदालत ऐन, २०१३ को दफा ८ बमोजिम पुनरावेदन गर्न पाउने अन्य उपचार देखिएकोले उत्प्रेषणको आदेशको माग गरेको मिलेको देखिएन । पुनरावेदनको म्याद दिनु पर्नेमा नदिएको हुँदा पुनरावेदनको म्याद दिनु भनी परमादेशको आदेश जारी गर्नुपर्ने ठहर्छ । (प्रकरण नं. ८) निवेदक तर्फबाट : अधिवक्ता श्री कृष्णप्रसाद पन्त विपक्षी तर्फबाट : सरकारी अधिवक्ता श्री रतनलाल कनौडिया आदेश १. त्रिपुरेश्वर खिढल जग्गा समेत जम्मा रोपनी द्र।।।२ मोही न्हुछे च्यामेबाट रु. १५००।– मा मोहियानी हक २००४।२।३१ मा राजीनामा पास गरी कुरुवाको निमित्त छाप्रो बनाई बालीको संरक्षणार्थ पक्का पर्खाल बनाई र घर बनाउनको निमित्त २००५ सालमा म्यूनिसिपालिटीमा नक्शा पास गराई घर बनाउन जग र हवास समेत बनाएको र जग्गा आफूले भोग चलन गरी कमाएको जग्गामा २०२१।६।२७ गते बुद्धिमान र न्हुछेमानहरूले धानबाली लुटी लग्यो । सजाय गरी बिगो दिलाई पाउँ भन्ने २०२१।९।१४ म फिराद दायर भएको थियो । काठमाडौं जि.अ. ले मोहियानी हकको तेरो मेरोतर्फ भूमिसम्बन्धी ऐनको दफा ५४ ले यस अदालतबाट कारवाही गर्न नमिली भूमिसुधार विशेष अदालतमा कारवाही किनारा गर्न पठाई दिनु भन्ने बेरीत पूर्ण तथा कानून विरुद्ध २०२२।३।१४।२ मा