निर्णय नं. ४४० - परमादेशको आदेश जारी गरी पाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ४४० - परमादेशको आदेश जारी गरी पाउँ भाग: ११ साल: २०२५ महिना: बैशाख अंक: १ फैसला मिति :२०२४/१०/०७ २५७८ निर्णय नं. ४४० ने.का.प. २०२५ डिभिजन बेञ्च न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह न्यायाधीश श्री प्रकाशबहादुर के.शी. सम्वत् २०२३ सालको रीट नं. २३९ निवेदक : प्रदिपराज पाण्डे, पशुपति ट्रेड सेन्टर विरुद्ध विपक्षी : श्री वाग्मती अञ्चलाधीश विषय : परमादेशको आदेश जारी गरी पाउँ (१) कुनै उद्देश्य र तात्पर्यलाई दर्शाई श्री ५ को सरकारबाट निक्लेको सूचनाले दस्तुरको उल्लेख गरेमा–सोही रुपमा तिर्न बुझाउन पर्ने बाध्यता रहने–सो को माग पनि तदानुसार हुनुपर्ने । जुन उद्देश्य र तात्पर्यलाई दर्शाई उक्त सूचनाले दस्तुरको व्यवस्था गरेको छ, सोही रुपमा तिर्न बुझाउन पर्ने बाध्यता रहन्छ र माग पनि तदानुसार हुनुपर्छ । (प्रकरण नं. ९) निवेदक तर्फबाट : अधिवक्ता श्री कृष्णप्रसाद पन्त विपक्षी तर्फबाट : सरकारी अधिवक्ता श्री प्रचण्डराज अनिल आदेश १. दी. इम्पेरिएल टोवाको कम्पनी अफ इन्डिया लि. को विभिन्न प्रकारका चुरोटको व्यापारको काम निवेदकलाई ०२३।३।२० गते देखि प्राप्त भई नियमित तरीकाबाट काम शूरु भईरहेको छ । त्यसपछि श्री ५ को सरकार बाणिज्य मन्त्रालयबाट आवश्यक पदार्थ नियन्त्रण अधिकार ऐन, २०१७, जसलाई यसपछि यसमा ऐन भनी उल्लेख गरिएको छ, को दफा ३ को उपदफा १ उपदफा २ को खण्ड (ख) र (ङ) को अधिकार प्रयोग गरी भाद्र २३ गते २०२३ साल अतिरिक्तांक २२ को नेपाल गजेटद्वारा सूचित आदेश प्रकाश गरियो । जसमा भनिएको छ कि नेपाल आधराज्य भित्र पैठारी भईसकेका, तर (Export for Nepal) भनी छाप नलागेको मध्ये बट्टा बट्टामा सम्बन्धित अञ्चलाधीश अफिसको छाप नलागेको चुरोट २०२३ आश्विन १५ गते देखि बिक्रि वितरण गर्न गराउन निषेध गरिएको छ । त्यसपछि फेरि भाद्र २९ गते २०२३ अतिरिक्तांक २४ को नेपाल गजेटद्वारा आश्विन १५ गतेको बदलामा आश्नि १ गते गरी अरु सोही व्यहोराको आदेश प्रकाश गरिए र अघिल्ला आदेलाई खारेज गरिएको पनि देखियो । प्रकरण ३,४ बमोजिमको सूचित आदेश प्रकाशनमा नआउँदै २०२३।५।१९ देखि नै विपक्षी अञ्चलाधीशको अफिसबाट टोली खटिएर आई चुरोटको प्रत्येक बट्टामा छाप लगाउने काम हुँदै आयो । जसबाट टन्टा र ज्याला खर्चको भार निवेदक माथि पर्नु स्वभाविक छ । त्यसपछि सो छाप लगाएकोमा कर्मचारी खर्च वापत प्रति हजार चुरोटको रु. ५ पाँचका दरले ने.रा. बैंक सर्वसंचित कोषमा यस अफिसको नामबाट जम्मा गरी भौचर दाखिल गर्न ल्याउनु भनी मौखिक र पत्रद्धारा समेत २०२३।५।२३ मा लेखि पठाइयो । हुँदाहुँदै उक्त कर कर्मचारी खर्च वापत भनिएको रुपैया दाखिलाको निमित्त सख्त पक्राउको ताकिताको मात्रा बढ्दै गइ छाप लागेकोसम्मका चुरोटका रुपैंया एक मुष्ट दाखिल नगर्दासम्म बाँकी चुरोटमा छाप लगाउने काम हुन सक्ने छैन भन्ने कुरा सुनाइए र गत आश्विन ५ गते देखि बाँकी चुरोटमा छाप लगाई दिने काम बन्द गरियो । विपक्षीका पक्राउ अनुसार छापलागेसम्मका चुरोटको रु. करिब ८५०००। पचासी हजार जति पर्न आउँछ । सूचित आदेशले छाप नलगाएको चुरोट बिक्री गर्न नपाइने भएकोले यस्तो तरिकाबाट ब्यापारमा बाधा नपुर्‍याओस भनी विपक्षी समक्ष उपस्थित भई अनुनय विनय गर्दा समेत केही सुनवाई नभएर पैसा दाखिल गर्नेमा आलटाल गर्नु असहयोग हो भन्ने समेत मौखिक लान्छना लगाइयो र त्यसपछि छाप लागेसम्मका चुरोटका रुपैंया दाखिल नगरेसम्म छाप लगाई दिन बाधा पर्‍यो भन्ने ब्यहोराको २०२३।६।७ को पत्र २०२३।६।९ मा बुझाइयो । माथि प्रकरण नं. ३, ४ बमोजिम जुन ऐनको अधिकार प्रयोग ग