निर्णय नं. ४७३८ - उत्प्रेषण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ४७३८ - उत्प्रेषण भाग: ३५ साल: २०५० महिना: भाद्र अंक: ५ फैसला मिति :२०५०/०४/२५ २३३३ निर्णय नं. ४७३८ ने.का.प. २०५० (ख) अङ्क ५ संयुक्त इजलास माननीय न्यायाधीश श्री सुरेन्द्र प्रसाद सिंह माननीय न्यायाधीश श्री अरविन्दनाथ आचार्य २०४८ सालको रिट नं. १७२८ आदेश मिति: २०५०।४।२५।२ निवेदक : काठमाडौं जिल्ला, काठमाडौं नगरपालिका वा.नं. ३३ बस्ने वर्ष ४८ को केशव कुमार सुवेदी । विरुद्ध प्रत्यर्थी : संचालक समिति, नेशनल कन्स्ट्रक्सन कम्पनी नेपाल लिमीटेड, हलचोक, काठमाडौं । : महाप्रबन्धक, लक्ष्मण कृष्ण मल्ल, नेशनल कन्स्ट्रक्सन कम्पनी नेपाल लिमिटेड काठमाडौं । विषय : उत्प्रेषण । (१) संचालक समितिको निर्णय मगाई हेर्दा निवेदक बहाल भई राखेको पद खारेज गर्ने निर्णयको कुनै आधार कारण वस्तुगत रुपमा देखिन नआएको हुनाले पद खारेज गरी अवकास दिएको कुरा कर्मचारी सेवा शर्त नियमावली, २०३९ को नियम ५.१(२) को प्रतिकुल देखिन आएकोले अवकास दिने गरी गरेको निर्णय उत्प्रेषणको आदेशद्वारा बदर हुने । (प्र.नं. ७) निवेदक तर्फबाट: विद्वान अधिवक्ता श्री राधेश्याम अधिकारी विपक्षी तर्फबाट : विद्वान अधिवक्ता श्री शिव प्रसाद सिग्देल आदेश न्या. सुरेन्द्र प्रसाद सिंह १. नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३।८८ अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको व्यहोरा एवं निर्णय यस प्रकार छः– २. निवेदक मिति २०३०।११।१६ मा नेशनल कन्सट्रक्सन कम्पनी नेपाल लिमिटेडको दशौं तहको डेपुटी चीफ एकाउण्टेण्ट पदमा नियुक्ति भई राम्रो काम गरे वापत बढुवा हुँदा नायव महाप्रवन्धक (सामान्य) पदमा पुगेको र सेवा अवधिमा इमान्दारीपूर्वक काम गर्दै आएकोले प्रशंसा–पत्र समेत प्राप्त गरेको । मिति २०४८।६।१० मा महाप्रवन्धद्वारा दस्तखत गरिएको पत्रानुसार संचालक समितिको मिति ०४८।६।९ को निर्णयमा कर्मचारी सेवा शर्त नियमावली २०३९ को परिच्छेद ५ को ५.१ को उपदफा २ को अधिनमा रही निवेदकको पदको सेवा कम्पनीलाई आवश्यक नभएको र सो पद खारेज गर्ने निर्णय अनुसार मिति २०४८।६।११ देखि लागू हुने गरी सेवाबाट अवकास दिइएको र सो पत्रमा इमान्दारीपूर्वक गरेको सेवा प्रति धन्यवाद ज्ञापन गरिएको । कम्पनीको कर्मचारी सेवा शर्त नियमावली २०३९ को नियम ५(१),(२) अनुसार कुनै कर्मचारी बहाल रहेको पदको सेवा कम्पनीलाई आवश्यक नदेखिएमा र सो पद खारेज हुने भएमा संचालक समितिले कारण खुलाई त्यस्तो कर्मचारीलाई १ महिनाको तलब दिई अवकास दिन सक्नेछ भन्ने व्यवस्था छ । हाल कम्पनीको कार्य गतवर्ष भन्दा बढ्दै गएकोमा मेरो पद कम्पनीलाई आवश्यक नपर्ने कुनै कारण नभएको र उचित र पर्याप्त कारण विना नै पद खारेज गरिएको छ । निवेदक लगायत उक्त पदमा ६ जना कर्मचारीहरु भएकोमा निवेदकलाई नै इंगित गरी पद खारेज गर्नु प्रवृत्त आत्मनिष्ठ तथा दुराशययुक्त छ र समान श्रेणीमा रहेको ६ जना मध्ये ३ जना झिक्नु र ३ जना राख्नु असमान व्यवहार हुन गएको छ । २०४८ साल वैशाखमा दशौं तहका पदहरु मध्ये दुई पदलाई एघारौं श्रेणीको पदमा तह वृद्धि गर्ने समितिको निर्णय भएकोमा त्यसको प्रतिकुल अकारण पद खारेज गरिनु त्रुटिपूर्ण छ । मलाई अवकास दिंदा समितिले नै दिनुपर्ने कुरा नियमावलीबाट देखिन्छ । समितिको २०४८।६।९ को निर्णयानुसार २०४८।६।११ देखि लागू हुने गरी अवकास दिने भन्दै नभनेकोमा उक्त मिति देखि लागू हुने गरी महाप्रबन्धकले मलाई अवकास दिने सूचना दिएको हो भने अधिकार क्षेत्रको अभाव छ । अवकास दिन गरिएको समितिको निर्णयको प्रतिलिपि माग गर्दा दिइएन । त्यसकारण मिति २०४८।६