निर्णय नं. ४४२ - उत्प्रेषणको आदेश जारी गरी पाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ४४२ - उत्प्रेषणको आदेश जारी गरी पाउँ भाग: ११ साल: २०२५ महिना: बैशाख अंक: १ फैसला मिति :२०२४/११/१६ २५०२ निर्णय नं. ४४२ ने.का.प. २०२५ डिभिजन बेञ्च न्यायाधीश श्री वाशुदेव शर्मा न्यायाधीश श्री मीनबहादुर थापा सम्वत् २०२४ सालको रीट नम्बर ३५० निवेदक : मदनलाल अग्रवाल समेत विरुद्ध विपक्षी : श्री ५ को सरकार, अर्थमन्त्रालय, कर विभाग समेत विषय : उत्प्रेषणको आदेश जारी गरी पाउँ (१) ठेक्का करको विवरण दिन एकभन्दा बढी व्यक्तिहरूलाई कर अड्डाबाट एकै किसिमको सूचना दिएमा–कार्य एकैप्रकारको तर कबुलियत शर्तनामा बेग्लाबेग्लै भएमा प्रत्येकले उक्त आदेशको विरुद्ध आ–आफ्नो संवैधानिक हक प्रचलनको निम्ति छुट्टाछुट्टै निवेदनपत्र नदिई सबैले एउटै निवेदनपत्र दिएमा निवेदकहरूको नाम लेखिएको क्रममा सबैभन्दा पहिलो नामको हकमा बाहेक ती सबै निवेदकहरूको हकमा निर्णय दिन नमिल्ने । निवेदकहरू २३ जनालाई कर अड्डा कोशी अञ्चलले प्रत्येक निवेदकले आ–आफ्नो विवरण दाखिल गर्नु भनी छुट्टाछुट्टै सूचना दिएको र खाद्य संस्थानलाई चामल दिएको कार्य एकै किसिमको भए पनि कबुलियत शर्तनामा छुट्टा–छुट्टै भएको । यस्तो विषयमा आ–आफ्नो संवैधानिक हकमा आघात परेको भए सो प्रचलनका लागि संविधानको धारा ७१ अन्तर्गत आदेश जारी गरिपाउँ भनी दिइने निवेदनपत्र प्रत्येक व्यक्तिले छुट्टा–छुट्टै दिनुपर्नेमा २३ जनाको एउटै निवेदनपत्रबाट सबैको हकमा कारवाई चलाई निर्णय गर्न नमिल्ने हुनाले निवेदनपत्रमा निवेदकहरूको नाम लेखिएको क्रममा सबैभन्दा पहिले नाम लेखिएको मदनलाल अग्रवाल १ जनाको हकमा मात्र यस निवेदनपत्रबाट निर्णय दिन मिल्ने । (प्रकरण नं. ७) (२) करअड्डाले ठेक्काको विवरणको निम्ति सूचना दिएमा चित्त–नबुझ्नेले ठेक्का कर ऐनको दफा ११ अन्तर्गत पुनरावेदन गर्न पाउने उक्त सूचना (आदेश) बाट निवेदकको संवैधानिक अथवा अन्य कानूनी हकमा आघात पुगेको भन्न नमिल्ने । कर तिर्नपर्ने गरी आदेश दिएमा सो आदेशमा चित्त नबुझ्ने व्यक्तिले पुनरावेदन दिन पाउने व्यवस्था ठेक्का कर ऐनको दफा ११ मा भएकै हुनाले ठेक्का करको विवरण दाखिल गर्नु भनी करअड्डा कोशी अञ्चलले सूचना दिँदैमा संविधानद्वारा प्रदत्त हक वा अन्य उपचारको व्यवस्था नगरिएको अन्य कानूनद्वारा प्रदत्त हकमा आघात पुर्याएको भन्न मिल्ने देखिएन । (प्रकरण नं. ९) निवेदक तर्फबाट : अधिवक्ता श्री कृष्णप्रसाद भण्डारी विपक्षी तर्फबाट : सरकारी अधिवक्ता श्री प्रचण्डराज अनिल आदेश १. कोशी अञ्चल करअड्डा विराटनगरले हामी निवेदकहरूलाई दिएको २०२२, २०२३ र २०२३, २०२४ ठेक्का करको विवरण दाखिल गर भनी आखिरी २०२४।५।१३ मा पठाएको सूचनाको एकप्रति यसै निवेदनसाथ पेश गरेको हुँदा त्यसको अरु विवरण उल्लेख गर्न परेन । प्रकरण नं. १ मा लेखिएजस्तै २०२४।२।११ मा पनि लेखिआएको हो । सो आउनासाथ खाद्यव्यवस्था संस्थानले अन्न खरिद गर्न खोज्दा सो अन्न बिक्री गरेको हुँदा ठेक्का कर ऐन, २०२३ अनुसार हामीले विवरण दाखिल गर्न र हामीलाई ठेक्का कर नलाग्ने भन्ने अनुरोध पत्र हामी सबैले प्रस्तुत गर्यौं । जुन पत्र सक्कल कर अड्डाका कोशी अञ्चलसँग र त्यसको निस्सा तथा प्रतिलिपी हामीसँग छ । आज्ञा भएमा अवलोकन र पेश समेत गर्न सक्नेछौं । उपरोक्त करअड्डाको २०२४।५।१३ को पत्रमा अर्थमन्त्रालय कर विभागको २०२४।४।३२ को आदेशबमोजिम भन्ने लेखिएको हुँदा सो आदेश जारी गर्ने अर्थमन्त्रालय कर विभागलाई समेत विपक्षमा समावेश गर्न परी गरेका छौं । यो ठेक्का करसम्बन्धी ऐन, २०२३।५।२४।६ मा लालमोहर लागी यो ऐन नेपालराज्यभर