निर्णय नं. ६०६४ - भ्रष्टाचार

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ६०६४ - भ्रष्टाचार भाग: ३७ साल: २०५२ महिना: पौस अंक: ९ फैसला मिति :२०५२/०९/२० ५३२० निर्णय नं. ६०६४ २०५२, ने.का.प. अङ्क ९ पूर्ण इजलास सम्माननीय प्रधान न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह माननीय न्यायाधीश श्री नरेन्द्रबहादुर न्यौपाने फौ.पु.ई.नं. १२ फैसला मिति : २०५२।९।२०।५ मुद्दा : भ्रष्टाचार । पुनरावेदक/वादी : श्री ५ को सरकार (विशेष प्रहरी विभाग) विरुद्ध प्रत्यर्थी/प्रतिवादी : का.जि.का.न.पा. वडा नं. २९ ठमेल बस्ने दिलबहादुर लामा ऐ ऐ बस्ने बसुन्धरा लामा । ऐ वडा नं. १० कोटेश्वर बस्ने चन्द्रप्रकाश देउजा । ऐ वडा नं. ९ बत्तिसपुतली बस्ने रोहिणी कुमार सिंह । जि. गोरखा थलाजोङ गा.वि.स. वडा नं. १ घर भै हाल का.जि. का.न.पा. वडा नं. ५ मालिगाउँ डेरा गरी बस्ने मणिराज गुरुङ । का.जि. बौद्ध तीनचुलिया बस्ने नाम्दुल के.सी. । ल.पु.जि. ल.पु.न.पा. वडा नं. ३ झम्सीखेल बस्ने राज बहादुर गुरुङ । ऐ वडा नं. १ कुपण्डोल कानदेवतास्थान बस्ने प्रकासशंकर श्रेष्ठ । का.जि. का.न.पा. वडा नं. १६ नयाँ बजार बस्ने गोविनदमान प्रधान । भ.पु.जि. भ.पु.न.पा. लाकुलाछे टोल बस्ने विश्व बहादुर जोशी । का.जि. का.न.पा. वडा नं. ३२ बस्ने मान वहादुर श्रेष्ठ । ऐ ऐ वडा नं. २२ घर भई ६/१५२ पाको न्युरोड बस्ने रामकृष्ण मानन्धर । भ.पु. जि. भ.पु.न.पा. वडा नं. १५ घर भई हाल का.न.पा. ११ त्रिपुरेशवर बस्ने जगन्नाथ प्रधानाङ्ग । ल.पु.जि. ल.पु. न.पा. वडा नं. ४ जाउलाखेल बस्ने नर प्रसाद मुक्तान । धनुषा जिल्ला घर भई का.न.पा. वडा नं. ३३ मैतीदेवी डेरा गरी बस्ने बसन्त प्रसाद उपाध्याय । का.जि.का.न.पा. वडा नं. ३२ कालिका स्थान बस्ने कैलासध्वज खाँड । ऐ वडा नं. ११ बस्ने विनोद शाह । ऐ वडा नं. २९ ठमेल बस्ने सुशिल प्रधान । गोरखा जिल्ला तारानगर गा.पं. वडा नं. १ घर भई हाल का.जि. का.न.पा. वडा नं. १७ क्षेत्रपाटी बस्ने भोलाराज पाण्डे । का.जि. का.न.पा. वडा नं. २९ ठमेल बस्ने बाबुकाजी बज्राचार्य । ल.पु.जि. ल.पु.न.पा. वडा नं. ३ पुल्चोक बस्ने उमेश प्रसाद कर्माचार्य । का.जि.का.न.पा. वडा २० मरु इलाछे बस्ने हरि बहादुर प्रधान । ऐ वडा नं. ४ घर नं. २/५७१ बालुवाटार मा बस्ने अजित बहादुर खुलाल । ऐ वडा नं. २४ गुच्चाटोल बस्ने चन्द्र देव मानन्धर । ल.पु.जि. ल.पु.न.पा. वडा नं. ४ जाउलाखेल बस्ने मार्टिन लामा । ऐ वडा नं. ९ बस्ने रमेशमान जोशी । का.जि.का.न.पा. वडा नं. २९ ठमेल बस्ने सावित्री लामा । § प्रस्तुत मुद्दामा मुख्य प्रश्न नै विशेष प्रहरी विभागबाट पुनरावेदन दायर भएकोमा मान्यता दिन मिल्ने हो होइन भन्ने रहेको छ । प्रस्तुत भ्रष्टाचार मुद्दामा पुनरावेदन अदालत पाटन ललितपुरबाट मिति २०४९।५।१४ मा भएको फैसला उपर ०४९।१०।८ मा विशेष प्रहरी अधिकृत विशेष प्रहरी विभागबाट पुनरावेदन दायर भई दर्ता भएको देखिन आउ“छ । सरकारी मुद्दा सम्बन्धी ऐन, २०४९ मिति २०४९।९।८ देखि लागू भएको र उक्त सरकारी मुद्दा सम्बन्धी ऐन, २०४९ को दफा २४(१) मा भएको व्यवस्था हेर्दा सरकारी मुद्दा सम्बन्धी ऐनको अनुसूची १ वा २ मा लेखिएका मुद्दा र कुनै ऐनमा श्री ५ को सरकार वादी हुने भनी लेखिएको मुद्दामा पुनरावेदन वा पुनरावलोकन वा तत्सम्बन्धी कुनै निवेदन दिनु पर्दा सम्बन्धित सरकारी वकीलले दिनेछ भन्ने व्यवस्था भएको र भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा २५ ले परिच्छेद २ अन्तर्गत सजाय हुने कसूरको अभियोगमा चलाइने सबै मुद्दाहरु सरकार वादी हुने भन्ने व्यवस्था भएबाट प्रस्तुत