निर्णय नं. ४४३ - उत्प्रेषणको आदेश जारी गरी पाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ४४३ - उत्प्रेषणको आदेश जारी गरी पाउँ भाग: ११ साल: २०२५ महिना: बैशाख अंक: १ फैसला मिति :२०२४/११/२५ २६९६ निर्णय नं. ४४३ ने.का.प. २०२५ फुल बेञ्च प्रधान न्यायाधीश श्री भगवतीप्रसाद सिंह न्यायाधीश श्री वाशुदेव शर्मा न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह न्यायाधीश श्री हेरम्ब राज न्यायाधीश श्री लोकराज जोशी २०२४ सालको रि.फु.नं. १४ निवेदक : जिल्ला भूमिसुधार अधिकारी, कलैया, बारा विरुद्ध विपक्षी : राम सकलसिं राजपुत समेत विषयः उत्प्रेषणको आदेश जारी गरी पाउँ (१) भूमिसम्बन्धी ऐन, २०२१ को दफा १४ को उपदफा (१) को मनसाय– उक्त ऐनको दफा १८ अनुसार जग्गा जफत गर्नुभन्दा पहिले हदबन्दीभन्दा मुनि जग्गा हुने जग्गावालाको सम्बन्धमा पनि उपरोक्त दफा १४ (१) बमोजिमको फाँटवारी प्रकाशित गर्नुपर्ने । ऐनको उक्त दफा १४ (१) बमोजिम फाँटवारी हदबन्दीभन्दा माथि जग्गा हुने जग्गावालाको सम्बन्धमा मात्र प्रकाशित हुने र हदबन्दीभन्दा मुनि जग्गावालाको सम्बन्धमा प्रकाशित नहुने भएमा हदबन्दीभन्दा माथि जग्गा हुने जग्गावालाले भने उक्त दफा १४ को उपदफा (२) (३) बमोजिमको सुविधा पनि पाउन सक्ने र हदबन्दीभन्दा मुनि जग्गा हुने जग्गावालाको हकमा भने उक्त उपदफा (२) (३) बमोजिमको सुविधै नपाई सजायसम्बन्धी दफा १८ प्रयोग हुन जाने अवस्था पर्न गई सबै किसिमका जग्गावालाको सम्बन्धमा कानूनी सुविधाको एकरुपता हुन नआउने र मुख्यतः उक्त दफा १४ को उपदफा (१) स्वतन्त्ररुपमा नभई दफा १३ बमोजिम दाखेल हुन आएको फाँटवारी समेतको आधारमा तोकिएबमोजिम फाँटवारी तयार गरी प्रकाश गर्ने समेत गरी दफा १३ सँग आश्रित रहेको र दफा १३ मा हदबन्दी भन्दा माथि वा मुनि जग्गा हुने सबै किसिमको जग्गावालाहरूको हकमा फाँटवारी दाखेल गर्ने गराउने व्यवस्था भएको नियम १९ मा पनि हदबन्दी भन्दा माथिको जग्गामा मात्र जाँचबुझ गर्ने व्यवस्था गरेको नभई ऐनको दफा १३ बमोजिम फाँटवारी दाखिल भएको सबै जग्गाको सम्बन्धमा जाँचबुझ गर्ने व्यवस्था गरेको समेत हुँदा हदबन्दीभन्दा मुनि जग्गा हुने जग्गावालाको सम्बन्धमा समेत फाँटवारी तयार गरी प्रकाश गर्नुपर्ने उक्त दफा १४ (१) को मनसाय प्रष्ट छ । (प्रकरण नं. ८) (२) भू.सं. ऐनको दफा ७ को उपदफा (१) र (२) बमोजिम राख्न पाउने जग्गा कटाई अधिकतम हदबन्दीभन्दा बढी जग्गामात्र उक्त ऐनको दफा १८ (१) अनुसार जफत हुन सक्ने । उक्त ऐनको दफा १४ (१) अनुसार नगरी दिएको फाँटवारी मुताविकको पूरै जग्गा दफा १८ (१) अन्तर्गत जफतउपर कानूनबमोजिम नहुने । उक्त ऐनको दफा १८ (१) मा झुठ्ठा फाँटवारी दाखेल गरेमा समेत सम्बन्धित जग्गा जफत हुने उल्लेख भएको दफा १४ बमोजिम रीत पुगिसकेपछि निवेदकहरूले झुठ्ठा फाँटवारी दाखेल गरेकै ठहर्न आएको खण्डमा पनि जम्मा जग्गा बिगाहा ५८द्र३।। मा बाबु र उमेर पुगेको छोरा १ समेत गरी २ परिवारको उक्त ऐनको दफा ७ को उपदफा (१) (२) बमोजिम बिगाहा २८ का दरले राख्न पाउने र त्यतिमात्र जफत हुन सक्नेमा उपरोक्त उल्लेख भएबमोजिम दफा १४ (१) अनुसार फाँटवारी नै प्रकाश नगरी रामवर्त सिंले दिएको फाँटवारीको पूरै जग्गा बिगाहा १३।।। ।।। जफत गर्ने गरेको विपक्षी भू.सु. अधिकारी कलैया बाराको २३।१।२९ को निर्णय कानूनबमोजिम भएको नदेखिँदा उत्प्रेषणको आदेश द्वारा बदर गर्ने ठहराएको । (प्रकरण नं. ९) आदेश १. हामीहरू र विदेश पढ्न गइराखेको छोरा भाइ विसवर्त समेत सगोलका ४ जनाका नाउँमा जम्मा जग्गा ५८ऽ३।। दर्ता थियो । भू.सु. ऐन, २०२१ को दफा १३ बमोजिम फाँटवारी दिँदा विसवर्तको नाउँको र आफ्नो समेत म सत्यवर्तको