निर्णय नं. ६०६५ - उत्प्रेषण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ६०६५ - उत्प्रेषण भाग: ३७ साल: २०५२ महिना: पौस अंक: ९ फैसला मिति :२०५२/०८/१४ २४१२ निर्णय नं. ६०६५ ने.का.प. २०५२ अङ्क ९ विशेष इजलास सम्माननीय प्रधान न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री लक्ष्मणप्रसाद अर्याल माननीय न्यायाधीश श्री गोविन्दबहादुर श्रेष्ठ सम्वत् २०५० सालको रिट नं. २६५८ आदेश मिति : २०५२।८।१४।५ विषय : उत्प्रेषण । निवेदक : जि. मोरङ विराटनगर न.पा. वडा नं. रानी सिकिपाही बस्ने वर्ष ५१ को पद्मकुमार नेपाली विरुद्ध विपक्षी : श्री ५ को सरकार, मन्त्रिपरिषद् सचिवालय । श्री ५ को सरकार, गृह मन्त्रालय । प्रहरी प्रधान कार्यालय, नक्साल । § संविधानद्वारा प्रदत्त मौलिक हक उपर अनुचित बन्देज लगाउने गरी भएको कानुनी व्यवस्था अवश्य पनि संविधान प्रतिकूल हुने भै अमान्य र बदर हुने हुन्छ । तर त्यसको लागि सो विवादित कानुनले मौलिक हकमा अनुचित बन्देज लगाएको छ, छैन भन्ने कुरा नै मूल रुपमा हेर्नु पर्ने हुन आउ“छ । निवृत्तिभरण पाउने अवधि पुगेका प्रहरी कर्मचारीलाई श्री ५ को सरकारले चाहेमा नोकरीबाट अवकाश दिन सक्ने गरी प्रहरी नियमावली, २०४९ को नियम ९८(६) मा गरिएको व्यवस्थाले कसरी मौलिक हकमा अनुचित बन्देज लाग्न गयो सो निवेदन लेखबाट खुल्दैन । नियमावलीको उपरोक्त व्यवस्था हेर्दा निवेदकलाई कानुनी दृष्टिमा असमान तुल्याएको, कानुनको समान संरक्षणबाट वञ्चित गरिएको, कुनै पेशा रोजगार र व्यापार गर्न पाउने अवसरबाट वञ्चित तुल्याइएको, सुसुचित हुन पाउने हकमा रोक लगाएको वा सम्पत्ति आर्जन गर्ने, भोग गर्ने बेच बिखन गर्ने र सम्पत्तिको अन्य कारोबार गर्न पाउने हकमा प्रत्यक्ष वा परोक्ष कुनै पनि किसिमबाट बन्देज लगाएको समेत देखिन नआएकोले संविधानको प्रतिकूल छ भन्न नमिल्ने । (प्रकरण नं. १०) § आधार र कारणको अभावमा आत्मनिष्ठ अधिकारको प्रयोग विवेकसम्मत र उचित रुपमा भएको छ भनी मान्न नमिल्ने । (प्रकरण नं. ११) § समान स्थितिका निवृत्तिभरण पाक्ने अवस्था पुगेका प्रहरी कर्मचारी सेवामा नै बहाल रहेका तर निवेदकलाई भेदभावपूर्ण तरिकाबाट प्रहरी नियमावली, २०४९ को दफा ९८(६) को प्रयोग गरी हटाएको देखिन आयो । निवेदकलाई सेवाबाट अवकाश दिनु पर्ने आधार र कारण विपक्षी तर्फबाट दिन सकेको देखिँदैन । यसरी निवेदक उपर कानुनको प्रयोग भेदभावपूर्ण तरिकाबाट छनौट (Pick and choose) को आधारमा अवकाश दिएको देखिन आएको हुंदा निवेदकलाई सेवाबाट अवकाश दिने गरी गरेको श्री ५ को सरकारको निर्णय नेपाल अधिराज्यको संविधान, २०४७ को धारा ११(१) को प्रतिकूल देखिन आउने । (प्रकरण नं. ११) § प्रहरी नियमावली, २०४९ को नियम ९८(६) को प्रयोग संविधानको धारा ११(१) को विपरीत आधार र कारण नखोली भेदभावपूर्ण तरिकाले निवेदकलाई अवकाश दिएको देखिन आएकोले निवेदकलाई अवकाश दिने गरेको श्री ५ को सरकारको मिति २०४९।११।१५ को निर्णय र सोको आधारमा निवेदकलाई दिएको अवकाशपत्र समेत त्रुटिपूर्ण देखिँदा उत्प्रेषणको आदेशद्वारा बदर हुने ठहर्छ । निवेदकलाई पुनः सेवामा बहाल गर्नु गराउनु भनी विपक्षी श्री ५ को सरकार, गृह मन्त्रालय समेतको नाउँमा परमादेश जारी हुने । (प्रकरण नं. १२) निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री शम्भु थापा विपक्षी तर्फबाट : विद्वान सरकारी अधिवक्ता श्री अलि अकवर मिकरानी अवलम्बित नजीर : x आदेश प्र.न्या. सुरेन्द्रप्रसाद सिंह : नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३।८८(१)(२) अन्तर्गत दर्ता भई निर्णयार्थ पेश हुन आएको प्रस्तुत रिटनिवेदनको संक्षिप्त तथ्य एवं