निर्णय नं. ४४५ - उत्प्रेरषणको आदेश जारी गरी पाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ४४५ - उत्प्रेरषणको आदेश जारी गरी पाउँ भाग: ११ साल: २०२५ महिना: बैशाख अंक: १ फैसला मिति :२०२४/१२/२० २७१८ निर्णय नं. ४४५ ने.का.प. २०२५ डिभिजन बेञ्च न्यायाधीश श्री नयनबहादुर खत्री क्षेत्री न्यायाधीश श्री बबरप्रसाद सिंह २०२४ सालको रीट नम्बर ३१६ निवेदक : गणेशबहादुर खर्बुजा विरुद्ध विपक्षी : शेरबहामाक श्रेष्ठ, श्री.भू.सु.विशेष अदालत ललितपुर भक्तपुर विषय : उत्प्रेरषणको आदेश जारी गरी पाउँ (१) भूमिसम्बन्धी नियम, २०२१ को नियम ७ अनुसार उजुरी दिने म्याद जुग्रेमा भूमिसुधार विशेष अदालतले नेपाल विशेष अदालत ऐन, २०१३ को दफा ६ को खण्ड (घ) बमोजिम म्याद थामी उजुर लिई हेरी निर्णय गरेमा कानून अनुरुप हुने । उजुरी गर्न नसकी हदम्याद गुज्रन गएको अवस्थामा के हुन्छ भनी हेर्दा । यस्तो गुज्रेको म्याद थमिदैन भन्ने भूमिसम्बन्धी ऐन नियममा कहीं उल्लेख नभएको म्याद थामिदिन गाउँ पञ्चायत वा नगर पञ्चायतलाई अधिकार भएको पनि नदेखिएकोले सो नियम ७ बमोजिम पर्न आएको मुद्दा हेरी किनारा गर्न पाउने गरी तोकिएको विशेष अदालतले नेपाल विशेष अदालत ऐन, २०१३ बमोजिमको कार्य प्रणाली अपनाउने उल्लेख भएकोले नेपाल विशेष अदालत ऐन, २०१३ को दफा ६ को खण्ड (घ) मा उजुर गर्ने हदम्याद गुज्रेको थामिदिन सक्ने अधिकार भएको सो वि.अ. ले प्रयोग गर्न नपाउने भन्न नमिल्ने हुँदा सोबमोजिम म्याद थामी उजुरी लिई हेरी निर्णय गरेको कानूनअनुरुप नै भएको हुनाले गैरकानूनी भन्ने मिलेन । (प्रकरण नं. ७) (२) भूमिसम्बन्धी ऐन, २०२१ को दफा ५५ तोकिएको अदालतको निर्णय अन्तिम हुने व्यवस्था विशेष अड्डालाई भू.सं. नियम ७ को मुद्दा हेरी किनारा गर्ने गरी आदेशबाट तोकी दिएमा–उक्त अदालतको निर्णय अन्तिम हुने । भूमिसम्बन्धी ऐन, २०२१ को दफा ५५ मा तोकिएको अदालतले गरेको निर्णय अन्तिम हुने व्यवस्था भएको विशेष अदालतलाई नियम ७ को मुद्दा हेरी किनारा गर्नेगरी तोकी दिएको मिति २०२१।१२।१६ खण्ड १४ संख्या ५० को राजपत्रमा प्रकाशित आदेशबाट देखिएकाले तोकिएको विशेष अदालतको निर्णय अन्तिम हुने । (प्रकरण नं. ७) निवेदन तर्फबाट : अभिवक्ता श्री इच्छाहर्ष । विपक्षी तर्फबाट : सरकारी अधिवक्ता श्री प्रचण्डाराज अनिल । आदेश १. भ.पु दहिकोत वार्ड नं. ९ बाट नापी भएको कि.नं. १२२।१२५।८७६।२०४।२०५ मा नभएको मौका पारी भोगबन्धकी दिएको सो दवाई जम्मै कित्तामा जोताहामा लेखाएको र लगत प्रकाश भएको २०२२।३।९ गतेबाट ३५ दिन भित्र उजुर गर्न पर्नेमा उजुरी दिने म्याद गुज्रेकोले अदालतमा निवेदन दिई थाहा पाएको म्याद भित्र उजुरी गरेको छु । बदर गरी मेरा नाउँमा जोत कायम गराइपाउँ भन्ने वादी । २. वादी दावी व्छाया बाली खाने व्यक्ति हुँदा भूमिसम्बन्धी ऐनले व्छाया बाली खानेको जग्गा जोत ठहर्ने नहुँदा मैले जोती आएकोले मेरो नाउँमा जोतमा दर्ता भएको हो भनी मेरो प्रतिवादी भएकोमा जोत बदर गरी वादीकै नाउँमा जोत कायम हुने ठहर्छ । कि.नं. १२२।१२५ मा वादीकै नाउँमा जोत कायम भएकोमा झुठा उजुर गरेको ठहर्छ भनी मलाई केही जरिवाना नगरी हदमुनि गरी २०२४।२।२१।१ मा विपक्षी विशेष अदालतले फैसला गर्नुभएको । भूमिसम्बन्धी नियम २०२१ को दफा ७ मा नियम ६ अनुसार प्रकाशित गरिएको लगतमा कसैको चित्त नबुझेमा निजले लगत प्रकाशित भएको ३५ दिन भित्र स्थानीय गाउँ वा नगरपञ्चायतमा कारणसहित लिखित उजुरी दिन सक्ने छ । ऐनको दफा २ मा उपनियम २ बमोजिम प्राप्त उजुरीलाई स्थानीय नगर वा गाउँपञ्चायतले विशेष अदालतमा पठाइदिनु पर्दछ र त्यसको सूचना भूमिसुधार अधिकारीलाई दिनुपर्छ भनी ले