निर्णय नं. ६०६६ - संविधानको धारा ८८ को उपधारा (१) र (२) बमोजिम उत्प्रेषण र परमादेश लगायत जो चाहिने आदेश जारी गरी पाउं ।
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ६०६६ - संविधानको धारा ८८ को उपधारा (१) र (२) बमोजिम उत्प्रेषण र परमादेश लगायत जो चाहिने आदेश जारी गरी पाउं । भाग: ३७ साल: २०५२ महिना: पौस अंक: ९ फैसला मिति :२०५२/०७/३० २५७५ निर्णय नं. ६०६६ ने.का.प. २०५२ अङ्क ९ विशेष इजलास माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह माननीय न्यायाधीश श्री केदारनाथ उपाध्याय माननीय न्यायाधीश श्री अरविन्दनाथ आचार्य सम्वत् २०४९ सालको रि. नं. २८४० आदेश मिति : २०५२।७।३०।५ विषय : संविधानको धारा ८८ को उपधारा (१) र (२) बमोजिम उत्प्रेषण र परमादेश लगायत जो चाहिने आदेश जारी गरी पाउं । निवेदक : का.न.पा. वडा नं. ११ बस्ने मोहनबहादुर श्रेष्ठ विरुद्ध विपक्षी : नेपाल दूरसञ्चार संस्थान, केन्द्रीय कार्यालय । नेपाल दूरसञ्चार संस्थान संचालक समिति । नेपाल दूरसञ्चार संस्थानके महाप्रवन्धक श्री भूपराज पाण्डे । श्री ५ को सरकार, मन्त्रीपरिषद् सचिवालय । लोक सेवा आयोग । § निवेदकलाई नेपाल दूर संचार संस्थान कर्मचारी सेवा शर्त विनियमावली, २०३३ को विनियम १०१(६) अनुसार अवकाश दिएको देखिन्छ । नेपाल दूर संचार संस्थान ऐन, २०२८ अन्तर्गत स्थापना भएको र उक्त ऐनको दफा १६ ले संस्थानका कर्मचारीहरुको नियुक्ति सेवाको शर्त, कार्य अवधि तोकिए बमोजिम हुनेछ भनी व्यवस्था गरेको पाइन्छ । तोकिए बमोजिम भन्नाले सोही ऐनको दफा २ को खण्ड (च) अनुसार नियममा तोकिनु पर्ने देखिन आउ“छ । संचार संस्थान ऐन, २०२८ को दफा ३६ ले संस्थानको कामको उचित उत्पादनको निमित्तसम्म संस्थानलाई विनियम बनाउन पाउने अधिकार दिएको तर नियम बनाउने अधिकार उक्त ऐनको दफा ३५ ले श्री ५ को सरकारलाई मात्र प्रदान गरेको देखिन्छ । विवादास्पद मिति २०४८।९।२० को परिपत्रद्वारा २० वर्ष स्थायी सेवा गरिसकेका कर्मचारीहरुलाई संस्थानले चाहेमा अनिवार्य अवकाश दिन सक्ने गरी नेपाल दूर संचार संस्थान कर्मचारी सेवा शर्त विनियमावली, २०३३ को विनियम १०१(६) मा गरिएको संशोधन संचार संस्थान ऐन, २०२८ को दफा १६ संग सम्बन्धित रहेको देखि“दा त्यस्तो विषयमा श्री ५ को सरकारले नियम बनाई तोक्नु पर्नेमा प्रत्यर्थी दूर संचार संस्थानले आफूलाई अधिकारै नभएको विषयमा मिति २०४८।९।२० को परिपत्र अनुसार विनियमावलीमा संशोधन गरी सोही संशोधित विनियमावलीको आधारमा निवेदकलाई अवकाश दिने निर्णय गरेको देखिन आएकोले निवेदकलाई अवकाश दिने गरी भएको मिति २०४९।८।१२ को निर्णय त्रुटिपूर्ण देखिंदा उत्प्रेषणको आदेशद्वारा बदर हुन्छ । निवेदकलाई पूर्ववत कानुनबमोजिम सेवामा बहाल गर्नु भनी प्रत्यर्थी दूर संचार संस्थान समेतका नाउ“मा परमादेशको आदेश समेत जारी हुने । (प्रकरण नं. १०) निवेदक तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री गणेशराज शर्मा विपक्षी तर्फबाट : विद्वान वरिष्ठ सरकारी अधिवक्ता श्री बलराम के.सी., विद्वान अधिवक्ता श्री शम्भु थापा अवलम्बित नजीर : x आदेश न्या. रुद्रबहादुर सिंह : नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३।८८ अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त व्यहोरा यस प्रकार छ :– २. म रिट निवेदक अन्तर्राष्ट्रिय ट्रंक बोर्ड अपरेटर पदमा मिति २०२१।६।८ मा नियुक्त पाई सेवा प्रवेश गरेको श्री ५ को सरकारको मिति २०३१।१।३ को निर्णय अनुसार पद नै नचाहिने गरी २०३१।३।१ देखि खारेज गरिएकोले तपाईलाई अवकाश दिइएको छ भन्ने पत्र दिइयो । विपक्षी संस्थानको २०५२।३।१ को पत्रबाट संस्थानको पाँचौं तह ट्रंक सुपरभाइजर पदमा नियुक्त पाई मिति २०४४।३।२८ देखि वरिष्ठ कार्यकारी संचालक अधिकृत भई कामकाज गर्दै रह