निर्णय नं. ६०६७ - अंश दपोट
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ६०६७ - अंश दपोट भाग: ३७ साल: २०५२ महिना: पौस अंक: ९ फैसला मिति :२०५२/०५/०७ २४४५ निर्णय नं. ६०६७ ने.का.प. २०५२ अङ्क ९ संयुक्त इजलास सम्माननीय का.मु.प्र.न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री कृष्णजंग रायमाझी सम्वत् २०५१ सालका दे.पु.नं. २४३९ फैसला मिति : २०५२।५।७।४ मुद्दा : अंश दपोट । पुनरावेदक/वादी : का.जि.का.न.पा. वडा नं. ३१ बस्ने पञ्चनारायण महर्जन विरुद्ध विपक्षी/प्रतिवादी : ऐ.ऐ. बस्ने आशानारायण महर्जन ऐ ऐ बस्ने हर्षनारायण महर्जन ऐ ऐ बस्ने चैत्यनारायण महर्जन ऐ ऐ बस्ने चैत्यमाया महर्जन § एकासगोलको अंशियारको नाममा दर्ता रहेको सम्पत्ति एकासगोलकै अर्को अंशियारलाई लिखत गरी दिएको अवस्था हुँदा अंश दपोट गरेको मान्न नमिल्ने । (प्रकरण नं. १०) पुनरावेदक तर्फबाट : विद्वान अधिवक्ता श्री विश्वराज भट्टराई विपक्षी तर्फबाट : x अवलम्बित नजीर : x आदेश का.मु.प्र.न्या. सुरेन्द्रप्रसाद सिंह : न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१)(ग) बमोजिम पुनरावेदन अदालत पाटन ललितपुरको फैसला उपर यस अदालतमा पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यस प्रकार छ :– २. विपक्षी प्रतिवादीहरु मेरो आमा बाबु र चैत्य नारायण, चैत्य माया मेरो दाजु भाउजु हुनुहुन्छ । विपक्षीहरु उपर अंश पाउँ भनी फिराद गर्दा ४ भागको १ भाग अंश पाउने ठहरी का.जि.अ.बाट ०४९।८।२३ मा फैसला भयो । उक्त अंश मुद्दामा का.न.पा. वडा नं. ३१ कि.नं. ११७० को क्षे.फ. ०–१४–१–१ जग्गा र सो जग्गामा बनेको हाल विवादास्पद घर समेत तायदातीमा चढाई पेश गर्नु पर्नेमा पेश नगरी उक्त कि.नं. ११७० क्षे.फ. ०–१४–१–१ जग्गा कित्ताकाट गरी आफ्नो एकाघरमा रहेको बुहारीलाई ०–६–० जग्गा बकसपत्र गरी दिई कि.नं. २६७८ कायम गरी दवाई तायदाती फाँटवारी पेश नगरी उक्त जग्गा र घरलाई हा.व. गरी सकेपछि बाँकी ०–८–१–१ जग्गा मात्र तायदातीमा चढाई फाँटवारी दिनु भए अनुसार उक्त कि.नं. ११७० बाट कि.का. गरी क्षे.फ. ०–६–० जग्गा र त्यसमा बनेको घर दपोट गरेको हुनाले अ.बं. ८२ अंशबण्डाको २७, ३५ लेनदेन व्यवहारको ४० नं. अन्तर्गत यो फिराद गर्न आएको छु । तसर्थ का.न.पा. वडा नं. ३१ कि.नं. ११७० को क्षे.फ. ०–१४–१–१ जग्गा कित्ताकाट गरी कि.नं. २६७८ को ०–६–० कायम गरेको जग्गा र त्यसमा बनी राखेको घर सहित तायदातीमा नदेखाई मुद्दा परी सकेपछि कि.का. गरी कि.नं. २६७८ को क्षे.फ. ०–६–० जग्गा र त्यसमा बनेको घर समेत दपोट ठहराई मेरा नाउँमा एकलौटी दर्ता गरी पाउँ भन्ने समेत व्यहोराको वादीको फिरादपत्र । ३. वादी दावी झुठ्ठा हो । म आशा नारायणले रत्नबहादुर मानन्धरबाट मिति ०२६।८।२ मा र.नं. १०२२ द्वारा मा.पो.का. काठमाडौंद्वारा राजीनामा पारित गरी लिएको उक्त कित्ता जग्गामा मेरो बुहारी चैत्यमायाले माइतीबाट लिई आएको दाइजो तथा पेवा समेतको रुपैयाँबाट घर बनाई आएको र नापीमा उक्त जग्गा का.न.पा. वडा नं. ३१ कि.नं. ११७० को क्षे.फ. ०–१४–१–१ कायम भई उक्त जग्गा पैत्रिक सम्पत्तिको आम्दानीबाट लिखत पारीत गरी नलिएको र आफ्नो निजी आर्जनबाट आर्जन गरी लिएको उक्त कित्ता जग्गा मध्ये ०–६–० घर जग्गा निज बुहारीलाई नै लिखत पारीत गरी दिएको हो बुहारीलाई लिखत पारीत गरी दिई बाँकी रहेको कि.नं. २६७८ को ०–८–१–१ को घर जग्गा मैले तायदातीमा बण्डा समेत नलाग्न भनी फाँटवारी पेश गरेको थिएँ । वादीको फिराद दावा अ.बं. ८२ नं. ले हकदैया नै नभएको हुँदा फिराद स्वतः खारेजभागी छ । पिता पुर्खाका पालाको सम्पत्ति त आधासम्म घर व्यवहार चलाउन घरको मुलीले