निर्णय नं. ४४७ - उत्प्रेषणको आदेश जारी गरिपाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ४४७ - उत्प्रेषणको आदेश जारी गरिपाउँ भाग: ११ साल: २०२५ महिना: बैशाख अंक: १ फैसला मिति :२०२५/०२/०८ ४४३० निर्णय नं. ४४७ ने.का.प. २०२५ फुल बेञ्च प्रधान न्यायाधीश श्री भगवतीप्रसाद सिंह न्यायाधीश श्री रत्नबहादुर बिष्ट न्यायाधीश श्री मीनबहादुर थापा न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह न्यायाधीश श्री रंगनाथ उप्रेती २०२४ सालको रि.फु.नं.२४ निवेदक : रामराज पाण्डे विरुद्ध विपक्षी : छन्दु पुर्जिया थारु, पल्टु पुर्जिया थारु, जिल्ला रुपन्देही भू.सु कार्यालय समेत विषय : उत्प्रेषणको आदेश जारी गरिपाउँ (१) आर्थिक ऐन, २०२० अनुसार आय टिकट दस्तुर टाँस्नु पर्नेमा–आय टिकट दस्तुर ऐन, २०१९ को दफा ७ को व्यवस्था लागू हुने । आय टिकट दस्तुर टाँसिने विषयमा पनि आर्थिक ऐन, २०२० दफा १६ मा अनुसूची ७ बमोजिम आय टिकट दस्तुर लगाइने र असुलउपर गरिने कुरासम्म उल्लेख भएको र आय टिकट दस्तुर ऐन, २०१९ को दफा ३ मा साल बसाली वा कुनै एक सालको निमित्त आय टिकट दस्तुर लगाउने गरी कुनै ऐनबाट व्यवस्था भएमा त्यस्तो आय टिकट यो ऐन र यसअन्तर्गत बनेका नियमबमोमिज टाँस्नुपर्छ भन्ने प्रष्ट व्यवस्था भइराखेको समेत हुनाले आर्थिक ऐन, २०२० बमोजिम आय टिकट दस्तुर टाँस्नुपर्नेमा आय टिकट दस्तुर ऐन, २०१९ को दफा ७ को व्यवस्था लागू नहुने भन्न मिल्ने देखिन आउँदैन । (प्रकरण नं. ८) (२) आय टिकट दस्तुर ऐन, २०१९ को दफा ६ बमोजिम सहीछापको रीत नपुर्याएमा–उक्त ऐनको दफा ७ अनुसार कानूनी मान्यता लोप नहुने । दफा ४ ले उक्त दफा ६ लाई अंगालेको पनि नभई दफा ४ को कुरालाई लिएर दफा ६ मा सहीछापको रीत पुर्याउनुपर्ने । दफा ७ मा आय टिकट नटाँसेको वा घटी पारी टाँसेकोमा कानूनी मान्यता नहुने छुट्टाछुट्टै व्यवस्था गरेको छ । दफा ७ सजायसम्बन्धी दफा भएको सजायसम्बन्धी दफाले जति कुरालाई प्रष्ट रूपमा लिएको छ । त्यतिसम्म मात्र त्यसलाई सीमित राख्नुपर्ने हुन आउँछ । अतः दफा ६ बमोजिम सहीछापको रीत नपुर्याएकोमा दफा ७ बमोजिम कानूनी मान्यता लोप हुन सक्ने देखिँदैन । (प्रकरण नं. ९) निवेदक तर्फबाट : अभिवक्ता श्री सुधानाथ पन्त । विपक्षी तर्फबाट : सरकारी अधिवक्ता श्री प्रचण्डराज अनिल । आदेश १. आय टिकट ऐनको दफा ४ बमोजिम जिल्ला रुपन्देही तप्पेमान मौजे मगलापुर बस्ने वर्ष ४१ को छन्दु पुर्जिया थारुको रु. ९७५। नौसय पचहत्तरको तमसुकमा रु. ४।५० को टिकट टाँसिएकै छ र ऐ बस्ने पल्टु पुर्जिया थारुको रु. २२४। को तमसुकमा पनि ऐ ऐनबमोजिम रु. ३।५० को टिकट टाँसिएकै छ । उपरोक्त रकमका तमसुकहरू जिल्ला रुपन्देही भूमिसुधार कार्यालयमा विवरण दिएकोमा विपक्षी नं. ३ ले सो लिखतमा कानूनी मान्यता नहुने भनी २०२४।६।८ मा टिप्पणी सदर गर्नुभएको छ । आय टिकट दस्तुर ऐन, २०१९ को दफा ७ मा कानूनी मान्यता नहुने लिखित भनी लेखिएको छ । उक्त दफा ७ यसप्रकार छ : “दफा ४ बमोजिम टिकट नटाँसिएको वा अनुसूचीमा लेखिएको दरमा घटी पारी टाँसिएको कागजलाई कानूनी मान्यता दिइनेछैन” उक्त ऐनको दफा ४ ले लाग्ने टिकटको बारे लेखिएको छ । यति मोलको टिकट लाग्छ भनी तोकिएको कुरा हो । तर यसरी टिकट टाँस्नु मितिमा सहीछाप गर्नु भन्नेसमेत कानूनमा तोकिएको रीत नपुर्याएमा दफा ७ लाग्ने होइन । त्यस्तो रीतहरू केवल टिकट लिँदा यसो गर्नु भन्ने लेखिएको हो । उक्त ६ दफाको रीत नपुगेकोलाई बदर गर्ने भनी दफा ७ मा लेखिएको छैन । यस रीत छर्लङ्ग देखिने कुरामा लाग्दै नलाग्ने ऐन तथा अनुचित ठहर गरी मलाई मर्का पारेको छ । मर्का मात्र होइन मेरो संवैधानिक हक नेपाल संविधान धारा (