निर्णय नं. ४४८ - उत्प्रेषणको आदेश जारी गरी पाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ४४८ - उत्प्रेषणको आदेश जारी गरी पाउँ भाग: ११ साल: २०२५ महिना: बैशाख अंक: १ फैसला मिति :२०२५/०२/१७ २५७६ निर्णय नं. ४४८ ने.का.प. २०२५ डिभिजन बेञ्च प्रधान न्यायाधीश श्री भगवतीप्रसाद सिंह न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह २०२४ सालको रीट नं.४१० निवेदक : नेत्रराज उपाध्याय पाँडे । विरुद्ध विपक्षी : श्री ५ को सरकार उद्योग विभाग, सिंहमहल, काठमाडौं, समेत विषय : उत्प्रेषणको आदेश जारी गरी पाउँ (१) बक्स भएको हुकुम प्रमांगीमा “लिनु पर्ने निर्णय भएको भने” भन्ने वाक्यांश भएमा–निर्णयकर्ता माथि नै सो निर्णयको कार्य र त्यसको उपयुक्तता इत्यादि छाडेको प्रष्ट हुने–उक्त निर्णय कानून अनुरुप छ छैन भनी हेर्न मिल्ने । उक्त बक्स भएका हुकुम प्रमांगीमा चिनी कारखानाको निमित्त जग्गा चाहिने भई निवेदकवालाहरूको जग्गा लिन पर्ने निर्णय भएको हो भन्ने वाक्यांशबाट चिनी कारखानाको लागि जग्गा अधिग्रहण गर्नुपर्ने नपर्नेतर्फ केही संकेत गरेको देखिंदैन । लिनु पर्ने निर्णय भएको हो भने भन्ने वाक्यांशबाट उक्त निर्णय गर्ने कार्य र त्यसको उपयुक्तता इत्यादि कुरा निर्णयकर्तामाथि नै छोडेको प्रष्ट छ । तसर्थ जग्गा अधिग्रहण गर्ने भन्ने श्री ५ को सरकारको निर्णय कानून अनुरुप छ छैन । सो हेर्न मिल्ने नै देखिन्छ । (प्रकरण नं. १२) (२) जग्गा प्राप्ति ऐन, २०१८ को दफा ३ को खण्ड (ख) मा “सर्वसाधारण जनताको हित हुने कुनै बनाउने काम” भन्नाले प्रत्यक्ष रूपमा सो बनेको कुराको उपभोग सर्वसाधारण जनताले गर्न सक्ने हुनुपर्ने । सर्वसाधारण जनताको हित हुने कुनै बनाउने काम भन्नाले त्यस्तो बनेको कुरा सर्वसाधारण जनताले प्रत्यक्षरुपबाट उपयोग गर्न सक्ने किसिमको हुनुपर्छ भन्ने कुरा प्रष्ट हुन आएको छ । (प्रकरण नं. १६) (३) कारखाना (प्राइभेट लिमिटेड) कानूनको दृष्टिमा एक व्यक्ति सरह यसको फाइदा हुने कुनै कार्य भएमा जग्गा प्राप्ति ऐन, २०१८ को दफा ३ को खण्ड (ख) मा उल्लेखित “सर्वसाधारण जनताको हित हुने बनाउने काम” भन्न नमिल्ने । उक्त खण्ड (ख) मा उल्लेख भएको सर्वसाधारण जनताको हित हुने कुनै बनाउने काम अन्तर्गतको हो भन्ने कुरा भन्न मिल्दैन । (प्रकरण नं. १८) निवेदक तर्फबाट : अधिवक्ता श्री वासुदेव ढुङ्गाना, श्री राम चन्द्र श्रेष्ठ विपक्षी तर्फबाट : सरकारी अधिवक्ता श्री प्रचण्डराज अनिल । आदेश १. निवेदकको मौजे सुवौलिया भवानीपुरको २४द्र३ बिगाहा जग्गावाल गंगा नदीदेखि पश्चिम रजघंट बाबाको कुटी देखि पूर्व पोता मौजा सिमाना देखि उत्तर जंगल देखि दक्षिण यति ४ किल्ला मध्येको ३६० बिगाहा जग्गा भित्रपारी उखु फारम बनाउनको लागि उपलव्ध गरी पाउँ भन्ने चिनी कारखाना प्रा.लि. को पत्र प्राप्त भएको र उक्त जग्गा अधिग्रहण गरी दिनु भन्ने विभागीय आदेश प्राप्त भईरहेकोले लेखिएका ४ किल्लाभित्रको ४०० बिगाहा मध्ये ४० बिगाहा जंगल बाहेक बाँकी ३६० बिगाहा जग्गा अधिग्रहण गर्नु परेकोले जग्गा प्राप्ति ऐन, २०१८ को दफा (४) को उपदफा (२) अनुसार सूचना गरिएकोछ भनी विपक्षी अञ्चलाधीशबाट २०२३ सालमा मिति नराखी सूचना टाँसिएको र त्यसको १० दिन पछि जग्गामा कार्य सञ्चालन गरिने भएकोले उक्त ऐनको दफा ६ अनुसार चाहिने उजुर यस अफिसमा दिनु होला भन्नेसमेत उल्लेख गरिएको थियो। २. उक्त सूचनामा उल्लेख गरिए अनुसार उक्त ऐनको दफा ६ को उपदफा (१) को ३० दिन म्याद भित्र उक्त ऐनको दफा ३ को खण्ड (ख) को कामको लागि मात्र करपोरेशनको लागि श्री ५ को सरकारले जग्गा प्राप्त गर्न गराई दिन सक्नेमा निवेदकको जग्गा खेती कामको