निर्णय नं. ४४९ - उत्प्रेषण आदेश जारी गरी पाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ४४९ - उत्प्रेषण आदेश जारी गरी पाउँ भाग: ११ साल: २०२५ महिना: बैशाख अंक: १ फैसला मिति :२०२५/०२/३१ २४०९ निर्णय नं. ४४९ ने.का.प. २०२५ डिभिजन बेञ्च प्रधान न्यायाधीश श्री भगवतीप्रसाद सिंह न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह २०२३ सालको रि.नं. २६९ निवेदक : टिकाचा ज्यापु विरुद्ध विपक्षी : ललितपुर जिल्ला भूमिसुधार अधिकारी, चिनिकाजी श्रेष्ठ समेत विषय : उत्प्रेषण आदेश जारी गरी पाउँ (१) भूमिसम्बन्धी ऐन, २०२१ को दफा ४५ को उपदफा (घ) तथा दफा ५०–ऋण रकम निश्चित गर्दा ऋण साधन नभै साँवा बाकी नै भएमा जग्गा आसामी फिर्ता नहुने साँवालाई कपालीको रुप दिएमा भू.सु. अधिकारीको अधिकार क्षेत्र बाहिर हुने । दफा ५० र ४५ अनुसार उपरोक्त उल्लेख भएबमोजिम सयकडा १०। भन्दा बढी जति साँवामा कट्टा गर्दा पनि साँवा बाँकी रहन आएकोमा भोगबन्धकी लिखतको रुपै बदली बाँकी थैली कपाली हुने गरी भोगबन्धकीको जग्गाबाट साहुको भोग टुटाउने व्यवस्था भएको देखिंदैन । दफा ५० ले बाँकी साँवा किस्ताबन्दीमा बुझाउन पाउने आदेश दिन सक्नेसम्म अधिकार प्रदान गरेको देखिन्छ । तर भूमिसुधार अधिकारीको उल्लेखित निर्णयमा सोबमोजिम नभई जग्गाबाट भोगबन्धकी साहुको हक टुटाई जग्गा असामीलाई नै फिर्ता गराई बाँकी साँवालाई कपाली सहर हुने गरी निर्णय गरेको देखिन्छ । यसरी दफा ४५ बमोजिम ऋण रकम निश्चित गर्दा ऋण साधन नभई साँवा बाँकी नै रहन आएकोमा ऋण साधन भएको गरी जग्गा असमामिलाई नै फिर्ता दिने र साँवालाई कपालीको रुप दिने अधिकार ऐनले दिएको देखिंदैन । (प्रकरण नं. १०) निवेदक तर्फबाट : अधिवक्ता श्री बलभद्र मिश्र । विपक्षी तर्फबाट : सरकारी अधिवक्ता श्री प्रचण्डराज अनिल । आदेश १. टिकाचा ज्यापुसँग २०२० सालमा पटक–पटक गरी रु. १९००। र २०२१ सालमा रु. १३०१। लिई का.रजिष्ट्रेशन मार्फत मेरो हकको भोग भएको ४ रोपनी ६ आना जग्गा भोगबन्धकी पास गरी दिएकोमा २०२० साल देखि २०२३ सालसम्म साहुले भोग गरेको सो जग्गामा सालको धान मुरी १६ गहुँ मुरी ४ उब्जनी हुन्छ । २०२० साल देखि २०२२ सालसम्म धान मुरी ४८ गहुँ मुरी १२ खाएको प्रचलन बजार भाउले रु. ३६८०। खाइ सक्नु भएकोले बढी व्याज खाएको हुँदा भूमिसम्बन्धी ऐन, २०२१ को दफा ५० बमोजिम ऋण निश्चित गरी पाउँ भन्ने विपक्षी मध्ये चिनीयाँकाजीको निवेदन बयान । २०२१ साल जेष्ठ २२ गते निज विपक्षी चिनीयाँकाजीले घर खर्च गर्ने वापत जनाई मबाट रु. ३२००। कर्जा लिई अघिदेखि मैले कमाएको जग्गा भोग दिएको बर्ष १ धान मुरी ९ सम्म फल्छ र हाल नापीमा मेरै नाउँमा जोताहा कायम छ र खेत रोपनी वर्ष १ को रु. १५०। खर्च लाग्छ र १२ नं. फाराम पञ्चायतमा भरेको छु भन्ने मेरो प्रतिवादी भएमा, जग्गा खाएमा टिकाचा ज्यापु सावितै र वादी प्रतिवादी दावी जिकिरबमोजिम फल्ने भन्ने कानूनी सबुद नदेखिँदा सालको धान मुरी ९ र गहुँ मुरी २।१० फल्ने लायक न्यायपूर्ण देखिन्छ । सोही उब्जनी कायम गरी धान मुरी २४ र गहुँ मुरी ५ खाएको हुँदा २०२१ सालको धान गहुँको दरमा ६०। ले हुने रु. ९००। र २०२२ सालको धान मुरी १ को रु. ७५। र गहुँ मुरी १ को रु. ७०। ले हुने समेत जम्मा साहुले खाएको रु. १९४५। मा खान पाउने रु. ७३०।७२ कट्टी गर्दा बाँकी रु. १२१४।२८ बढी आएको साँवामा कट्टि गरी बाँकी रु. १९८५।७२ सम्म साँवा बाँकी हुन आएकोले साहुले व्याजसम्म खानु जग्गा असामीले चलन गर्नु भनी काठमाडौं माललाई जनाउसमेत दिने भनी मलाई अपील म्यादसमेत नदिई ल.पु. भूमिसुधार अधिकारी ज्यूबाट २०२३ साल भाद्र ३१ गते फैसला गर्नु भएकोलाई भूमिसम्बन्धी ऐन, २०२१ को दफ