निर्णय नं. ६०६९ - कीर्ते

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ६०६९ - कीर्ते भाग: ३७ साल: २०५२ महिना: पौस अंक: ९ फैसला मिति :२०५२/०६/२४ २६४३ निर्णय नं. ६०६९ ने.का.प. २०५२ अङ्क ९ संयुक्त इजलास माननीय न्यायाधीश श्री ओमभक्त श्रेष्ठ माननीय न्यायाधीश श्री ईन्द्रराज पाण्डे सम्वत् २०५१ सालको फौजदारी पुनरावेदन नम्बर ८४७ फैसला मिति : २०५२।६।२४।३ मुद्दा : कीर्ते । पुनरावेदक/वादी : जिल्ला मकवानपुर पदमपोखरी गाउँ विकास समिति वडा नं. ४ बस्ने शंकर लामा विरुद्ध प्रत्यर्थी/प्रतिवादी : ऐ.ऐ. बस्ने धावा लामा § वादी दावी बमोजिम सद्दे वा कीर्ते भनी निरोपण गर्नु पर्ने मूल लिखत नै अदालत समक्ष पेश नभएपछि सो लिखतको कानुनी अवस्था के कस्तो हुने भनी ठहर गर्न सकिने अवस्था नरहने । (प्रकरण नं. ११) पुनरावेदक तर्फबाट : विद्वान अधिवक्ता श्री अर्जुनप्रसाद लम्साल प्रत्यर्थी तर्फबाट : x अवलम्बित नजीर : x फैसला न्या. ओमभक्त श्रेष्ठ : श्री पुनरावेदन अदालत हेटौंडाको मिति २०५०।१२।८।२ को फैसला उपर पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यस प्रकार छ :– २. विपक्षीले माननीय रुपचन्द्र विष्टज्यूको विशेष कार्यालयबाट विभिन्न विद्यालयको लागि ३३१२ बण्डल जस्ता बुझी लिई सो जस्ता आफूले हिनामिना गरी तोकिएको विद्यालयमा तोकिए बमोजिम प्रयोग नगरी आफ्नो घरमा लगाई चन्द्रोदय प्रा.वि. विष्णु ज्योति प्रा.वि. र प्रतिमा प्रा.वि.को नाममा निकासी भई आएको जस्ता पाता ३३१२ बण्डल गाडीमा लोड गरी गा.पं. सम्म लानु भनी धावा लामाबाट आजको मिति २०४२।५।१७ मा बुझी लिई त्यस्को भर्पाई गरी दियो भनी व्यहोरा लेखी भर्पाई लिखत खडा गरी सो भर्पाईमा विपक्षीले मेरो दस्तखतसँग मिल्दो जुल्दो हुने गरी दस्तखत गरी कीर्ते काम गरेकोले उक्त भर्पाईलाई कीर्ते ठहर गरी कीर्ते भर्पाई निष्कृय ठहर गरी सजाय समेत गरी पाउँ भन्ने समेत व्यहोराको वादी दावी । ३. उक्त जस्ता पाता म र विपक्षी समेतले एकै गा.पं. अन्तर्गत स्कूलहरुको लागि पाउने भएकोले छुट्टा छुट्टै स्कूलका लागि छुट्टा छुट्टै रकम जम्मा गरे तापनि ढुवानीको दृष्टिकोणले समेत सजिलो होस् भनी विपक्षीको जिम्मामा दिई निजले भर्पाई समेत गरी दिएको हो । हदम्याद समेत नाघी दायर भएको फिराद हुँदा फिरादपत्र खारेज गरी विपक्षीलाई नै सजाय समेत गरी पाउँ भन्ने प्रतिवादीको प्रतिउत्तरपत्र । ४. वादीले मुलुकी ऐन कीर्ते कागजको १८ नं. बमोजिम कीर्तेमा काम भए गरेको मिति २०४२।५।२७ गतेले २ वर्षभित्र फिराद दायर गराउनु पर्नेमा २ वर्षको हदम्याद नघाई मिति २०४६।२।२६ गतेमा फिराद दर्ता गराएको देखिँदा यस्तो हदम्याद नघाई दर्ता भएको प्रस्तुत फिरादपत्रबाट ईन्साफ गर्न नमिल्ने देखिँदा प्रस्तुत फिराद मुलुकी ऐन अदालती बन्दोवस्तको १८० नं. बमोजिम खारेज हुने ठहर्छ भन्ने समेत मकवानपुर जिल्ला अदालतको मिति २०५०।१।६ गतेको फैसला । ५. मकवानपुर जिल्ला अदालतको खारेजी फैसला बदर गरी मेरो वादी दावी तथा पुनरावेदन जिकिर बमोजिम ईन्साफ पाउँ भन्ने वादी शंकर लामाको पुनरावेदन अदालत हेटौंडामा परेको पुनरावेदनपत्र । ६. शुरुबाट खारेज गर्ने गरी भएको निर्णय श्री सर्वोच्च अदालतबाट प्रतिपादित सिद्धान्तको सन्दर्भमा विचारणीय हुँदा छलफलमा अ.बं. २०२ नं. ले विपक्षी झिकाई उपस्थित भए वा गुजारेपछि नियमानुसार पेश गर्नु भन्ने मिति २०५०।८।९ गतेको पुनरावेदन अदालत, हेटौंडाको आदेश । ७. वादी शंकर लामालाई विवादित भर्पाई तयार भएको भनिएको मिति २०४२।५।१७ गते भन्दा अगाडी थाहा भएको भन्ने वास्तविक स्थिति रहेको मिसिलबाट समर्थन हुन नसकेकोले शुरुल