निर्णय नं. ४५१ - उत्प्रेषणको आदेश जारी गरी पाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ४५१ - उत्प्रेषणको आदेश जारी गरी पाउँ भाग: ११ साल: २०२५ महिना: बैशाख अंक: १ फैसला मिति :२०२५/०६/०२ २३९३ निर्णय नं. ४५१ ने.का.प. २०२५ डिभिजन बेञ्च न्यायाधीश श्री नयनबहादुर खत्री न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह सम्वत् २०२३ सालको रीट नम्बर २०२१ निवेदक : तिर्थबहादुर खत्री क्षेत्री विरुद्ध विपक्षी : जिल्ला भूमिसुधार अफिस, ललितपुरको भूमिसुधार अधिकारी विषय : उत्प्रेषणको आदेश जारी गरी पाउँ (१) भूमिसम्बन्धी नियम, २०२१ को नियम ६ बमोजिम प्रकाशित लगत उक्त नियमको नियम ७ अनुसार विशेष अदालतको निर्णयले मात्र सच्याउन सकिने । भूमिसम्बन्धी नियम, २०२१ को नियम ६ बमोजिम निवेदकलाई नै मोही कायम गरी लगत प्रकाशन भएको देखिएको उक्त प्रकाशित लगतबाट निवेदक मोही कायम रहेको देखिएको र सो लगतमा कायम भएको मोहीलाई सो लगत उपर उजुर परी नियम ७ बमोजिम विशेष अदालतको निर्णयले मात्र सो लगत सच्चिन सक्ने अन्यथा लगतबमोजिम निवेदक मोही कायम भईरहने भन्ने कुरा प्रष्ट देखिन आएको छ । (प्रकरण नं. ७) (२) निवेदकलाई कुनै असर नपर्ने निर्णय उत्प्रेषणको आदेशद्वारा बदर गर्न लिएको जिकीर मिलेको नदेखिने । भूमिसुधार अधिकारीको निर्णयले निवेदकलाई कुनै असर पार्न नसक्ने भएकोले असर नपार्ने निर्णय उत्प्रेषणको आदेशद्वारा बदर गरी पाउँ भन्ने निवेदकको जिकीर मिलेको देखिएन । भू.सु. अधिकारीको लिखित जवाफमा २०२२।१।१२।७ को निजको निर्णयबमोजिम सूर्यबहादुर कै जोत कायम गरी लगत प्रकाशित गर्ने भन्ने सङ्केत गरी जवाफ दिएको देखियो । तर उपरोक्त उल्लेख भएबमोजिम नियमम ६ बमोजिम लगत प्रकाशित भईसकेको कानूनले निर्देशित गरेको तरिकाबमोजिम मात्र सो सच्चिन सक्ने । (प्रकरण नं. ७) निवेदक तर्फबाट : विद्वान अधिवक्तानारायणप्रसाद विपक्षी तर्फबाट : सरकारी अधिवक्ता रतनलाल कनौडिया आदेश १. चौतरिया अनन्त जङ्ग पराक्रमको श्री कुम्भेश्ररमा ध्यू बत्ती बाल्ने गुठी श्री ५ को सरकार गुठी लगतमा मेरा बाजे उजिरसिंका नाउँमा मोहियानीमा दर्ता भएको गुठी जग्गा बाबु बाजेकै पालादेखि मोहियानीमा कमाई सो जग्गाको बाली पुजारीलाई बुझाई आएको जोताहामा निवेदकको लेखी फिल्डबुकमा सहिछाप समेत गराई लगेको र निवेदकको नाममा जोताहाको अस्थाई निस्सासमेत दिई सकेको थियो र भूमिसम्बन्धी नियमहरू, २०२१ को नियम ६ अनुसार भूमिसुधार टोलीले इमाडोल गाउँ पञ्चायत कार्यालयमा २०२२।७।२६ मा प्रकाशित गरेको लगतमा पनि उक्त जग्गाको जोताहा निवेदक नै लेखिएको छ र त्यस उपर कसैको पनि उजुरी छैन । सूर्यबहादुर गजुरेलले मेरो नाम कायम गरी पाउँ भनी निवेदन दिएकोमा सूर्यबहादुर गजुरेलको नाउँमा जोत कायम गरी दिने नभएको जोत लेखाएका भनी म निवेदकलाई रु. १५। समेत जरिवाना गरी यो निर्णय उपर चित्त नबुझे ३५ दिन भित्र विशेष अदालतका अपील गर्नु भनी २०२२।१।१२ मा ललितपुर जिल्ला भूमिसुधार अधिकारीले निर्णय गर्नुभयो । म्यादभित्रै भूमिसुधार, विशेष अदालत, ललितपुरमा निवेदकले अपील गरेमा जरिवाना गरेको मनासिव ठहर्दैन । जोत बदरतर्फ शुरु उजूरी बाहेक भूमिसुधार अधिकारीले निर्णय गरे उपर कानूनी छ वा छैन भनी अपील लिई हेर्न यस अदालतलाई अधिकार प्रदान गरिएको कानूनी व्यवस्था नदेखिँदा जिल्ला भूमिसुधार अफिसबाट जोत बदरतर्फ निर्णय गरेकोमा कानूनी वा गैरकानूनी के हो भनी कानूनी औचित्यतर्फ इन्साफमा विचार गर्न नमिल्ने भनी उक्त विशेष अदालतका न्यायाधीशले फैसला गरी दिनु भएकोले विपक्षी जिल्ला भूमिसुधार अधिकारी ललितपुरले कानूनको अधिकार बेगर गैरकानूनी तरिकाले निवेदकको संविधान तथा