निर्णय नं. ६०७१ - उत्प्रेषण समेत
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ६०७१ - उत्प्रेषण समेत भाग: ३७ साल: २०५२ महिना: पौस अंक: ९ फैसला मिति :२०५२/०८/१९ २३४० निर्णय नं. ६०७१ ने.का.प. २०५२ अङ्क ९ संयुक्त इजलास माननीय न्यायाधीश मोहनप्रसाद शर्मा माननीय न्यायाधीश श्री हरिप्रसाद शर्मा सम्वत् २०५० सालको रिट नं. २७१५ आदेश मिति : २०५२।८।१९।३ विषय : उत्प्रेषण समेत । निवेदक : का.जि.का.न.पा. वार्ड नं. १८ भुरुङखेल बस्ने लक्ष्मीनारायण तण्डुकार विरुद्ध विपक्षी : ऐ. वडा नं. २३ झोछें बस्ने हरिनारायण मानन्धर काठमाडौं नगरपालिका कार्यालय । ऐ ऐ को मु२ सम्बन्धी समिति । ऐ नगरपालिका उपमेहर काठमाडौं नगर पालिका कार्यवाहक प्रमुख मु२ सम्बन्धी वैठकका अध्यक्ष नविन्द्र राज जोशी । ऐ ऐ वार्ड नं. ३४ वार्ड सदस्य जीवनचन्द्र कोइराला । ऐ ऐ वार्ड नं. २ का वार्ड सदस्य योगेन्द्र संग्रौला । ऐ ऐ वार्ड नं. ५ का वार्ड सदस्य जितेन्द्र मल्ल । § देवस्थल जग्गा गुठी संस्थान अधिनस्थ जग्गा हो भन्ने कुरामा पनि विवाद छैन । यस्तो देवस्थल जग्गालाई सबै कार्यालय निकायले संरक्षित अवस्थामा राख्नु पर्ने सबैको कर्तव्य हुन्छ । यस्तो जग्गामा निवेदकले नक्सा पास गर्दा बाटो देखाई उक्त देवस्थल जग्गातर्फ टप राख्ने तथा ग्यारेज बनाउने कार्य गर्न खोज्नु कानुन अनुरुपको कार्य पनि देखिन आएन । त्यस्तो सार्वजनिक देवस्थल रहेको जग्गालाई काठमाडौं नगरपालिकाबाट उक्त नगरपालिका ऐन, २०४८ को दफा १५(घ) बमोजिम देवस्थल संरक्षित क्षेत्र घोषणा गर्ने ठहराएको निर्णय नगरपालिका ऐन अनुरुप देखिन आएकोले निवेदकको माग बमोजिमको आदेश जारी गर्नु पर्ने अवस्था नदेखिएकोले प्रस्तुत रिटनिवेदन खारेज हुने । (प्रकरण नं. १०) निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री प्रकाश वस्ती विपक्षी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री सर्वज्ञरत्न तुलाधर तथा विद्वान अधिवक्ता श्री हेमराज सुवेदी अवलम्बित नजीर : x फैसला न्या. मोहनप्रसाद शर्मा : नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३ तथा ८८(२) अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त व्यहोरा र निर्णय यस प्रकार छ :– २. सर्भे नापी हुँदा का.जि.का.न.पा. वडा नं. १३ को हाल भुरुङलेखको कि.नं. ११२ को क्षेत्रफल ०–७–२ को मेरो नाममा रहेको जग्गामा मिति ०४९।४।१८ मा विपक्षीबाट क्षेत्राधिकारको आधारमा घर बनाउने नक्सा पास गराई कानुन तथा नक्सा बमोजिम घर बनाई बसोवास गरी आएकोमा । उक्त बमोजिम मेरो घर बनाउने नक्सा पास गराउँदा पूर्व तर्फको ऐ.ऐ. को कि.नं. ६२१ को गुठी सार्वजनिक जग्गामा रहेको ८ फुटको बाटोलाई उक्त घरमा जाने आउने बाटो कायम गराई नक्सा पास गर्दा प्रमाण पत्र प्रत्यर्थी कार्यालयबाट दिइएको थियो । यसरी कानुन बमोजिम घर बनाउँदै गरेको विपक्षी नं. १ को निवेदन उजुराको हवाला दिँदै मिति ०४९।८।२२ गते उक्त निर्माण स्थलमा म नभएको मौका पारी निर्माण कार्य रोक्का राख्नु भन्दै विपक्षी नं. २ का तामेलदारले ७ दिनको म्याद त्यसै मिल्काई गएका रहेछन् । मैले तोकिएको म्यादभित्र मैले विपाक्षीको जग्गा नचापेको र विपक्षीले आफ्नो भनेको जग्गा गुठी संस्थानको नाममा दर्ता भएको सार्वजनिक जग्गा हो भनी भएको व्यहोरा प्रष्ट पारी निवेदन दिएको थिए । तत् पश्चात विपक्षी नं. २ बाट तत् सम्बन्धमा विपक्षी नं. ४, ५ र ६ समेत सदस्य रहेको एउटा ट्रिव्युनल गठन गरी नाम मात्रको छानबिन गराई राजगुठीमा दर्ता भएको जग्गालाई नगरपालिका ऐन, २०४८ को दफा १५(घ) अन्तर्गतको जमीन भन्दै संरक्षित क्षेत्र घोषणा गर्नु पर्ने राय सहित प्रतिवेदन पेश भएको छ । उक्त प्रतिवेदन