निर्णय नं. ४५३ - उत्प्रेषण वा जो चाहिने आज्ञा, आदेश, पुर्जि जारी गरी पाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ४५३ - उत्प्रेषण वा जो चाहिने आज्ञा, आदेश, पुर्जि जारी गरी पाउँ भाग: ११ साल: २०२५ महिना: बैशाख अंक: १ फैसला मिति :२०२४/११/२३ २७८१ निर्णय नं. ४५३ ने.का.प. २०२५ फुल बेञ्च प्रधान न्यायाधीश श्री भगवतीप्रसाद सिंह न्यायाधीश श्री मीनबहादुर थापा न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह २०२४ सालेको रि.फु.नं. १३ निवेदक : दशरथ वढई विरुद्ध विपक्षी : कपिलवस्तु उखडा ट्राइबुनल नं. ३ विषय : उत्प्रेषण वा जो चाहिने आज्ञा, आदेश, पुर्जि जारी गरी पाउँ (१) प्रतिबन्धात्मक वाक्यांशको व्याख्या–उक्त वाक्यांशले मूल दफाको सन्दर्भमा गर्नुपर्ने–मूल दफामा अंकित भएको बाहेक अन्य शर्त वा बन्देज प्रतिबन्धात्मक वाक्यांशले गरेको छ भनी विस्तृत रुप दिई व्याख्या गर्न नहुने । अतः कुनै दफाको साथसाथ प्रतिबन्धात्मक वाक्यांश पनि राखिएको छ भने उक्त दफाको सन्दर्भमा त्यसको व्याख्या गरिन्छ । मूल दफामा उल्लेख भएका कुरा बाहेक अन्य कुराको लागि पनि प्रतिबन्धात्मक वाक्यांशले शर्त वा बन्देज गरेको छ भनी विस्तृत रुप दिई व्याख्या गर्न हुँदैन । (प्रकरण नं. १०) (२) उखडासम्बन्धी ऐन, २०२१ को दफा ८ को उपदफा ३ उखडासम्बन्धी (दोश्रो संशोधन) ऐन, २०२४ को दफा ४ ले गरेको संशोधित रुपमा : उक्त ऐनको दफा ६ को उपदफा १ लगाई साजय गरेको मुद्दा मामिलामा मात्र ६० दिन भित्र पुनरावेदन लाग्ने व्यवस्था–अन्य ऐन लगाई गरेको सजायमा उक्त व्यवस्था नलाग्ने । उक्त उपदफा ३ मा उल्लेख भएको दफा ६ को उपदफा १ लगाई सजाय गरेको मुद्दा मामिला भए मात्र पहिले छिनिएको भए पनि ६० दिन भित्र पुनरावेदन लाग्ने छ भनी उक्त प्रतिबन्धात्मक वाक्यांशले व्यवस्था गरेको प्रष्ट छ । अन्य ऐन लगाई सजाय गरेकोमा पनि उक्त प्रतिबन्धात्मक वाक्यांश अनुसार ६० दिन भित्र पुनरावेदन लाग्छ भन्न नमिल्ने हुन आउँछ । (प्रकरण नं. १०) (३) अन्य ऐन (जस्तो जग्गा मिच्नेको १४ नं.) लगाई सजाय (रु. १००००। भन्दा घटि बिगो भएको) गरेमा–उखडासम्बन्धी ऐनको दफा ८ (२) अन्तर्गत पुनरावेदन नलाग्ने भन्न नमिल्ने । अन्य ऐन (जग्गा मिच्नेको १४ नं.) लगाई उखडा ट्राइबुनलले सजाय गरेमा उक्त ट्राइबुनलको फैसला उपर सर्वोच्च अदालतमा पुनरावेदन लाग्ने । यस्तो जग्गा मिच्नेको १४ नं. लगाई सजाय गरेकोमा रु. १००००। भन्दा घटी बिगो भएकोमा उक्त दफा ८ (२) अन्तर्गत पुनरावेदन लग्दैन भन्न मिल्ने देखिंदैन । (प्रकरण नं. ११) जग्गा मिच्नेको १४ नं. लाई सजाय गरेको मुद्दामा विपक्षी उखडा ट्राइबुनलको फैसला उपर सर्वोच्च अदालतमा पुनरावेदन गर्न पाउने प्रष्टै भएको छ । (प्रकरण नं. १२) आदेश १. कि.नं ८० को जग्गा बिगाहा १ मात्र मबाट उखडामा कमाएको भनी तप्पे सिवराज मौजे पुरुषोत्तमपुर बस्ने सिताराम वेटले विवरण दाखिल गरेकोमा उसैले सो विवरण झुट्टा छ । पुरुषोत्तमपुरमा जम्मा १०।।।४।२ मात्र जिम्दारी भएकोमा ४ भाग लागी मेरो भागमा २।। बिगाहा मात्र छ । सो कसैलाई जोत्न दिएको छैन । मुद्दा पर्दा मेरै जोतपोत ठहरी २०१७।७।२२ मा फैसला समेत भएको छ भन्ने मेरो उजुरी परेको जग्गा विवरण बमोजिम उखडामा खाएको छु भन्ने सिताराम वेटको बयान भएकोमा जग्गा उखडा ठहर्छ । उखडासम्बन्धी ऐन, २०२१ को दफा ८ (२) को बिगो कमको यो मुद्दा हुँदा अपील लाग्दैन भनी विपक्षी ट्राइबुनलबाट २०२२।१२।२ मा फैसला गरेको जग्गा उखडा होइन भन्ने म र उखडा हो भन्ने सिताराम वेट भएपछि उखडा हो होइन भन्ने यकिन गरी उखडा ठहरे मात्र ट्राइबुनलले हेर्न पाउने व्यवस्था उखडा ऐन, २०२१ मा पाइन्छ । सो ऐनको दफा ८ (२) दफा ६ (१) र (२) क