निर्णय नं. ४५४ - परमादेशको आदेश जारी गरी पाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ४५४ - परमादेशको आदेश जारी गरी पाउँ भाग: ११ साल: २०२५ महिना: बैशाख अंक: १ फैसला मिति :२०२५/०५/२२ २८०१ निर्णय नं. ४५४ ने.का.प. २०२५ फुल बेञ्च प्रधान न्यायाधीश श्री भगवतीप्रसाद सिंह न्यायाधीश श्री रत्नबहादुर बिष्ट न्यायाधीश श्री वासुदेव शर्मा न्यायाधीश श्री मीनबहादुर थापा क्षेत्री न्यायाधीश श्री राजा ईश्वरी जंगबहादुर सिंह ०२४ सालको रि.फु.नं. १० निवेदक : सम्झा अहिरनी विरुद्ध विपक्षी : सन्तु अहिर र रुपन्देही उखडा ट्राइबुनल भैरहवा समेत विषय : परमादेशको आदेश जारी गरी पाउँ (१) तत्काल प्रचलित उखडासम्बन्धी ऐन, २०२१ को दफा ८ को उपदफा (२) उखडा ट्राइबुनलले कुनै सजाय नगरी छिनेको विषय उक्त दफा अन्तर्गत पर्न नआउने । तत्काल प्रचलित उखडासम्बन्धी ऐन, ०२१ को दफा ८ को उपदफा (२) मा दफा ६ को उपदफा (१) अन्तर्गत ट्राइबुनलबाट गरेको सजायको आदेशमा रु. १००००। भन्दा बढी बिगो भएको मुद्दामा ट्राइबुनलले गरेको फैसला वा निर्णय उपर सर्वोच्च अदालतमा पुनरावेदन लाग्नेछ भन्ने उल्लेख गरी उक्त दफा अन्तर्गत गरेको सजायको आदेशमा रु. १००००। भन्दा घटि बिगो भएकोमासम्म पुनरावेदन नलाग्ने बन्देज गरेको छ । उखडा ट्राइबुनलले कुनै सजाय नगरी छिनेको यस्तो विषय उक्त दफा अन्तर्गत पर्न आउने देखिएन । (प्रकरण नं. ५) (२) विशेष अदालत ऐन, २०१३ का दफा ८ लाई अंगाली उखडासम्बन्धी ऐन, ०२१ को दफा ६ को उपदफा (१) (२) बमोजिम सजाय गरे बाहेकको विषयमा पुनरावेदन लाग्न सक्ने । विशेष अदालत ऐन, २०१३ को दफा ८ लाई अंगाली उखडासम्बन्धी ऐन, २०२१ को दफा ६ को उपदफा (१) (२) बमोजिम सजाय गरे बाहेकको विषयमा पुनरावेदन लाग्न सक्ने सिद्धान्त कायम गरी २०२३।९।२९।६ को फुल बेञ्चको बहुमतबाट निर्णय भईराखेको समेत हुँदा विपक्षी उखडा ट्राइबुनलले कुनै सजाय नगरी छिनेको २०२२।११।२।१ को अन्तिम निर्णय आदेश उपर फुल बेञ्चको उक्त नजिर समेतबाट पुनरावेदन लाग्न सक्ने प्रष्टै भएको छ । (प्रकरण नं. ५) (३) २ जना मात्र सदस्य भएको उखडा ट्राइबुनलको आदेश उपर पुनरावेदन लाग्ने । उखडा ट्राइबुनलको आदेश उपर पुनरावेदन लाग्ने नै भएको र दुईजना सदस्यमात्र रही विपक्षी ट्राइबुनलको आदेशउपर पुनरावेदन लाग्ने नै भएको र ९ जना सदस्य मात्र रही विपक्षी ट्राइबुनलले गरेको निर्णय आदेश कायम हुने नहुने कुराहरू पुनरावेदन तहबाट पनि निर्णय हुन सक्ने नै हुनाले पुनरावेदन गर्न पाउने अन्य उपचारको व्यवस्था छँदाछँदै उत्प्रेषणको आदेश जारी हुन सक्तैन । (प्रकरण नं. ६) निवेदक तर्फबाट : अधिवक्ता श्री मुकुन्द रेग्मी आदेश १. विपक्षी सन्तु अहिरले मौजे लक्ष्मीपुरका कि.नं. १।२।३।४।५।६ को बिगाहा १द्र३।।२ को जग्गा उखडामा जोते कमाएको हुँ भनी विवरण दिई फाराम भर्नु भएकोमा सो जग्गा उहाँले जोत्नु कमाउनु गर्नु भएको छैन भन्नेसमेत उजुर दिँदा हक बेहकसम्बन्धी खिचोला उठेको भनी इन्साफको निमित्त विपक्षी ट्राइबुनल समक्ष पठाउँदा मेरो बयान समेत गराए पछि हक बेहकमा कारवाही गर्नु नपर्ने र जग्गा सन्तुकै कायम हुने भनी पुनरावेदन समेत नलाग्ने गरी उक्त विपक्षी ट्राइबुनलबाट २०२२।११।२।१ मा अन्तिम आदेश दिनु भयो । विपक्षी ट्राइबुनलको गठन उखडासम्बन्धी ऐन, २०२१ अन्तर्गत पर्न आएको मुद्दा मामिलामा नेपाल विशेष अदालत ऐन, २०१३ बमोजिमको कार्यविधि समेत अपनाई ऐ. उखडा ऐन, २०२१ को दफा ८ को उपदफा ६ अन्तर्गत गरिएको सजायको आदेशमा रु. १००००। भन्दा कम बिगो भएकोमा पुनरावेदन नलाग्ने प्रस्तुत मुद्दाको आदेशमा सजाय नै नगरिएको हुनाले नेपाल विशेष अदालत ऐनबमो