निर्णय नं. ६०७४ - उत्प्रेषण समेत

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ६०७४ - उत्प्रेषण समेत भाग: ३७ साल: २०५२ महिना: पौस अंक: ९ फैसला मिति :२०५२/०६/०२ २३४५ निर्णय नं. ६०७४ ने.का.प. २०५२ अङ्क ९ संयुक्त इजलास माननीय न्यायाधीश श्री केशवप्रसाद उपाध्याय माननीय न्यायाधीश श्री इन्द्रराज पाण्डे सम्वत् २०५१ सालको रिट निवेदन नं. ३६८९ आदेश मिति : २०५२।६।२।२ विषय : उत्प्रेषण समेत । निवेदिका : भ.पु.जि. दिव्येश्वरी गा.वि.स. वडा नं. ७ बस्ने विमला पन्त विरुद्ध विपक्षी : भ.पु.जि. लोकन्थली गा.वि.स. वडा नं. ७ बस्ने मेघ सिंह पन्त ऐ ऐ बस्ने दिलिप सिंह पन्त ऐ ऐ बस्ने राधेश्याम पन्त ऐ ऐ बस्ने सरस्वती देवी पन्त मालपोत कार्यालय, भक्तपुर नापी शाखा मुकाम भक्तपुर § एक पटक हक स्थापित भैसकेको जग्गामा अंशियार मध्येकै व्यक्तिमा सरेको कारणले मात्र पुनः हक स्थापित गराउनु पर्ने भन्नु कानुनसंगत मान्न नमिल्ने । (प्रकरण नं. १०) रिट निवेदिका तर्फबाट : विद्वान अधिवक्ताद्वय श्री शुशिलकुमार पन्त र विद्वान अधिवक्ता श्री नरेन्द्रप्रसाद गौतम विपक्षी तर्फबाट : विद्वान सरकारी अधिवक्ता श्री नरेन्द्र पाठक अवलम्बित नजीर : x आदेश न्या. केशवप्रसाद उपाध्याय : नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३।८८(२) अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त विवरण यस प्रकार छ :– २. अंशबण्डाको फैसला बमोजिमको घर जग्गा नामसारी दा.खा. गराउने क्रममा उक्त कि.नं. १९० को घर सहितको जग्गाबाट प्रत्यर्थी मेघसिंहले कि.का. गरी कि.नं. ६४३ दिलिप सिंह पन्तलाई २०४३।२।१८ मा र कि.का. भै बाँकी रहन गएको कि.नं. ६४४ प्रत्यर्थी मेघसिंह पन्तकै नाउँमा रहन आएको जबकी कि.नं. ६४३ को ज.रो. ०–१२–० जग्गा मध्ये दिलिपि सिंहले २०४३।२।१९ मा पुनः ज.रो ०–६–० प्रत्यर्थी सरस्वतीलाई हा.व. पास गरी दिएबाट कि.नं. ६४८ प्रत्यर्थी सरस्वतीको नाउँमा र बाँकी कि.नं. ६५द्य मै प्रत्यर्थी दिलिप सिंहको नाउँमा कायम गरेको थाहा पाई पुनः दर्ता बदर दर्ता तथा जालसाजी समेतमा प्रत्यर्थीहरु विरुद्ध मुद्दा गर्दा थाहा जानकारी हुँदा हुँदै विपक्षीहरुले लिखत पारीत गरे गराएकोमा जालसाजी समेत ठहरी उल्लेखित यावत लिखतहरु बदर भै २०४४।९।२० को बण्डा मुचुल्कामा उल्लेखित कि.नं. १९० को घर सहितको जग्गा प्रत्यर्थी मेघसिंह पन्तका नाउँमा नै यथावत कायम रहन जाने अकाट्य छ । पछिल्लो जालसाजी तथा लिखत दर्ता बदर दर्ता समेत मुद्दा भ.पु.जि.अ. को ०४७।९।८ को अन्तिम फैसला र सोही बमोजिमको ०४८।२।२४ का जनाउ पुर्जी समेतको आधारमा प्रत्यर्थी नं. ६ का समक्ष भ.पु.जि.अ.को बण्डा मुचुल्का तथा जालसाजी समेत मुद्दाको फेसला समेतको आधारमा मैले प्राप्त गरेको साविक कि.नं. १९० को घर सहितको जग्गाबाट घर सहितको ज.रो. ०–२–२–१ जग्गा मेरो नाउँमा दर्ता गरी ज.ध.प्र.पुर्जा पाउँ भनी निवेदन गरेकोमा मेघ सिंह पन्तको कि.का. भै बाँकी रहेको कि.नं. ६४४ बाट पुनः कि.का. गरी ९०४ ज.रो ०–१–०–३ तथा बदर भैसकेको ६४३ कि.का. भै कायम भएको प्रत्यर्थी सरस्वतीको कि.नं. ६४८ बाट कि.का. गरी कि.नं. ९०६ को ०–१–०–३ समेत पश्चिम तर्फबाट गरी ०–२–१–२ निवेदिकाको नाममा दा.खा. हुन पर्ने भन्ने २०५१।२।४ को टिप्पणी आदेशलाई २०५१।२।५ मा सदर गरियो भने पुनः २०५१।२।१६ मा पूर्व आफ्नै निर्णय विरुद्धमा गई कि.नं. ६४४ को जग्गा साविक मेघसिंह पन्तको नामबाट ०४९।४।१४ को हा.व. अनुसार प्रत्यर्थी राधेश्याम पन्तको नाउँमा दा.खा. भै गएको भन्दै ०५१।२।१९ मा कि.नं. ६४४ कि.का. भै कि.नं. ९०४ र ९०५ कायम भएको कि.नं. ९०४ विमला पन्तको नाममा हुने गरी मिति ०५१।२।५