निर्णय नं. ६०७५ - भ्रष्टाचार
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ६०७५ - भ्रष्टाचार भाग: ३७ साल: २०५२ महिना: पौस अंक: ९ फैसला मिति :२०५२/०२/२३ ४८९७ निर्णय नं. ६०७५ ने.का.प. २०५२ अङ्क ९ संयुक्त इजलास माननीय न्यायाधीश श्री लक्ष्मणप्रसाद अर्याल माननीय न्यायाधीश श्री उदयराज उपाध्याय सम्वत् २०५०।०५१ फौ.पु.नं. ७७६, ८२९ आदेश मिति : २०५१।२।२३।३ मुद्दा : भ्रष्टाचार । पुनरावेदक/प्रतिवादी : काभ्रेपलाञ्चोक खरेलथोक गा.वि.स. वार्ड नं. १ घर भै तत्कालिन ने.खा.उ.शा. भोजपुरको जि.ले.उ. सहायक केशवप्रसाद थपलिया तेह्रथुम मोरहाङ गा.वि.स. वार्ड नं. १ बस्ने दिप बहादुर खापुङ । विरुद्ध विपक्षी/वादी : नेपाल खाद्य संस्थान उपशाखा कार्यालय भोजपुरको पत्रले श्री ५ को सरकार § भ्र.नि. ऐन, २०१७ को दफा १३ मा रहेको कानुनी व्यवस्था हेर्दा “कुनै राष्ट्रसेवकले आफ्नो ओहोदाको वा सो सम्बन्धी काम कुरा गर्दा राष्ट्रिय वा सार्वजनिक सम्पत्ति वा आफ्नो जिम्मा वा नियन्त्रणमा रहेको राष्ट्रको वा श्री ५ वा श्री ५ को सरकारको वा सरकारी मान्यता प्राप्त कुनै संस्थानको चल अचल सम्पत्ति लापरवाही वा बदनियत वा जालसाजी गरी हिनामिना हानी नोक्सानी वा दुरुपयोग गरे गराएमा वा मासेमा वा निजी प्रयोगमा लगाएमा वा त्यस्तो गर्ने गराउने प्रयत्न गरेमा निजलाई कसूरको मात्रा अनुसार एक वर्ष देखि पा“च वर्षसम्म कैद वा जरिवाना वा दुवै हुनेछ । हिनामिना हानी नोक्सानी वा दुरुपयोग गरेमा वा मासेको वा मास्न दिएको सम्पत्ति पनि निजबाट असूल गरिनेछ” भन्ने व्यवस्था रहेको पाइन्छ । उक्त कानुनी व्यवस्था अनुसार कसूर कायम हुन कुनै राष्ट्रसेवक कर्मचारीले संस्थाको चल अचल सम्पत्ति लापरवाही वा बदनियत वा जालसाजीपूर्वक हिनामिना हानी नोक्सानी दुरुपयोग वा मासेको हुनु पर्ने अनिवार्य देखिन्छ । लापरवाही, बदनियत, जालसाजी यी ३ तत्व मध्ये कुनै एक तत्वको विद्यमानताको अभावमा यस दफा अन्तर्गतको कसूर कायम गर्न मिल्ने नदेखिने । (प्रकरण नं. २२) § के कस्तो लापरवाही र उदासीन कार्य गरी संस्थानलाई हानी नोक्सानी पुर्यायो, के कुराको लापरवाही भयो, कस्तो बदनियत देखियो, के कस्तो काम कारवाहीबाट प्रतिवादीले जालसाजीपूर्ण कार्य भयो भन्ने कुरा न त अभियोगपत्रमा नै किटान गर्न सकेको देखिन्छ न त पुनरावेदन अदालतको ठहर फैसलाले विवेचना गरेको देखिन्छ । केवल रकम नपुग भएकै कारणबाट मात्र प्रतिवादीलाई भ्रष्टाचारको अभियोग लगाएको देखिन्छ । भ्रष्टाचारको अभियोग लगाएर मात्र पुग्दैन। के कस्तो कार्यबाट भ्रष्टाचार हुन गयो र भ्र.नि. ऐन, २०१७ को विभिन्न दफामा उल्लेखित अपराधमा प्रतिवादी उपर लगाइएको दफा १३ लगायतका अन्य कुन दफा अन्तर्गतको कार्यबाट पुनरावेदक प्रतिवादीले अपराध गरेको भन्ने कुनै ठोस आधार प्रमाण देखिंदैन । भ्रष्टाचार जस्तो गम्भिर अपराधमा अनुमानको आधारमा अभियोग लगाउन नमिल्ने । (प्रकरण नं. २४) § राष्ट्रसेवक कर्मचारीले पदमा रही असल नियतले गरेको कार्यलाई अन्यथा ठोस प्रमाण आधारबाट बदनियत नदेखिएसम्म आरोप लगाउन मिल्ने हुँदैन । पदमा बहाल रहेकै समयमा असल मनसायले कार्य गरेको र आफूले गरेको काम कारवाहीमा संस्थानलाई हानी नोक्सानी पुगेको मानी समयको माग भएको स्थितिमा उचित समय वा मौका प्रदान गर्नु सम्बन्धित अधिकृतको कर्तव्य हुन जाने । (प्रकरण नं. २४) § पुनरावेदक प्रतिवादीले आफ्नो जिम्मा रहेको रकम मध्ये बांकी रहेको रकम पनि बुझाउंछु भनी स्वीकार गरी पटक पटक बुझाई राखेको देखिएको परिप्रेक्ष्यमा बदनियतपूर्वक खाने मास्ने अभिप्राय नदेखिएकोमा भ्रष्टाचार जस्तो गंभीर फौज्दारी कसूर गरेको ठहर