निर्णय नं. ६०७६ - उत्प्रेषण ।
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ६०७६ - उत्प्रेषण । भाग: ३७ साल: २०५२ महिना: पौस अंक: ९ फैसला मिति :२०५२/०९/११ २४९१ निर्णय नं. ६०७६ ने.का.प. २०५२ अङ्क ९ संयुक्त इजलास माननीय न्यायाधीश श्री केदारनाथ उपाध्याय माननीय न्यायाधीश श्री कृष्णकुमार वर्मा सम्वत् २०५१ सालको रिट नं. ३७१२ आदेश मिति : २०५२।९।११।३ विषय : उत्प्रेषण । निवेदिका : काठमाडौं जिल्ला का.न.पा. वडा नं. १९ मरुहिटी बस्ने रामकृष्ण मुनकर्मीको श्रीमती वर्ष ६४ की रुद्रकेशरी मुनकर्मी विरुद्ध विपक्षी : काठमाडौं जिल्ला धर्मपथस्थित काठमाडौं नगरपालिका कार्यालय । ऐ नगरपालिका प्रमुख प्रेमलाल सिंह का.जि. का.न.पा. वडा नं. १९ आगनचोक बस्ने वर्ष ६८ को माणिकलाल श्रेष्ठ ऐ ऐ बस्ने अं. वर्ष ४६ को चिनियामान श्रेष्ठ ऐ ऐ बस्ने अं. वर्ष ईढ को महेन्द्रमान श्रेष्ठ ऐ ऐ बस्ने अं. वर्ष १९ को राजेन्द्रमान श्रेष्ठ § कुनै पनि सार्वजनिक जिम्मेवारी भएको कार्यालयमा नियमित तवरले राखिने अभिलेख वा निर्णय पुस्तिका नियमित रुपले नै राखिन्छ भन्ने अनुमान गर्नु पर्ने र कुनै निर्णयको कुनै हरफ टाइपको गल्तीले छुट्न गएको र त्यसको सूचना सम्बन्धित पक्षलाई दिने गरी अर्को मितिमा आदेश भएकोमा निर्णय नै अर्को हो भन्न मिल्ने स्थिति नदेखिने । (प्रकरण नं. ११) निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री मुक्तिनारायण प्रधान विपक्षी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री सर्वज्ञरत्न तुलाधर, विद्वान अधिवक्ता श्री भूमिप्रसाद खरेल अवलम्बित नजीर : x आदेश न्या. केदारनाथ उपाध्याय : नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३।८८(२) अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त विवरण यस प्रकार छ :– २. म निवेदकको नाउँमा मालपोत कार्यालय काठमाडौंमा दर्ता भएको मेरो एकलौटी हकभोगको का.जि.का.न.पा. वडा नं. २० कित्ता नं. ६१ क्षेत्रफल ०–२–२–२ जग्गामा साविकदेखि भएको घर धेरै पुरानो भै जीर्ण अवस्थामा पुगी भत्कन लागेकोले उक्त घरलाई पुरै भत्काई सो ठाउँमा नयाँ घर निर्माण गर्नको लागि नयाँ नक्सा बनाई नक्सा दरखास्त तथा उक्त नयाँ निर्माण हुने घरको साइडप्लान समेत का.न.पा.मा प्रस्तुत गरी नगरपालिकाबाट संधियार सरजमीन समेत कानुन बमोजिम बुझी मिति २०४९।११।१८ गते मैले प्रस्तुत गरेको नक्सा दरखास्त बमोजिम नक्सा पास भै ५ तले घर निर्माण स्वीकृत प्राप्त भएकोले स्वीकृत नक्सा बमोजिम घर निर्माण कार्य गर्दै आएकोमा चौथो तलाको निर्माण कार्य गराउँदै आउँदा विपक्षी राजेन्द्र श्रेष्ठ समेतले मिति ०५०।१।१६ मा मैले निर्माण गरेको घरको पूर्वतर्फ खुला झ्याल राख्न लागेकोले रोक्का गरी पाउँ भनी का.न.पा. मा निवेदन दिएकोले न.पा.बाट मेरो नाउँमा म्याद जारी भई मैले आफ्नो भएको व्यहोरा खुलाई ०५०।३।४ मा लिखित जवाफ प्रस्तुत गरेकोमा उक्त जवाफमा उल्लेखित तथ्यहरुलाई वेवास्ता गरी ०५०।१२।३० मा न.पा. प्रमुख विपक्षी प्रेमलाल सिंहले फेरबदल गर्ने स्वीकृत नलिई प्रतिवादीले निर्माण कार्य गरेको देखिँदा पूर्व तर्फको भागमा पास नक्सा विपरीत निर्माण कार्य गरेकोमा रु. ४५१।– जरिवाना हुने निर्णय गरेको रहेछन् । म निवेदकले उल्लेखित व्यहोरा बमोजिम जरिवानालाई स्वीकार गरी तिरे पश्चात अप्रत्याशित रुपमा उल्लेखित निर्णय टाइप गर्दा निर्णयको केही अंश छुट भएको भन्ने कथित कारण श्रृजना गरी मिति ०५१।१।२६ मा निर्णय पुस्तिकामा राखेको झ्याल ढोका बन्द गराई टप काटी दिने र नक्सा विपरीत भन्ने शब्द टाइप गर्दा छुट भएकोले उक्त छुटेको शब्दहरु राख्ने व्यवस्था पाउँ भन्ने व्यहोराको टिप्पणी आदेशलाई नगरप