निर्णय नं. ४५६ - रोक्का धनमाल हिनामिना

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ४५६ - रोक्का धनमाल हिनामिना भाग: १२ साल: २०२६ महिना: बैशाख अंक: १ फैसला मिति :२०२४/१२/२३ २६९१ निर्णय नं. ४५६ ने.का.प. २०२६ फुजलबेञ्च न्यायाधीश श्री नयनबहादुर खत्री क्षेत्री न्यायाधीश श्री वाशुदेव शर्मा न्यायाधीश श्री राजा ईश्वरी जंगबहादुर सिंह २०२३ सालको फुल बेञ्च नं. १४ निवेदक : तप्पे धनौरा मौजे तौलिहवा बजार बस्ने अयोध्याप्रसाद पाण्डे विरुद्ध विपक्षी : ऐ.बस्ने दलबहादुर सिंह क्षेत्री समेत मुद्दा : रोक्का धनमाल हिनामिना (१) कुनै जग्गा प्रमाणहरूले वादीको ठहरिएमा र उक्त जग्गालाई आफ्नो हकभोग दर्ता तिरोको जग्गा भनी प्रतिवादीले भन्न नसकेमा–सो जग्गा वादीकै ठहरिने । हालको नक्साबाट भने सो न.नं.४ को बाटो बनेको बाहेक वादीको घरको पिछवार बारी समेतको अरु जग्गा नदेखिएको र आफ्नो हक भोग दर्ता तिरोको जग्गामा बाटो बनाएको हुँ भन्न प्रतिवादीले नसकेकोले समेत सो न.नं.४ को बाटो बनाएको जग्गा उक्त २००३ साल आश्विनको तायदाती मुचुल्कामा लेखिएको वादीको घरको पिछवार बारी नै रहेछ भन्ने प्रष्ट भएको छ । (प्रकरण नं. १३) निवेदक वादीतर्फबाट : अभिवक्ता श्री इच्छाहर्ष प्रतिवादी तर्फबाट : वरिष्ठ अधिवक्ता श्री देवनाथप्रसाद वर्मा फैसला १. म अयोध्याप्रसादलाई खुन मुद्दा लागी घरमा नभएको बखत पारी प्रतिवादी दलबहादुरले मेरो नं.२९५ को घरको निकाश पैठारको जग्गामा बाटो बनाई कब्जा गरेछ । सो घरको चौकिल्ल छुट्याउन पुरानो श्रेस्ताहरु र खुन मुद्दाको मिसिलसमेत झिकी बुझी नक्शा सरजमिनसमेत गरी दलबहादुरले कब्जा गरेको जग्गा मलाई चलन चलाई सजाय गरिपाउँ भन्ने समेत वादी अयोध्याप्रसादको दावी रहेछ । २. बजारबाट कोपवा जाने मुल सडकको घरको उत्तर पुगेपछि मुलसडकबाट अमिनीमा जाने एक सडक र वादीको नं.२९५ को घर पूवतर्फबाट मेरो घरमा जाने आउने बैलगाडा ल्याउने र नियामतको घरमा आउने जाने हामीहरुको जाहान बच्चा मूलसडकमा जाने आउने वादीको दर्ता बाहेकको जग्गा एक सडक बाटो मेरो र वादीको घर बने देखि सो बाटो हालसम्म कायम छ । वादी झुठ्ठा हो भन्ने दलबहादुरको प्रतिवादी । ३. दलबहादुरले कुन साल मितिदेखि जग्गा कब्जा गरेको हो । चलन गर्न नदिए नालिस गरेका बखत ठहरे बमोजिम हुनेछ भनी वादीलाई सुनाई दिने भन्नेसमेत बुटवल जिल्ला अदालतको २०१७।३।२।४ को फैसला । ४. सोउपर चित्त बुझेन भन्ने वादीको पुनरावेदन परेकोमा खारेज गरेको जिल्ला अदालतको मिलेको देखिएन । दुबै थरलाई झिकाइ ऐनसवाल बमोजिम निर्णय गरी दिन मिसिल तौलिहवा जिल्ला अदालतमा पठाई दिने भन्ने प.उ.अ. को ०१८–१।६।३ को फैसला । ५. दलबहादुरले मेरो २९५ नं. को घरले चर्चेको निकाश पैठार जग्गा मिची बाटो बनाए भन्ने हकमा वादीको २९५ नं. को घर साविकमा द्र।१ मा हाल नापी हुँदा १द्र। हुन आई साविक भन्दा जग्गा बढी हुन आएकोले वादीको जग्गा मिची बाटो बनाएको नदेखिएकोले अघि देखी प्र.दलबहादुरले त्यही बाटो हिंडिआएको देखिनाले घरको पूर्वतर्फ घर पालीको सुरक्षा निमित्त आफ्नो घर जतिमा वादीले १ हात पेटि लम्बाई बाटो समेत हिड्न चलन गर्न पाउने हुँदा वादीको जग्गा मिची प्र.दलबहादुरले बाटो बनाएको नठहर्ने भन्नेसमेत तौलिहवा जिल्ला अदालतको २०२०।११।२५।१ को फैसला । ६. सो उपर चित्त बुझेन भन्नेसमेत वादी अयोध्याप्रसादको पुनरावेदन । ७. नियामत मुसलमान वादी र अयोध्याप्रसाद प्रतिवादी भएको ज्यान खुन मुद्दाको मिसिल सामेल ०३।२।८।३ को लासजाँच मुचुल्कामा निज अयोध्याको तौलिहवा बजार बाटोदेखि पूर्व नियामतको घर उत्तर गडाहादेखि पश्चिम गडाहा बाटोदेखि दक्षिण यति