निर्णय नं. ६०७७ - कर्तव्य ज्यान ।
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ६०७७ - कर्तव्य ज्यान । भाग: ३७ साल: २०५२ महिना: पौस अंक: ९ फैसला मिति :२०५२/०८/०६ २८०० निर्णय नं. ६०७७ ने.का.प. २०५२ अङ्क ९ संयुक्त इजलास माननीय न्यायाधीश श्री गोविन्दबहादुर श्रेष्ठ माननीय न्यायाधीश श्री उदयराज उपाध्याय सम्वत् २०४९ सालको फौ.पु.नं. ५१६ सम्वत् २०५१ सालको फौ.सा.नं. १०२ फैसला मिति : २०५२।८।६।४ मुद्दा : कर्तव्य ज्यान । पुनरावेदक/प्रतिवादी : जिल्ला पाल्पा दोभान गा.वि.स. वडा नं. ५ घर भै हाल पाल्पा जेलमा थुनामा रहेका मोतिलाल बस्याल ऐ ऐ घर भै ऐ ऐ मा रहेका छविलाल बस्याल विरुद्ध प्रत्यर्थी/वादी : मोतीलाल बस्यालको जाहेरीले श्री ५ को सरकार वादी : मोतीलाल बस्यालको जाहेरीले श्री ५ को सरकार विरुद्ध प्रतिवादी : जि.पाल्पा दोभान गा.पं. वडा नं. ५ घर भै हाल जिल्ला प्रशासन कार्यालय कारागार शाखा पाल्पामा थुनामा रहेका मोतीलाल बस्याल ऐ ऐ घर भै ऐ ऐ मा थुनामा रहेका छविलाल बस्याल ऐ दोभान गा.पं. वडा नं. ५ बस्ने लक्ष्मी बस्याल § अदालतमा बयान गर्दा आफूले मात्र मृतकलाई कर्तव्य गरी मारेको भनी भन्न नसकेको अवस्थामा पुनरावेदन गर्दा मात्र लिएको जिकिर मनासिब नदेखिने । (प्रकरण नं. २५) पुनरावेदक तर्फबाट : x प्रत्यर्थी तर्फबाट : x अवलम्बित नजीर : x फैसला न्या. उदयराज उपाध्याय : पुनरावेदन अदालत बुटवलको फैसला उपर पर्न आएको प्रस्तुत पुनरावेदन न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) (ख) अन्तर्गत यसै अदालतको अधिकार क्षेत्रभित्रको भएकोले उक्त मुद्दाको संक्षिप्त विवरण यस प्रकार छ :– २. मिति ०४५।११।२२ गते अं. ७ बजेको समयमा बुहारी चन्द्रकला बस्याल चिउरीको रुखमा झुण्डि मरिछ । छोरा छविलाल बस्यालले नै चन्द्रकलालाई कर्तव्य गरी मारेकोमा शंका लाग्छ कानुन बमोजिम गरी पाउँ भन्ने समेत व्यहोराको मिति ०४५।११।२३ को मोतिलाल बस्यालको जाहेरी दरखास्त । ३. मृतक चन्द्रकला बस्यालको घाँटीमा वरीपरी डोरीको जस्तो डाम भएको र केही रगत जमेको देखिएको भन्ने समेत ०४५।११।२३ को घटनास्थल प्रकृति मुचुल्का । ४. चन्द्रकला बस्याललाई मैले नै नाम्लोले रुखमा झुण्ड्याई नाम्लोले घाँटी बाँधी मरेपछि फुकाई समथर ठाउँमा सुताएको हुँ भन्ने ०४५।११।२४ को बयान र मेरो बाबु मोतिलाल सौतेनी आमा लक्ष्मी बस्याल समेत हामी तीन जनाको सरसल्लाहले बाबुले गोडा समात्ने मैले घाँटी थिच्ने गरी रुखमा झुण्ड्याई मरेपछि फुकाई सुताई राखेका हौं भन्ने समेत व्यहोराको छविलाल बस्यालले प्रहरीमा गरेको ततिम्वा बयान । ५. ०४५।११।२२ गते छोरा छविलाल श्रीमती लक्ष्मी बस्याल र मेरो सरसल्लाहाले मैले चन्द्रकलाको घाँटीमा कसी छोराले समाती पिट्र्यौ त्यसपछि दुवै जनाले नाम्लो तानी घाँटी कसी मार्यौं । मरेपछि फुकाई केही पर भुँईमा सुताएका हौं भन्ने समेत ०४५।११।२९ को मोतिलाल बस्यालले प्रहरीमा गरेको बयान । ६. मोतिलाल, छविलाल र म समेत तीन जनाको सल्लाहाले बनमा छविलाल र मोतिलाल भै मारेछन् । बुहारी चन्द्रकलालाई मार्नमा सल्लाह भए तापनि मार्नमा म सहमत थिइन भन्ने समेत व्यहोराको ०४५।११।२९ को लक्ष्मी बस्यालको प्रहरीमा भएको बयान । ७. घाँटी कसिई चन्द्रकला बस्यालको मृत्यु भएको भन्ने मेडिकल अधिकृतले गरी दिएको पोष्टमार्टम रिपोर्ट । ८. अभियुक्त छविलाल बस्याल र मोतिलाल बस्यालले नै कर्तव्य गरी चन्द्रकला बस्याललाई मारेकोमा पुरा विश्वास लाग्दछ भन्ने समेत व्यहोराको ०४५।१२।८ को सर्जमीन मुचुल्का । ९. छविलाल बस्याल र मोतिलाल बस्यालले चन्द्रकलालाई कर्तव्य गरी मारी ज्यान सम्बन्धीको १ नं. विपरी