निर्णय नं. ४५७ - बाली भराई मोही पजनी गरिपाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ४५७ - बाली भराई मोही पजनी गरिपाउँ भाग: १२ साल: २०२६ महिना: बैशाख अंक: १ फैसला मिति :२०२५/०३/०८ २११० निर्णय नं. ४५७ ने.का.प. २०२६ फुल बेञ्च न्यायाधीश श्री नयनबहादुर खत्री न्यायाधीश श्री मीनबहादुर थापा न्यायाधीश श्री लोकराज जोशी ०२४ सालको दे.फु.नं. ८० पुनरावेदक : पूर्व ४ नं. थुमसिकतेल लाकुरे बस्ने शम्शेरबहादुर मगर समेत विरुद्ध विपक्षी : पूर्व ४ नं. खिकामाछा दलगाँउ बस्ने धर्मप्रसाद पाध्या मुद्दा : बाली भराई मोही पजनी गरिपाउँ (१) विशेष अदालत ऐन अनुसार सदस्यता सम्म तोकेकोमा–पुनरावेदन नलाग्ने प्रश्न नउठ्ने–भूमिसम्बन्धी ऐनबमोजिम तोकिएकोमा मात्र पुनरावेदन नलाग्ने । विशेष अदालतको अञ्चलाधीशमा सहायक अञ्चलाधीश वा सहायक अञ्चलाधीश नरहेको ठाउँमा अञ्चलाधीश भएको एक सदस्यीय वि.अ.तोकिएको छ भन्ने भई वि.अ.ऐनबमोजिम विशेष अदालतको सदस्यतामा केही हेरफेर गरिएको छ । भू.सं.ऐनबमोजिम तोकिएको देखिंदैन, तोकिएको भन्ने शब्द प्रयोग भएकोले पुनरावेदन नलाग्ने हो कि भन्ने शंका गर्नालाई विशेष अदालत ऐनबमोजिम सदस्यतासम्म तोकेकोमा पुनरावेदन नलाग्ने भन्ने प्रश्न उठ्न नसक्ने, भू.स.ऐनबमोजिम तोकिएकोमा मात्र पुनरावेदन नलाग्ने हुनाले पुनरावेदन लाग्ने । (प्रकरण नं. ८) पुनरावेदक तर्फबाट : अभिवक्ता श्री रामगोपाल श्रेष्ठ फैसला १. ज्यामिरे पुछार बगर समेत ४ ठाउँको खेत कं.रु.१६१२ मा बाबुले बन्धकी लिई भोगी आउनु भएको वहाँ परलोक भएपछि कं.रु. ५८८। थप गरी जम्मा रु.२२०० मा नैनमान मगरबाट २०१०।१।१०।४ मा राजीनामा पास गरी लिई भोगी आएको ज्यामिरे बगर जग्गामा भिमबहादुरले अधिया बाली नदिएमा झगडा पर्दा बर्ष १ को अधिया बाली मुरी १२ मलाई दिने ठहरी पूर्वाञ्चल उच्च अदालतबाट फैसला भएको छ । सो ज्यामिरे बगर भिमबहादुरले छोडे पछि २०१८ सालको बर्षे हिउँदे बाली अधियामा विपक्षी शम्शेरबहादुरलाई कमाउन दिएको सुफत अधिया दिएको २०१९ सालको बाली पाके पछि माग्दा मंसिरमा यो अधिया र मंसिरको एकैबाजी भरुंला भनी भनेकाले गाउँको मानिस अरु जग्गा पनि धेरै रोपनी गरेको छैन भनी धान भर्दा मुरी १६ भएकोले मेरा भागमा आउने मुरी ८ समेत ०१९ साल मंसिरमा लिने गरी ०१९।४।१५ गते दिएको माटो मुरी ।५ को खेत जग्गा नैनमान मगरलाई अधियामा कमाउन दिएकोमा २०१९।८।१४ गते धान दाँइ गराउन गएको मौका ऐ १५ गते शम्शेरबहादुर, तोषबहादुर, इन्द्रमायासमेत नचिनेका १५।१६जना खेताला लिई दाँइ गरी धान मुरी २० भएमा पनि मेरो भागमा मुरी १० र पराल भारी ५० मा मेरा भागको भारी २५ शम्शेर र इन्द्रमायाले लगेछन । जम्मा हिउँद बर्षा नैनमानले रोपनी गरेको अधिया समेत मुरी २३ धान खाएँ, जे गर्नुपर्छ गर दिन्न भन्ने जवाफ दिएको शम्शेरबहादुर, तोषबहादुरले रोपनी गरेको ज्यामिरे मगरबाट बर्षे मेरो भाग श्रावणमा लेगेको मुरी ८ र मंसिरको अधिया मुरी ५ समेत १३ र पराल भारी १२ नैनमानले रोपनी गरेको मेरो भाग धान मुरी १० पराल भारी २५ समेत जम्मा धान मुरी २३ को पराल भारी ३७ समेत दिए धान परालै नदिए रु.१ को पाथी ।१ का दरले रु.३७ समेत जम्मा बिगो ४९७ शम्शेरबहादुर इन्द्रमाया तोषबहादुर समेत पट्टिको समुच्चै हुनाले उक्त मेरा दावी बमोजिमको बाली बिगो पाउने हालको मोल रु.४०००। मोलिने जग्गा हुँदा बिगो विपक्षी समेतबाट दिलाई भराई मोहीयाबाट समेत हटाईपाउँ भन्नेसमेत धर्मप्रसादको फिरादपत्र । २. ढोकल राणाको पध्येरे २ ठाउँ गरी माटो मुरी ।१ जम्मै र माटो मुरी ।२ मा आधा ।१ मुरी र बाबु अर्जुन र माहिला बाबु पहलसिं दर्ता ।४ मुरीमा ।१ मुरी जम्मा ।३ मुरी माटाको जग्