निर्णय नं. ४५८ - थैली बुझाई पाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ४५८ - थैली बुझाई पाउँ भाग: १२ साल: २०२६ महिना: बैशाख अंक: १ फैसला मिति :२०२५/०३/१५ २१४५ निर्णय नं. ४५८ ने.का.प. २०२६ फुल बेञ्च प्रधान न्यायाधीश श्री भगवतीप्रसाद सिंह न्यायाधीश श्री नयनबहादुर खत्री क्षेत्री न्यायाधीश श्री लोकराज जोशी सम्वत् २०२४ सालको दे.फु.नं. ७५ निवेदक : पाँचथर सेजैपा बस्ने जयनारायण न्यौपाने विरुद्ध विपक्षी : ऐ.ऐ. बस्ने असलबहादुर तामाङ्ग मुद्दा : थैली बुझाई पाउँ (१) म्यादभित्र धरौटी राख्न पर्ने नराखेमा–म्याद नाघेको धेरै दिनपछि थैली दाखिल गर्न अड्डाले सुनाउनुपर्ने र अड्डाले सुनाएको ३५ दिनभित्र थैली धरौट राख्न ल्याए राख्न पाउनेसमेत ऐनमा व्यवस्था नभएमा–यसरी पछि धरौट दाखिल गराएको कानूनअनुरुप नहुने । प्रतिवादी परेपछि प्रतिउत्तर परेको ३५ भित्र वादीले थैली धरौट राख्नु पर्ने नराखेको सो म्याद गुज्रेको धेरै पछि त्यस्तो थैली दाखिल गर्न ल्याउनु भनी अड्डाले सुनाउनु पर्ने र अड्डाले सुनाएको ३५ दिन भित्र थैली धरौट राख्न ल्याए राख्न पाउनेसमेत ऐनमा व्यवस्था भएको नदेखिएकोले अञ्चल अदालतले आदेश गरी धरौट दाखिल गराएको कानूनअनुरुप नहुँदा त्यसप्रकार पछी धरौट राखेकोलाई मान्यता दिन मिल्ने देखिन आएन । (प्रकरण नं. १६) निवेदक तर्फबाट : अधिवक्ता श्री ठाकुरप्रसाद खरेल विपक्षी वादीतर्फबाट : अभिवक्ता श्री लक्ष्मणप्रसाद अर्याल फैसला १. प्र.प्रसादको र मसमेतको जिजु अैमानसिंको छोरा ७ भाइमा जेठा मेरो बाजे नारायण प्रसादको बाजे साहिंला धनराज हुन् । ५० साल जाँचपछि चरंध्वोज जिम्मा रु.२।१२ काँईला बाजेको छोरा कुलमान तामाङ्गका नाउँमा दर्ता भएको रु.१। लाग्ने घर सहितको रैकर बारी र पछि बिराएको रैकर खेत समेतको कित्ता १ को रु. १।१३ लाग्ने रैकर बारी र पछि बिराएको रैकर खेत समेतको कित्ता १ समेत कित्ता २ दर्तावाला छउन्जेल निजले र निज मर्दा प्रसादको बाजे धनराजले भोगी आएको निजको छोरासमेत मरेबाट अन्यायको जय नारायणप्रसादसमेत मिली हामी हकवालालाई थाहा नदिई २०२०।६।२८ गते प्रसाद दिने जय नारायण लिने भई इलाका मालमा राजीनामा गरी लिए दिए छन् । २०।८।२ गते सुनेबाट गई के कति थैली हो ? निखनी लिन्छु भन्दा थैली नबताई निखन्न दिन्न भनेकोले म्याद भित्र फिराद गर्न आएको छु । थैली यति हो भन्ने टुड्डो नभएकोले राजीनामा दाखिल गरेका बखत ऐनको म्यादभित्र दाखिल गर्ने छु । सो जग्गा निखनाई निजकको हकदार हुँदा निखन्न पाउँ भन्ने २०२०।८।२५।४ को फिराद । २. प्रसादको बाजे धनराजको पालादेखि नै बन्धकीमा लिई भोगी आएको अघिको बन्धकी थैलीमा थप बढसमेत लिई प्रतिवादी प्रसाद तामाङ्गले २०।६।२७ गते रु.१००८०। मा राजीनामा लेखिदिएबाट ऐ २८ गते पास भएको हो । वादीको एकाघरको बाबु प्रमान सिंले ०२०।७।१९ मा इलाम मालबाट राजीनामा नक्कल समेत सारी लिएको २०२०।८।२५ मा मात्र वादीले फिराद दायर गरेकोले लेनदेन व्यवहारको ११ नं. को म्याद भित्र नपरेको हुँदा खारेज गरिपाउँ भन्नेसमेत जयनारानको प्रतिवादी । ३. प्रसाद तामाङ्गले प्रतिवादी नदिई म्याद गुजारेको । ४. प्रमान सिंले ०२०।७।१९ गते राजीनामा नक्कल सारी लगेको भनी इलाम मालले जवाफ दिएको र बाबुसँग १० सालमा छुट्टिएको बण्डापत्र पास नभएको भन्ने वादीको बहस भएको, पास नभएको बण्डापत्र सदर नहुने, लेनदेन व्यवहारको ११ नं. ले घरको मुख्यले थाहा पाएपछि सगोलकाले थाहा पाएको ठहर्ने, थाहा पाएको ३५ दिन भित्र उजूर नगरी हदम्याद गुजारी ३७ दिनका दिन फिराद दर्ता भएको देखिनाले लेनदेन व्यवहारको ११।१६ नं. अनुसार खारेज हुने ठहर्छ