निर्णय नं. ६०७९ - उत्प्रेषण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ६०७९ - उत्प्रेषण भाग: ३७ साल: २०५२ महिना: माघ अंक: १० फैसला मिति :२०५२/०९/२० २५८२ निर्णय नं. ६०७९ ने.का.प. २०५२ अङ्क १० विशेष इजलास सम्माननीय प्रधान न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह माननीय न्यायाधीश श्री नरेन्द्रबहादुर न्यौपाने सम्वत् २०५१ सालको रि.नं. २९२४ आदेश मिति : २०५२।९।२०।५ विषय : उत्प्रेषण । निवेदक : चितवन जिल्ला शिवनगर गाउँ विकास समितिको अध्यक्ष टंकनाथ पौडेल विरुद्ध विपक्षी : श्री ५ को सरकार, मन्त्रिपरिषद सचिवालय, सिंहदरबार काठमाडौं श्री ५ को सरकार, स्थानीय विकास मन्त्रालय, श्रीमहल, पुल्चोक । स्थानीय विकास अधिकारी, जिल्ला विकास समितिको कार्यालय, चितवन भरतपुर । § आफ्नो गाउँ आफैं बनाऔं कार्यक्रम कार्यान्वयन निर्देशिका, २०५१ हेर्दा गाउँ विकास समिति को २०४८ को दफा १९ को उपदफा (२) को खण्ड (क) अन्तर्गत श्री ५ को सरकारले गाउँ विकास समितिलाई प्रदान गरेको अनुदान रकम, गाउँ विकास समिति (कार्य व्यवस्था) नियमावली, २०५० को नियम ७२ को खण्ड (क) बमोजिम खर्च गर्ने सम्बन्धमा श्री ५ को सरकारले तयार गरेको आफ्नो गाउँ आफैं बनाऔं कार्यक्रम निर्देशिका, २०५१ जारी गरेको छ भन्ने व्यहोरा उल्लेख गरी निर्देशिका जारी पाइयो । गाउँ विकास समिति ऐन, २०४८ को दफा २९ को उपदफा (२) को खण्ड (क) को व्यवस्था हेर्दा श्री ५ को सरकार वा जिल्ला विकास समितिबाट तोकिए बमोजिम प्राप्त नगद तथा वस्तुगत अनुदानको रकमसम्म मात्र उल्लेख भएको पाइन्छ । गाउँ विकास समितिको २०४८ को दफा २९ को उपदफा (२) को खण्ड (क) तथा गाउँ विकास (कार्य व्यवस्था) नियमावली, २०५० को नियम ७२(क) ले श्री ५ को सरकारलाई निर्देशिका बनाई लागू गर्न पाउने अधिकार प्रदान गरेको देखिंदैन । तसर्थ गाउँ विकास समिति ऐन, २०४८ को दफा २९ को उपदफा (२)(क) तथा गाउँ विकास (कार्य व्यवस्था) नियमावली, २०५० अन्तर्गत प्रस्तुत निर्देशिका बनेको देखिन आएको तर उपरोक्त ऐन तथा नियमावली अन्तर्गत यस्तो निर्देशिकाको कुनै अस्तित्व नै देखिन नआएकोले आफ्नो गाउँ आफै बनाउँ कार्यक्रम कार्यान्वयन निर्देशिका, २०५१ निस्कृय र अमान्य हुने । (प्रकरण नं. ८) निवेदक तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी प्रत्यर्थी तर्फबाट : x अवलम्बित नजीर : x आदेश प्र.न्या.सुरेन्द्रप्रसाद सिंह : नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३ र धारा ८८ अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त व्यहोरा यस प्रकार छ :– २. श्री ५ को सरकारले गाउँ विकास समिति ऐन, २०४८ को दफा ३९ को उपदफा (२) को खण्ड (क) अन्तर्गत श्री ५ को सरकारले गाउँ विकास समितिलाई प्रदान गरेको अनुमान रकम गाउँ विकास समिति (कार्य व्यवस्था) नियमावली, २०५० को नियम ७२ को खण्ड (क) बमोजिम खर्च गर्ने सम्बन्धमा श्री ५ को सरकारले तयार गरेको “आफ्नो गाउँ आफैं बनाऔं कार्यक्रम निर्देशिका २०५१ जारी गरेको छ आफ्नो गाउँ आफैं बनाऔं कार्यक्रम निर्देशिका २०५१ गैरकानुनी एवं अनाधिकृत छ । गाउँ विकास समिति ऐन, २०४८ को दफा २०, २१, २२, २४, २५, २६, २७, २८, २९, ३०, ३९ र गाउँ विकास समिति (कार्य व्यवस्था) नियमावली, २०५० को नियम ७६, ७७, ७८, ७९, ८१, ८५, ८६, ८७, ८९, ९० ले गाउँ विकास समितिले र अध्यक्षलाई योजना तर्जुमा र कार्यान्वयन सम्बन्धमा प्रदत्त हक अधिकार र कार्यविधिको विपरीत विपक्ष श्री ५ को सरकारले गरी बनाएको तथाकथित आफ्नो गाउँ आफैं बनाऔं भन्ने निर्देशिका, २०५१ ले योजना तर्जुमा र कार्यान्वयनको सम्बन्धमा