निर्णय नं. ४५९ - अंश

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ४५९ - अंश भाग: १२ साल: २०२६ महिना: बैशाख अंक: १ फैसला मिति :२०२५/०५/१२ २३४४ निर्णय नं. ४५९ ने.का.प. २०२६ फुल बेञ्च प्रधान न्यायाधीश श्री भगवतीप्रसाद सिंह न्यायाधीश श्री मीनबहादुर थापा न्यायाधीश श्री हेरम्बराज सम्वत् २०२५ सालको देवानी फु.नम्बर ८२ निवेदक : पूर्व ४ नं. खिकामाछा बितलव बस्ने मीनबहादुर कार्की क्षेत्री विरुद्ध विपक्षी : ऐ ऐ बस्ने डिल्लीध्वज कार्की क्षेत्री मुद्दा : अंश (१) बण्डा भइसकेको–पछि अंश जोडिएको भन्ने दावी भएमा र प्रतिवादीले “यती मात्रै जोडिएको” भन्ने जिकिर लिएकोमा सो को सबूद प्रमाण गुजार्न नसके–अंश जोडिएकै मान्नु पर्ने । केही लर लगानी र मधेश बौका चापको जग्गासम्म एकैठाउँमा राखी व्यवहार गर्ने गरेको हो । फेरि अंश जोडिएको सगोलमा बसी आएको होइन भन्ने प्रतिवादीको जिकिर भए पनि त्यतीमात्र एकैठाँउमा राखी व्यवहार गर्ने कुराको लिखत सबूद कुनै दिनसकेको देखिन आएन । निज प्रतिवादी मीनबहादुरले कुमारजित जमिसंगको नासो धरौट अन्न भराइपाउँ भन्ने मुद्दामा वादीलाई वारेस राख्दा २०१५।७।१७।१ को वारेसनामामा एकाघरको भाइ भन्ने लेखिएकोमा निज प्रतिवादीले कुनै बिरोध गर्न नसकेको र २०१८।३।१७।७ जो बण्डापत्रमा १२ सालको बण्डापत्रबाट प्रतिवादीको भागमा परेको सित्रिबोटे खेत खोलो लागी नोक्सानी पर्दा त्यसको सट्टा वादीको बण्डाबाट पाउने उल्लेख भएको सवै अंश मिसाई सगोलमा बसेको नभए त्यस किसिमसँग सट्टा भर्ना दिन पाउने कुरा उठन नसक्नेसमेत हुँदा १२ सालमा बण्डा भएपछि पनि वादी प्रतिवादी २ भाइ अंश मिसाई मानु जोडिएका घर सगोलमा बसी आएको प्रमाणित हुन्छ । (प्रकरण नं. ११) (२) मानु छुट्टिएको रीतपूर्वक लिखत सबूद नभएमा नालेस परेको अघिल्लो दिन कायम हुने । अब अंशबण्डा गरी दिनलाई मानु छुट्टिएको मिति कुन कायम हुने हो भन्नेतर्फ मानु छुट्टिएको ऐनबमोजिम रीतपूर्वक लिखत सबूद नभएकोले प्रस्तुत नालेस परेको २०१८।६।१६।२ को अघिल्लो दिन ऐ.१५ गते कायमहुने । (प्रकरण नं. ११) वादी तर्फबाट : अभिवक्ता श्री ठाकुरप्रसाद खरेल फैसला १. रविध्वज कार्कीका हामी ५ भाइ छोराहरू २०१२ सालमा भिन्न हुँदा काहिंला बर्णबहादुर कान्छा शेरबहादुरको भाग माहिला चन्द्रबहादुरको जिम्मा भई दाजु मीनबहादुर र म साहिंलो डिल्लीध्वजले हामीले जिम्मा लिई हामी २ भाइ सगोलमा बसी दाजु मुख्य भई घरको दामकाम गरी आएको हाल हाम्रो जो भएको खति उपति बराबर गरी बण्डा गरौं भनी २०१८।३।१७ मा बाँडफाँड गर्दा मधेश पहाडका सवै जग्गा बराबर गरी बाँफाँड गर्नु पर्नेमा सो बमोजिम नगरी अंशमा सोह्रैआना ठगी जालसाज गरी दिन पर्ने अंश नदिई दवाई छपाई अंशमा मार्का पारी बण्डापत्र गरेकाले नालेस गर्न आएको छु । तायादाती फाँट लिई बराबर अंश गरिपाउँ भन्नेसमेत वादी । २. २०१२ सालमा अंशबण्डा गरी छुट्टिएपछि वादी र म एकाघर सगोलमा बसी व्यवहार गरेको होइन केही लर लगानी र मधेश बौकाचापको जग्गासम्म एकै ठाँउमा राखी व्यवहार गर्ने गरेको सो पनि हिसाब मिलाई २०१८।३।१७ मा लिखत खडा गरी १।१ प्रति लिने गरेको प्रष्टैछ । अंश लिई भिन्न भइसकेपछि मैले आर्जेको धनमाल वादीको दावा नपुग्ने हुँदा वादी दावा झुठ्ठा हो भन्नेसमेत प्रतिवादी । ३. बुझिएसम्मका प्रमाणबाट २०१८ सालको बण्डामा ४ बिगाहा प्रतिवादीले बढी लिएको एकाघर बसेको अवस्थाको खति सगोलकै हुनाले सो प्रतिवादीले ४ बिगाहा बढी लिने भनेकोमा पनि वादी र प्रतिवादीले २।२ विगाहाका दरले बण्डा हुनुपर्ने, २०१२ सालको बण्डा र हाल प्रतिवादीले दिएको तायदाती भिडाउँदा २०१८।३।१७ सम्