निर्णय नं. ६०८० - उत्प्रेषण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ६०८० - उत्प्रेषण भाग: ३७ साल: २०५२ महिना: माघ अंक: १० फैसला मिति :२०५२/०८/२१ २८२० निर्णय नं. ६०८० ने.का.प. २०५२ अङ्क १० विशेष इजलास माननीय न्यायाधीश श्री मोहनप्रसाद शर्मा माननीय न्यायाधीश श्री कृष्णजंग रायमाझी माननीय न्यायाधीश श्री गोविन्दबहादुर श्रेष्ठ सम्वत् २०५१ सालको रि.नं. ३६०७ आदेश मिति : २०५२।८।२१।५ विषय : उत्प्रेषण । निवेदक : धनुषा जिल्ला लोटना गा.वि.स. वडा नं. ४ बस्ने वर्ष ४७ को अवधेशकुमार ठाकुर विरुद्ध विपक्षी : नेपाल विद्युत प्राधिकरण रत्नपार्क, काठमाडौं संचालक समिति, नेपाल विद्युत प्राधिकरण । § निवेदकले नेपाल विद्युत प्राधिकरण कर्मचारी सेवा शर्त विनियमावली, २०४२ (संशोधन सहित) को दफा ८(१)(५) नेपाल अधिराज्यको संविधान, २०४७ को धारा ११,१२(२)(ङ) र ने.वि.प्रा. ऐन, २०४१ को दफा ३५ संग बाझिएकोले अमान्य घोषित गरी पाउँ भन्ने जिकिर लिएको देखिन्छ। यस्तै प्रश्न समावेश भएको रिट नं. ३३६५ निवेदक मोहनबहादुर श्रेष्ठ वि. नेपाल विद्युत प्राधिकरण समेत भएको उत्प्रेषणको निवेदनमा यसै अदालत विशेष इजलासबाट नेपाल विद्युत प्राधिकरण कर्मचारी सेवा सर्त विनियमावलीको विनियम ८(१)(५) को व्यवस्था अमान्य नहुने भनी बोलिइसकेको र त्योसंग असहमत हुने स्थिति नदेखि“दा विनियम ८(१)(५) को व्यवस्था संविधान एवं नेपाल विद्युत प्राधिकरण ऐनसंग बाझिएको भनी मान्न मिल्ने नदेखिने । (प्रकरण नं. ६) § निवेदकलाई विपक्ष नेपाल विद्युत प्राधिकरण समेतबाट ०४९।८।१२ गतेको नेपाल विद्युत प्राधिकरण संचालक समितिको निर्णयानुसार ०४९।८।१३ देखि लागू हुने गरी अवकाश दिएको देखिन्छ । निवेदकलाई अवकाश दिने गरेको मिति ०४९।८।१२ को निर्णय बदर गराई माग्न नेपाल अधिराज्यको संविधान, २०४७ को धारा ८८(२) बमोजिम ०५१।३।१ मा मात्र असाधारण अधिकार क्षेत्र गुहार्न आएको देखियो । यसरी निवेदक करीव १९ महीना विलम्ब गरी आउन परेको मनासिब कारण निवेदनमा उल्लेख गर्न सकेको देखिएन । प्रस्तुत रिटनिवेदन अनुचित विलम्ब गरी आएको समेत देखिंदा रिटनिवेदन खारेज हुने । (प्रकरण नं. ७) निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री शम्भु थापा विपक्षी तर्फबाट : विद्वान अधिवक्ता श्री प्रकाश राउत अवलम्बित नजीर : x आदेश न्या.कृष्णजंग रायमाझी : नेपाल अधिराज्यको संविधान, २०४७ धारा २३ एवं ८८ अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त व्यहोरा यस प्रकार छ :– २. म निवेदक २०२६ साल चैत्र ३१ मा विद्युत विभाग सानो जल विद्युत योजना धनकुटामा असिष्टेण्ट इन्जिनियरको पदमा अस्थायी नियुक्ति भई २०२९।२।२७ मा नेपाल विद्युत कर्पोरेशन त्रिशुली जल विद्युत केन्द्रमा स्थायी नियुक्ति भई प्रचलित नियम कानुन बमोजिम एक कर्तव्य निष्ट कर्मचारीको रुपमा सेवा गर्दै आई रहेको अवस्था प्रत्यर्थी संचालक समितिको निर्णयबाट २०४९।८।१२ को पत्रबाट निवेदकलाई अवकाश दिइयो । प्रत्यर्थीले मलाई अवकाश दिने सम्बन्ध बनाएको कानुन र त्यस समयमा गरेको निर्णय बदरभागी छ । नेपाल अधिराज्यको संविधान, २०४७ को धारा १२(२)(ङ) बमोजिम पेश गर्न पाउने मेरो पक्षको मौलिक हक भएकोमा सो हकलाई अनुचित रुपबाट बन्देज लगाई नियन्त्रण हुने किसिमबाट नेपाल विद्युत प्राधिकरण उेन, २०४१ को दफा ३५ को अधिकार प्रयोग गरी मूल ऐनमा नै स्वेच्छाचारी हुने गरी कानुन निर्माण गरी मिति २०४९।२।२ गतेमा प्रत्यर्थी प्राधिकरणले विनियममा गरेको थप संशोधनबाट लागू गरेको दफा ८(१)(५) थप संशोधन अनुचितपूर्ण रहेको र नेपाल विद्युत प्राधिकरण ऐन, २०४१ सँग बाझिन गएको हुनाले नेपा