निर्णय नं. ४६० - अंशदपोट
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ४६० - अंशदपोट भाग: १२ साल: २०२६ महिना: बैशाख अंक: १ फैसला मिति :२०२५/०५/१२ २१६१ निर्णय नं. ४६० ने.का.प. २०२६ फुल बेञ्च प्रधान न्यायाधीश श्री भगवतीप्रसादसिंह न्यायाधीश श्री रत्नबहादुर बिष्ट न्यायाधीश श्री हेरम्बराज २०२४ सालको दे.फु.नं. ४९ निवेदक : का.ई. कालिमाटी बस्ने मचानानी जोशीनी समेत विरुद्ध विपक्षी : चि.इ.टिष्टुङ पालुङ कृष्णखाल बस्ने मैया जोशीनी मुद्दा : अंशदपोट (१) तारिख गुजारी थमाउने म्याद बाँकी नभएमा–अ.बं. ५५ नं. बमोजिम कारवाई गर्न नपर्ने । तारिखमा दोश्रोपटक पारी गुजारेको अब थमाउने म्याद समेत बाँकी नदेखिनाले अ.बं.५५ नं. बमोजिम केही कारवाही गर्न परेन । (प्रकरण नं. ११) फैसला १. जेठाजु राधाकृष्णको र मेरो २०१०।२।२३ गते का.पो.र. मार्फत अंशबण्डा पास भएको सो बण्डापत्रमा अरु बण्डा गर्नुपर्ने केही छैन भए पत्ता लगाउनेले एकलौटी खानु भन्ने लेखिएको छ । निज जेठाजुकी स्वास्नी सन्तकुमारीका नाउँमा दर्ता भएको डुवु खेत कित्ता १ लाए कुवु खेत १ ठपनारायणसमेतका नाउँमा दर्ता भएको गणेश गुठीको निज जेठाजु मोही भई कमाएको गुठी जग्गा १ कालिमाटी ताहाचलको घर १ समेत दवाए छपाएको पत्ता लगाई नालेस गर्न आएको छु । एकलौटी मेरो हक गरिपाउँ भन्ने वादी । २. दावीको जग्गा मलाई चाहिदैन भनी अंश नलिई छोडेकी हुँ, धर्म व्यवहारबाट काम चल्ने भएकोले मञ्जुर कागज नभएको हो । स्वास्नी सन्तकुमारीका नाउँमा पेवा गरी मोहीया दर्ता गरिदिएको दान दातव्यको ४ र ४ (क) नं. ले आफु खुस गर्न पाउने पेवाको जग्गा भएकोले उजूर लाग्न नसक्ने भन्नेसमेत प्रतिवादी । ३. सो जग्गा सगोलको आर्जन भन्ने प्रतिवादी सावित छन् । लिखत बेगर मौखिक धर्म व्यवहारलाई मान्यता दिने कानूनी व्यवस्था देखिंदैन । वादी दावीको ४ कित्ता बण्डा गरेको नदेखिएको र अंशियारको जिउ छँदै उजूर परेकोले बण्डा गरिदिनुपर्ने गरीनदिइ छिपाएको वादीले एकलौटी खान पाउने ठहर्छ भन्नेसमेत चिसापानी इ.अ. को फैसला । ४. हामीहरूले असत गरी अंशदपोट गरी खाएको कतैबाट देखिन आउँदैन । रघुरामभक्तलाई ११ सालमा राजीनामा गरिदिएको २ कित्ता जग्गासमेत अंशदपोट ठहराई वेइन्साफ भएकाले इन्साफमा चित्त बुझेन भन्नेसमेत प्रतिवादीहरूको पुनरावेदन । ५. यस मुद्दामा सन्तकुमारीको साहू जो रघुरामभक्त पेट बोलिबाट बुझाउनु पर्ने हो निजै रघुराम भक्तले यसै साथ रहे परेको जालसाजी मुद्दामा आफ्नो भएको सवै सबूद प्रमाण खुलाई प्रतिवादी दिन नपाएकोले नबुझी किनारा गर्न नहुने भन्ने जिकिर पुग्न नसक्ने र धर्म व्यवहारबाट भएको सत्य कुरालाई मान्यता दिएन भन्ने पुनरावेदन जिकिर भएकोमा केही प्रमाण बेगर धर्म व्यवहारको कुरालाई मान्यता दिन कानूनले नमिल्ने । सन्तकुमारीको एकलौटी हकको जग्गा हो भन्ने कुराको सबूद प्रतिवादीहरूले गुजार्न नसकेका समेतबाट इन्साफ सुरुको मुनासिव ठहर्छ भन्ने तत्कालिन काठमाडांै जि.अ.पहिलाको २०।५।१०।२ को फैसला । ६. खास मेरी जेठी स्वास्नी सन्तकुमारीको नाउँमा दर्ता भई दाईजो पेवा भएको रघुराम भक्तलाई बेचेको जग्गासमेत अंशदपोट ठहराई अन्यायपूर्ण फैसला भएकाले इन्साफमा चित्त बुझेन भन्ने प्रतिवादी राधाकृष्णको पुनरावेदन । ७. सन्तकुमारीको दाइजो पेवा भन्ने तर्फ दाइजो पेवाको सबूदको केही नभएको र धर्म व्यवहारबाट काम चल्ने भएकोले लिखत नभएको भन्ने प्रतिवादी जिकिरको कुरा कानूनले प्रामाणिक हुन नसक्ने हुनाले समेत दपोट ठहराई वादीको एकलोटी हक हुने ठहराएको सुरुको सदर गरी का.जि.अ.पै.ले छिनेको इन्साफ मनासिव ठहर्छ भन्ने डिभिजन बेञ्चको २०२१।