निर्णय नं. ६०८१ - उत्प्रेषण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ६०८१ - उत्प्रेषण भाग: ३७ साल: २०५२ महिना: माघ अंक: १० फैसला मिति :२०५२/०८/१४ २३९४ निर्णय नं. ६०८१ ने.का.प. २०५२ अङ्क १० विशेष इजलास माननीय न्यायाधीश श्री केशवप्रसाद उपाध्याय माननीय न्यायाधीश श्री कृष्णजंग रायमाझी माननीय न्यायाधीश श्री अरविन्दनाथ आचार्य सम्वत् २०५१ सालको रि.नं. ३६४१ आदेश मिति : २०५२।८।१४।५ विषय : उत्प्रेषण । निवेदक : का.जि.का.न.पा. वडा नं. ३१ चारवुर्जा बस्ने वर्ष ५१ को सुरेन्द्रराज द्विवेदी विरुद्ध विपक्षी : सञ्चालक समिति, गोरखापत्र संस्थान, काठमाडौं नेपाल महाप्रबन्धक, गोरखापत्र संस्थान । § विनियमावलीको विनियम ९.१(१) को व्यवस्था संविधानको धारा ११(१) तथा धारा १२(२)(ङ) संग बाझियो भन्नु नै पर्याप्त हुँदैन । संवैधानिक व्यवस्थासंग बाझिएको आधारहरु प्रष्ट रुपमा खुलाउनु पर्दछ, बाझिएका आधारहरु वस्तुनिष्ठ हुनु पर्ने । (प्रकरण नं. ७) § नेपाल अधिराज्यको संविधान, २०४७ को धारा ८८(१) बमोजिम अमान्य हुनका लागि गोरखापत्र संस्थानको कर्मचारी सेवा शर्त विनियमावली, ०४७ को विनियम संविधानसंग बाझिएको हुनु पर्यो वा त्यसले संविधान प्रदत्त मौलिक हकमा अनुचित बन्देज लगाएको हुनुपर्ने । (प्रकरण नं. ७) § दुई वर्ष थप्ने वा नथप्ने कुरा संस्थानको स्वविवेकको कुरा हो । संस्थानको आवश्यकतालाई हेरी अनिवार्य अवकाश पाइसकेका कर्मचारी मध्ये दुई वर्ष थप्ने वा नथप्ने निर्णय गर्ने स्वविवेक अधिकार गोरखापत्र संस्थानलाई भएको देखिने । (प्रकरण नं. ७) निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री पन्नामान तुलाधर विपक्षी तर्फबाट : विद्वान अधिवक्ता श्री अग्नि खरेल अवलम्बित नजीर : x आदेश न्या.कृष्णजंग रायमाझी : नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३ र धारा ८८ अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त व्यहोरा यस प्रकार छ :– २. निवेदक मिति २०२१।१।१ मा खुला प्रतियोगिताबाट पु्रफ रिडर पदमा नियुक्त पाई विभिन्न मिति र समयमा विभिन्न पदमा प्रेमोशन भई ०४७।५।२३ मा दशौं तहको गोरखापत्रको नायब प्रधान सम्पादक पदमा बढुवा भई आफ्नो बुद्धि र विवेकले भ्याएसम्म इमान्दारी र बफादारी पूर्वक सेवा गरी आएकोमा अचानक तपाईको सेवा अवधि मिति ०५०।१२।३१ मा ३० वर्ष पुरा हुने भएकोले संचालक समितिको मिति ०५०।१२।३० को निर्णय अनुसार गोरखापत्र संस्थान कर्मचारी सेवा शर्त विनियमावली, ०४७ परिच्छेद ९ को विनियम ९.१(१) अनुसार ३० वर्ष सेवा अवधि पुरा गरेपछि अनिवार्य अवकाश हुने हुँदा सो अनुसार मिति ०५१।१।१ देखि अनिवार्य अवकाश दिएको छ भनी अवकाश दिइयो । निवेदकलाई अवकाश दिने निर्णय तथा गोरखापत्र संस्थान कर्मचारी सेवा शर्त नियमावली, ०४७ को विनियम ९.१(१) गैर संवैधानिक एवं प्रचलित कानुन विपरीत त्रुटिपूर्ण समेत छ । निवेदकले गोरखापत्र संस्थानको सेवामा प्रवेश गर्दा बहाल रहेको तत्कालिन विनियमावलीमा ६३ वर्षको उमेर पुरा भएपछि नोकरीबाट अवकाश दिइने व्यवस्था थियो र सोही व्यवस्थालाई स्वीकार गरी निवेदक गोरखापत्र संस्थानको सेवामा प्रवेश गरेको हो । निवेदकको साविक नेपाल कानुनले प्राप्त गरेको हक हित र सुविधामा प्रतिकुल असर पर्ने गरी निवेदकको हकमा विनियमावलीको विनियम ९.१(१) लाई भूतलक्षी प्रभाव दिई प्रयोग गरी निवेदकलाई सेवाबाट अवकाश दिएको विपक्षहरुको काम कारवाही निर्णय पूर्णत गोरखापत्र संस्थान कर्मचारी सेवा शर्त विनियमावली, ०४७ को विनियम ९.१(१)ं को विपरीत हुनुको साथै नेपाल अधिराज्यको संविधान, २०४७ को धारा ११(१) द्वारा प्रदत्त समानताको हक र १२(२)(ङ) द्व