निर्णय नं. ४६१ - बाली

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ४६१ - बाली भाग: १२ साल: २०२६ महिना: बैशाख अंक: १ फैसला मिति :२०२५/०५/१५ २०४६ निर्णय नं. ४६१ ने.का.प. २०२६ फुल बेञ्च प्रधान न्यायाधीश श्री भगवतीप्रसाद सिंह न्यायाधीश नयनबहादुर खत्री न्यायाधीश श्री मीनबहादुर थापा २०२४ सालको दे.फु.नं. ७० निवेदक : भ.पु.इ. कटुन्जे बस्ने बुद्धिलक्ष्मी खत्रीनी विरुद्ध विपक्षी : ऐ बस्ने पद्मप्रसाद गोतामे मुद्दा : बाली (१) भोगबन्धकी तथा राजीनामामा उल्लेखित जग्गा मिलेमा–रजिष्ट्रेशन मार्फत पतिले गरेको तमसुक मुताविक पतिको मृत्यु पछि पत्निले तिर्न पर्ने रुपैया पत्नि गरेको राजीनामा वापतको महलमा जनिएमा–भोगबन्धकी भन्ने जिकिरमा अरु शंका गरिरहन नपर्ने । उक्त भोगबन्धकी र राजीनामा लेखिएको जग्गा मिल्न आएको र सो राजीनामा वापतको महलमा मेरो लोग्ने बाबुराम खत्रीले यसै रजिष्ट्रशन मार्फत ८२।९।१५।६ मा गरिदिएको तमसुकबमोजिम निज लोग्ने मरी मैले तिर्नु पर्ने रु.१२०। भन्नेसमेत जनिएको पनि देखिन आएको समेत हुँदा भोग बन्धकी भन्ने निवेदकको जिकिर तर्फ अरु शंका गरिरहनु परेन । (प्रकरण नं. ९) (२) कुत अंकमा दुई पक्षको मुख नमिलेमा–कुतको कबुलियत पेश नभए समेतमा सँधियार बुझी उब्जनीबाट कुतको अड्ढ कायम गरी भराउने भन्ने पहिलो डिभिजन बेञ्चको इन्साफ मनासिव हुने । २०१३।१४।१५ सालको कूत बाली दिलाई पाउँ भन्ने वादीको मुख्य दावी भएकोमा कूत अंकमा घटी बढी भन्ने भई दुइपक्षको मुख नमिलेको र कूतको कबुलियतसमेतको लिखत सबूद पेश हुन नआएको समेत यस स्थितिमा सँधियारहरू बुझी उब्जनीबाट कूतको अंक कायम गरी भराउने गरेतर्फ निवेदक प्रतिवादीको हाल कुनै जिकिर नभएकोसमेत हुँदा २०२२।४।२९।६ मा डिभिजन बेञ्चले छिनेको इन्साफ मुनासिवै छ । (प्रकरण नं. ९) वादी तर्फबाट : कालीकाप्रसाद फैसला १. मेरो बाबु हिराप्रसादले मुक्तिनाथसँग फार्छे गरी लिएको पा.बं. लगत फाँटमा १५७ नं. मा दर्ता रहेको कुश बिर्ता १४ नं. सुवर्णपुर न.नं. २०७२ को ३।= र बढ रैकर भ.पु. मालमा तिरो गर्नुपर्ने १४ नं. सुवर्णपुर २०७० को पाखा दोश्रो रोपनी ।। र बुद्ध लक्ष्मीसँग राजीनामा गरी लिएको भ.पु. मालमा तिरो तिर्नुपर्ने १४ नं. सुवर्णपुर न.नं. १३५६ को २।।। न.नं. १५२४ को ।४। समेत ३= समेत घर जग्गा बाबुका नाउँमा दर्ता रही अन्यायहरूका लोग्ने, बाबु बाबुरामको पालादेखि सरकारमा तिर्नुपर्ने समेत गरी धान ११।१३।६ गहुँ १।९।४ मकै ।४ बुझाउने मुख जमानबाट निज बाबुराम छउन्जेल निजले र निजका शेषपछि अन्यायवालाहरूले कमाई १२ सालसम्म बुझाई आएको १३।१४।१५ साल वर्षा ३ को बाँकी गरी नबुझाएकोले धान मुरी १। को रु.३५ ले र गहुँ मुरी १ को रु.४० मकै रु.१ को ।३।५ ले हुने जम्मा रु.१४३१।६१ अन्यायहरूबाट बराबर दरले दिलाई घर जग्गा आफु खुस गर्न पाउँ भन्नेसमेत वादी । २. वादीका भनाइबमोजिम कूत तिर्ने गरेको नभई सालको धान ६। गहुँ ६। मकै २ तिर्ने गरी आएको १५ सालसम्म तिरेको छु । बाँकी छैन । जग्गा घरबाट उठाउन झुठ्ठा उजूर गरेको हो भन्नेसमेत २ जनाको एउटै प्रतिवादी । ३. वादी दावीबमोजिम कूत लिने कबुलियत समेत कुनै लिखत प्रमाण वादीले दिन नसकेको भई प्रतिवादीहरूको भनाइबमोजिम कूत कायम गर्न नहुने भई प्रतिवादीहरूका भनाई बमोजिम सालको धान ६। गहुँ ६। मकै २ कूत कायम गर्न मुनासिव हुन आउने, १५ सालसम्मको बुझाई सकेकोछु भन्ने पनि तिरो बुझाएको रसिद दाखिल गर्न नसकेकाले तिरेको ठहर्न नसक्ने भई १३।१४।१५। सालको कूत बाँकी ठहर्छ । घर जग्गा आफू खुस गर्न पाउदैन भनी वादीलाई सुनाई दिने ठहर्छ भन्नेसमेत भक्तपुर अदालतको २०१६।