निर्णय नं. ८६४५ - उत्प्रेषणयुक्त परमादेश

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ८६४५ - उत्प्रेषणयुक्त परमादेश भाग: ५३ साल: २०६८ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०६८/०५/०१ ४७५० ने.का.प. २०६८, अङ्क ७ निर्णय नं.८६४५ सर्वोच्च अदालत, विशेष इजलास माननीय न्यायाधीश श्री प्रेम शर्मा माननीय न्यायाधीश श्री गिरीश चन्द्र लाल माननीय न्यायाधीश प्रा.डा.श्री भरतबहादुर कार्की रि.नं. २०६७–WS– ००२० आदेश मितिः २०६८।५।१।५ विषयः– उत्प्रेषणयुक्त परमादेश समेत । निवेदक : जि. सर्लाही, गौरीशंकर गा.वि.स. वडा नं. ५ बस्ने अधिवक्ता सुनील रञ्जन सिंह विरुद्ध विपक्षी : प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय समेत § राज्यको तर्फबाट आयोजना हुने औपचारिक समारोह, उत्सव, वा चाड पर्वहरूमा उपस्थित हुनुपर्ने पदाधिकारी वा व्यक्तिको पहिचान तथा त्यस्तो समारोह वा पर्वहरूको मर्यादाको लागि पनि राज्यले निश्चित् प्रकारको पोशाक निर्धारण गर्नसक्ने नै हुन्छ । त्यस्तो विशेष समारोहका लागि निर्धारण गरिएको पोशाकलाई सर्वसाधारण सबै नेपाली नागरिकहरूका लागि अनिवार्य रुपले लगाउनु पर्ने प्रकृतिको पोशाक भनी अर्थ गर्न नमिल्ने । § विभूषण पाएका निजामती सेवा, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीबलका पदाधिकारी र विभूषण पाएका अन्य व्यक्तिहरूले राज्यको तर्फबाट आयोजना हुने समारोह, उत्सव वा पर्वहरूमा उपस्थित हुँदा के कस्तो पोशाक वा विभूषण लगाउने भन्ने सम्बन्धमा सम्बन्धित पदाधिकारी र व्यक्तिलाई जानकारी गराएको विषयले सर्वसाधारण नागरिक वा कुनै सर्वसाधारण जनसमुदायलाई प्रभाव वा असर पार्ने अवस्था नै नरहने हुँदा यस्तो विषय सार्वजनिक हक वा सरोकारको विषयको रुपमा यस अदालतको असाधारण न्यायिक प्रक्रियाअन्तर्गत समावेश हुने भनी मान्न नमिल्ने । (प्रकरण नं.६) § प्रत्यायोजित विधायिकी अधिकारअन्तर्गत नेपाल सरकारले बनाएको विभूषण नियमावली, २०६५ को नियम ३८ को व्यवस्था नेपालको अन्तरिम संविधान, २०६३ को धारा १३ तथा धारा १७ को उपधारा (३) समेतको विपरीत भन्दै प्रस्तुत विवादलाई धारा १०७(१) अन्तर्गत यस अदालतको असाधारण अधिकारक्षेत्रभित्र प्रवेश गराउने उद्देश्य लिई सो विभूषण नियमावली, २०६५ को नियम ३८ को व्यवस्थालाई उद्धृत गर्दै सतही रुपमा त्यसको वैधानिकता सम्बन्धमा प्रसंगसम्म मात्र उठाएको कुरालाई मात्र आधार मानी प्रस्तुत विवादलाई संविधानको धारा १०७ को उपधारा (१) अन्तर्गतको न्यायिक पुनरावलोकनको अधिकार प्रयोग गरी हेर्नुपर्ने प्रकृतिको विवाद मान्न नमिल्ने । (प्रकरण नं.९) § राष्ट्रिय पर्व र उत्सवहरूमा उपस्थित हुनुपर्ने पदाधिकारी र व्यक्तिले लगाउनु पर्ने भनी निर्धारण भएको पोशाकको व्यवस्था चीरकाल पर्यन्तसम्म अपरिवर्तनीय रहने भन्ने पनि हुँदैन । त्यसमा आवश्यकताअनुसारको परिवर्तन गर्ने अधिकार कार्यपालिकामा अन्तर्निहीत रहेकै हुन्छ । त्यसैले कार्यपालिकाले राष्ट्रिय पर्व र उत्सवहरूको मर्यादा र पहिचान समेतलाई दृष्टिगत गरी, औचित्यलाई विचार गरी त्यस्ता पर्व र उत्सवमा उपस्थित हुनुपर्ने विभूषण प्राप्त पदाधिकारी र व्यक्तिलाई मात्र लक्षित गरी निर्धारण गरेको पोशाकको विषय न्यायिक हस्तक्षेपको विषय बन्न नसक्ने । (प्रकरण नं.१०) निवेदक तर्फबाटः अधिवक्ता श्री सुनील रञ्जन सिंह र विद्वान अधिवक्ता श्री मधुर पाठक विपक्षी तर्फबाटः विद्वान सहन्यायाधिवक्ता श्री किरण पौडेल अवलम्बित नजीरः नेकाप २०४८ अङ्क १२, नि.नं. ४४३०, पृष्ठ, ८१० सम्बद्ध कानूनः § नेपालको अन्तरिम संविधान, २०६३ को धारा १३ र १७(३), १०७(१) र (२) § विभूषण नियमावली, २०६५ को नियम २८, ३८ आदेश न्