निर्णय नं. ६०८२ - उत्प्रेषण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ६०८२ - उत्प्रेषण भाग: ३७ साल: २०५२ महिना: माघ अंक: १० फैसला मिति :२०५२/०८/१८ २३३१ निर्णय नं. ६०८२ ने.का.प. २०५२ अङ्क १० संयुक्त इजलास सम्माननीय प्रधान न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री नरेन्द्रबहादुर न्यौपाने सम्वत् २०५१ सालको रि.नं. २६६६ आदेश मिति : २०५२।८।१८।२ विषय : उत्प्रेषण । निवेदक : कृषि सामग्री संस्थान, प्रशाखा राजापुर, बर्दियाका प्रशाखा प्रबन्धक वर्ष ४० को पदमबहादुर मल्ल विरुद्ध विपक्षी : कृषि सामग्री संस्थान, प्रधान कार्यालय, टेकु ऐ. को प्रशासन महाशाखा । ऐ. को आर्थक महाशाखा । § रिट निवेदकले मेरो यो अमूक कानुनले दिएको अधिकारका विरुद्ध विपक्षीले गरेको कारवाहीबाट त्यस्तो संविधान एवं कानुनी हकमा हनन् भएको भनी देखाउन र लेखाउन नसकेकोले स्पष्ट कानुनी हकको हनन् भएको देखिन नआएबाट विपक्षीको कार्यबाट रिट निवेदकको संवैधानिक वा कानुनी हक हनन् भएको भन्न नमिल्ने । (प्रकरण नं. ६) निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री हरिहर दाहाल विपक्षी तर्फबाट : विद्वान अधिवक्ता श्री शिवराज अधिकारी अवलम्बित नजीर : x आदेश प्र.न्या.सुरेन्द्रप्रसाद सिंह : नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३।८८।(२) अन्तर्गत दर्ता भई निर्णयार्थ पेश हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य एवं निर्णय यस प्रकार छ । २. म निवेदक प्रधान कार्यालयको मिति ०४८।९।१७ को पत्र अनुसार कालिकोटबाट राजापुर बर्दियामा सरुवा भई आउँदै कालिकोटबाट अछाम हुँदै राजापुर आएकोमा उक्त बाटोबाट आउँदा प्रतिदिन ४ को ५ को दरले ३५ दिन लागेको काज भ्रमणमा सोही बमोजिम आफ्नु दैनिक भ्रमण भत्ता पाउँ भनी पेश गरी अञ्चल कार्यालयबाट मिति २०४८।१२।१७ मा स्वीकृत गरे बमोजिम भुक्तानी समेत प्राप्त गरी सकेको थिएँ । तत्पश्चात, प्रधान कार्यालय समक्ष समर्थनको लागि पेश हुँदा उपरोक्त भ्रमणलाई समर्थन नगरी कालिकोट बझाङ नेटा राजिनमता सुर्खेतबाट बर्दिया राजापुर जानु पर्ने भनी रु. १८२९५।– मात्र स्वीकृत गरी बढी रकम भुक्तानी दिएको डेवित गर्नु पर्ने भएकोले डेवित गरी जानकारी दिनु हुनको साथै आईन्दा भ्रमण बिल पेश गर्दा सजिलो र कम खर्चिलो बाटो प्रयोग गर्नु हुन समेत जानकारी गराइन्छ भन्ने व्यहोराको आर्थिक महाशाखाको मिति ०५०।७।१९ को पत्र पठाइयो । त्यसपछि मैले पेश गरेको बिल नै स्वीकृत गरी पाउँ भनी महाप्रबन्धक समक्ष निवेदन गरेको र पुनः २०५१।४।२७ मा पनि निवेदन दिएको थिए । तर यस उपर कुनै कारवाही नगरी सरुवा भई आउँदा पेश्की लिएको रु. ३८,७००।– मध्ये आर्थिक महाशाखाको २०४९।२।१४ को पत्रबाट रु. १८२४५।– मात्र सदर भई रु. २०४४५।– असुल गर्ने निर्देशन दिएको र ०४८।४९ को आ.ले.प. प्रतिवेदनमा पनि उक्त रकम तपाईबाट असुल उपर गर्नुपर्ने भनी उल्लेख गरेको सन्दर्भमा सो रकम फछ्र्यौट नगर्नु भएको हुनाले व्यहोराको प्रशासन महाशाखाको मिति २०५१।८।१९ को पत्र मैले ०५१।९।१ मा प्राप्त गरेको हुँ । म सरुवा हुँदा जुन बाटो आएको सो रुटलाई समर्थन नगर्ने निर्णय त्रुटिपूर्ण छ किनकी ०४८ सालको माघ फाल्गुण महिनामा आएको र विपक्षीले आउनु पर्ने भनेको रुटमा हिमपात भई आउन नसकिने भएको थियो। म हिंडेको बाटोको भ्रमण बिल पेश गरेको विरुद्ध नहिंडेको बाटोको बिल पेश गर्नु भन्न मिल्ने होइन । कृषि सामाग्री संस्थानको दैनिक तथा भ्रमण भत्ता नियम, २०४९ समेतमा कालिकोटबाट राजापुर तर्फ यो नै बाटो हिंड्नु पर्ने भनी तोकेको छैन । भ्रमणबिल पेश गरी सकेपछि यो बाटो हिंड्नु पर्ने भनी विपक्षीले भन्न सक्ने कुनै आ