निर्णय नं. ४६२ - जग्गा
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ४६२ - जग्गा भाग: १२ साल: २०२६ महिना: बैशाख अंक: १ फैसला मिति :२०२५/०७/३० २१८१ निर्णय नं. ४६२ ने.का.प. २०२६ फुल बेञ्च प्रधान न्यायाधीश श्री भगवतीप्रसाद सिंह न्यायाधीश श्री मीनबहादुर थापा न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह २०२५ सालको दे.फु.नं. ९३ पुनरावेदक : खुदा बगर लोहरौली डुबीहवा बस्ने श्यामबिहारी पाण्डे विरुद्ध विपक्षी : ऐ ऐ. बस्ने सुखु चमार मुद्दा : जग्गा (१) जग्गा मिच्नेको १४ नं. लगाई सजाय गरेको केशमा पुनरावेदन लाग्न सक्ने । उखडा सम्बन्धी ऐन, २०२१ को दफा ८ को उपदफा (२) ले पुनरावेदन नलाग्ने गरी बन्देज गरेको भित्र यो मुद्दा पर्न नआएको र उखडा सम्बन्धी ऐन, २०२१ को दफा ६ को उपदफा (१)(२) बमोजिम सजाय गरेबाहेकको बिषयमा बिषेश अदालत ऐन, २०१३ को दफा ८ बमोजिम पुनरावेदन लाग्न सक्ने सिद्धान्त कायम गरी निवेदक जगदम्बाप्रसाद विपक्षी उखडा ट्राइबुनल नं.१ भैरहवा समेतको परमादेशको आदेश जारी गरिपाउँ भन्ने रि.फु.नं.४ को केशमा २०२३।९।२९।६ को फुल बेञ्चको बहुमतबाट फैसला भइराखेको समेत देखिएकोले यस्तो जग्गा मिच्नेको १४ नं. लगाई सजाय गरेको केशमा पुनरावेदन लाग्न सक्ने नै देखियो । (प्रकरण नं. ९) (२) अधिकार क्षेत्र बाहेकको मुद्दा हेरे छिनेमा–अ.बं.३५ नं. बमोजिम बदर गराउन कानूनअनुसार पुनरावेदनको मार्ग अपनाउनु पर्ने । २ जना मात्रै सदस्य रही गरेको फैसला कानूनबमोजिम भएको मान्न नमिल्ने भएकोले यस्तो फैसला उपर पुनरावेदन गर्न पाउने कुराको प्रश्नै उठ्न नसक्ने भन्ने निवेदक कल्पराज बनिया विपक्षी उखडा ट्राइबुनल समेतको रि.फु.नं.१३ समेतको केशमा २०२४।८।२६।३ को फुल बेञ्चको बहुमतबाट निर्णय भइराखेको भन्ने हकमा अ.बं.३५ नं. मा गैरअड्डाले कानूनबमोजिम आफुले हेर्न हुने मुद्दा बाहेक अरु मुद्दा हेर्न हुदैन । हेरी छिनेको भए पनि बदर हुन्छ भन्ने व्यवस्था भएको, यदी कुनै अड्डा अदालतले आफ्नो अधिकार क्षेत्र बाहेकको मुद्दा हेरे छिनेको छ भने उक्त अ.बं.३५ नं. बमोजिम सो बदर गराउनलाई कानूनबमोजिम पुनरावेदनको बाटो अपनाउनु पर्ने । (प्रकरण नं. ९) फैसला १. सुफु चमारले दाखिल गरेको विवरण पत्रमा लेखिएको जग्गा मेरो सिरको जग्गा हो, निजले मेरो मञ्जुरीमा हरूवाइ काम गर्ने भएकोले हरूवाइ काम गरेको हो, उखडामा जोतेको होइन भन्नेसमेत वादी स्यामबिहारी पाण्डेको बयान । २. प्रतिवादी सुफु चमारले २०२२।१०।२२।६ मा तामेल भएको म्यादमा हाजिरै हुन नआई गुजारी बसे तापनि किसान सुफु चमारलाई जग्गा जोत्न दिएको छैन भन्ने वादीको भनाई नभई जग्गा जोत्न दिएमा सावित भएको र काम गरे वापत माफिमा दिएको लिखत सबूद पेश हुन नआएको हुँदा किसानले उखडामा जोतेको जग्गालाई उखडा होइन भनी वादीले झुठ्ठा दावी गरेको ठहर्छ भन्नेसमेत २०२२।११।४ को उखडा ट्राइबुनल नं. २ को फैसला । ३. जिल्लाको चलन अनुसार उखडा जमीन जोत्नेले रसिद लिने र रसिद नपाएमा उजूरी गरी धरौट राखेको हुनुपर्ने सो गरेको छु भनी विपक्षले भन्न आएको छैन तापनि सुरुबाट उखडा उठाएकोमा चित्त बुझेन भन्नेसमेत वादी पक्षको पुनरावेदन । ४. पुनरावेदक श्यामबिहारी पाण्डेलाई रोहवरमा राखी प्रस्तुत हुन आएको यस मुद्दामा पुनरावेदक तर्फका विद्वान वकिल प्लीडर सुधानाथले गर्नुभएको बहस सुनी निम्न लिखत विभिन्न राय व्यक्त भएको । ५. उखडा सम्बन्धी ऐन, २०२१ को दफा ७ बमोजिम गठित ३ जना सदस्य भएको रुपन्देही उखडा ट्राइबुनलले १ जना सदस्यको अनुपस्थिति भई अध्यक्ष र एकजना सदस्य समेत २ जना सदस्य भएको अवस्थामा प्रस्तुत मुद्दा पेश भई फैसला गरेको देखियो