निर्णय नं. ६०८३ - अंश दपोट

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ६०८३ - अंश दपोट भाग: ३७ साल: २०५२ महिना: माघ अंक: १० फैसला मिति :२०५२/१०/०९ २३१७ निर्णय नं. ६०८३ ने.का.प. २०५२ अङ्क १० संयुक्त इजलास सम्माननीय प्रधान न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह सम्वत् २०५१ सालको दे.पु.नं. १८३६ फैसला मिति : २०५२।१०।९।३ मुद्दा : अंश दपोट । पुनरावेदक : काठमाडौं जिल्ला टोखा सरस्वती गा.वि.स. वडा नं. ३ बस्ने वर्ष ३६ को तिलकराम श्रेष्ठ विरुद्ध प्रत्यर्थी : काठमाडौं जिल्ला टोखा चण्डेश्व्री गा.वि.स. वडा नं. ३ बस्ने हरिभक्त श्रेष्ठ ऐ ऐ सरस्वती गा.वि.स. वडा नं. ३ बस्ने त्रिलोक श्रेष्ठ । ऐ ऐ बस्ने रामभक्त श्रेष्ठ । ऐ ऐ बस्ने गोपाल श्रेष्‍ठ । ऐ ऐ बस्ने केशव श्रेष्ठ । § परलोक भैसकेको व्यक्तिको नाउँमा दावीको जग्गा दर्ता रहेको देखिएको आधार कारणले मात्र अन्य प्रतिवादीहरु समेतले दबाएको भनी अर्थ गर्न न्यायको रोहमा नमिल्ने । (प्रकरण नं. ११) निवेदक तर्फबाट : x विपक्षी तर्फबाट : x अवलम्बित नजीर : x फैसला प्र.न्या.सुरेन्द्रप्रसाद सिंह : न्याय प्रशासन ऐन, २०४८ को दफा १२ को उपदफा (१) को खण्ड (क) र (ख) बमोजिम दोहोर्‍याउने निस्सा प्रदान भै पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छ:– २. यसमा सगोलमा बसी खाई आएकोमा अंश नदिएकोले अंश दिलाई पाउँ भनी फिराद दिएकोमा फिराद परेको अघिल्लो दिनलाई मानु छुटिएको मिति कायम गरी तायदाती लिनु भन्ने आदेशानुसार विपक्षीहरुले मैले अंश पाउने सम्पत्ति तायदातीमा नदेखाई राखेकोले हाल खौज्दै जाँदा का.जि. चण्डेश्वरी गा.वि.स. वडा नं. ६(क) कि.नं. १८, १९, २० ऐ.ऐ. वडा नं. ७(ख) कि.नं. १२२, १५५, ऐ.ऐ. वडा नं. ६(क) कि.नं. २२ झोर गा.वि.स. वडा नं. २(क) कि.नं. २८, २९, ३०, ३९ सरस्वती गा.वि.स. वडा नं. ९(ग) कि.नं. १८ ऐ.ऐ. वडा नं. ७ (ख) कि.नं. १८२, १२०, १२१ ऐ. ऐ. वडा नं. ७(क) कि.नं. २००, २१३ समेतका कित्ता जग्गाहरु दवाएछिपाएको हुनाले अंशबण्डाका २७ नं. बमोजिम विपक्षीहरुले दबाएको दपोट ठहर्‍याएको एकलौटी कायम गरी चलन समेत चलाई पाउँ भन्ने फिराद । ३. विपक्षले दावा गरेको जग्गा कि.नं. १८ को भैरवेश्वर महादेवको निजी गुठी र केशव त्रिलोक गोपालले जोती गुठीको कार्य चलाई आएको जग्गा कि.नं. १९ को भैरवेश्वर निजी गुठीको कुशलेलाई र पुजारीलाई खानकी दिनुपर्ने कि.नं. २० को महादेव पुजालाई बैशाखमा रुद्री गराउनको निमित्त कि.नं. १५५ को बैशाखा १ गते बन्धक पुजालाई कि.नं. १२२ को बैशाखा संक्रान्तीको दिन साधु सन्तलाई हण्डी वाडी बाँकी कमाउनेले खाने जग्गा हो । कि.नं. २२ को काम भत्ताले खाई आएको गुठीको खर्च गरी मोहिया भाग मात्र खाने जग्गा हो । कि.नं. २८ को पुजारीलाई खानकी दिई मोही हरिप्रसाद लामिछानेको कि.नं. २९३० गुठीको कार्य गर्ने मोहीलाई तिर्ने र बाँकी रामझक्तले खाने जग्गा हो कि.नं. ३९ को गुठीको जग्गा हो ९(ग) कि.नं. १८ को म गोपालले भिन्न भैसकेपछि कालिदास सँग फर्छे गराई लिएको जग्गा हो कि.नं. १२१ को केशवको भागको जग्गा हो कि.नं. १२० को साल साल शिवरात्रीलाई धुनी जसलाई आयस्ता गोपालले खाने जग्गा हो । कि.नं. १८२ को हरिभक्त र कृष्णभक्तको घर कि.नं. २१३ को हरिभक्तले आफ्नै निजी आर्जनले कमाएको जग्गा हो । ९(क) कि.नं. १८ को हरिभक्तको जग्गा हो कि.नं. २० को त्रिलोकको भागको जग्गा हो कि.नं. १९९ को घर जग्गा र कि.नं. २२२ को कि.नं. २३, २४ को जग्गा समेत निजहरुले लिई भोगी आएकोमा झुठ्ठा उजुर गरेको हुन भन्ने समेत संयुक्त प्रतिउत्तर पत्र ।