निर्णय नं. ४६३ - ज्यान
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ४६३ - ज्यान भाग: १२ साल: २०२६ महिना: बैशाख अंक: १ फैसला मिति :२०२५/०८/२५ २१३७ निर्णय नं. ४६३ ने.का.प. २०२६ फुल बेञ्च प्रधान न्यायाधीश श्री भगवतीप्रसाद सिंह न्यायाधीश श्री मीनबहादुर थापा न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह २०२५ सालको फौ.फु.नं. २९ प्रतिवादी : नेवालालको जाहेरीले श्री ५ को सरकार विरुद्ध विपक्षी : जि.पु. सर्लाही मौजे गोर्खा बस्ने रामऔतार समेत मुद्दा : ज्यान (१) साक्षीहरूको बयान बाझिएमा–सुनेको आधारमा सर्जमिनले शंका गरेमा–प्रत्यक्षरुपमा वारदात भएको देख्ने साक्षीको कमी भएमा–आरोपित कसूर (ज्यानमाराको कसूर) गरेको नठहर्ने । त्यस्तो फरक फरक बयान कागज गर्ने जनक वाशुदेवको कुरा सुनी प्रतिवादी राम औतार उपर शंका गर्ने सरजमिनको भनाईलाई विश्वास लायकको सम्झनै नमिल्ने देखिंदैन । अतः साक्षीहरूको कुरा आफुमा बाझिएको र सरजमिन सुनेको भरमा शंका गरेको देखिएको र प्रत्यक्षरुपबाट वारदात भएको कुरा देख्ने साक्षीको अभावमा उपरोक्त उल्लेख गरिएका कारणहरूबाट प्रतिवादीलाई सफाई दिई छिनेको सुरु सर्लाही जिल्ला अदालत र जनकपुर अञ्चल अदालतको इन्साफ सदर ठहराएको मा.न्या.श्री बब्बरप्रसाद सिंहको राय मुनासिव छ । (प्रकरण नं. १७) वादी श्री ५ को सरकारका तर्फबाट : सरकारी अधिवक्ता श्री प्रचण्डराज अनिल प्रतिवादी तर्फबाट : अधिवक्ता श्री कृष्णकुमार बर्मा फैसला १. २०१८।५।३१ गते राती अं.८ बजेको टायममा भिन्न भई बेगल बसेको भाइ गेनाराय यादब भात खाइ गाउँदेखि दक्षिण तर्फ दिसा बस्न गएको थियो । सो गएको केही छिनबाद मलाई छुरीले हान्यो । दगुर्न भनी निज भाइ गेनाले कराएको आवाज सुनी म र गाउँकै बाबुदेव रायसमेत भई दगुर्दै जाँदा गाउँ देखि दक्षिण लखनदेहीको पुरानु धारमा रहे भएको पुल नेर बाटो भई निज भाइ लडी रहेको के भयो ? भनी सोध्दा बेहोस भइरहेकोले कुनै कुरा बताउन भन्न सकेन तापनि हेर्दा बायाँतर्फ पेटमा घाउ भएको रगत छ्यालव्याल भइरहेको थियो । निजलाई म र वाशुदेवले बोकी घर ल्याउँदा गाउँले धेरै मानिसहरू जम्मा भएपछि सोधपुछ गर्दा पनि कुनै कुरा भन्न नसकेको काहारमा उठाई मलंगवा अस्पताल ल्याउँदा अन्दाजी ५ बजे भोरसम्म स्वास चलेको थियो । केहीबेर वाद प्राणान्त भएकोले दरखास्त दिन आएको छु भन्नेसमेत २०१८।६।११ को नेवालालको दरखास्त । २. मैले गेनालाई छुरा रोपेको होइन । निजसँग मेरो कुनै किसिमको इवि अदावत समेत छैन । मेरो धोतिमा लागेको सानो ठुलो गरी ८ वटा बुट्टा रगतको दाग मछडले टोकेकोले मछड मार्दाको अवस्थामा लागेको मछडको रगत हो भन्नेसमेत राम औतारको कागज । ३. मुद्दा चलाउ नै पर्ने ठहराई रिपोर्ट गरेको छु भन्नेसमेत प्रहरी प्रतिवेदन । ४. नमालुम कसले हो कर्तब्य गरी मारे भन्ने सुनेको हुँ । यस्ले मारेको भन्ने मलाई थाहा छैन । भाद्र ३१ गते शनिबारको दिनको ४ बजेको टायममा मलंगवा आएको थिएँ । सोहि रातमा चक्कुले रोपी मारेको भन्ने कुरा भोलिपल्ट आश्विन १ गतेको विहान मलंगवामा सुनेको हुँ भन्नेसमेत रामऔतारको बयान । ५. २०१८।५।२२ गतेका दिन भाउजू बोलाउन भनी ससुराल जिल्ला सितामढी लेठमा मौजे हलोकु बारीमा गएको आश्विन २ गते मात्र घर फर्केको हुनाले सो भाद्र ३१ गते औतार बृछ समेतसँग भेटघाट भएन । ससुरालीबाट फर्केपछि भेलहीमा खुन भयो रे भन्ने कुरा गाँउघरमा हल्ला सुनेको सम्म हुँ भन्नेसमेत गंगाबहादुरको बयान । ६. मैले कसूर गरेको छैन । २०१८।५।३० गते हाम्रै गाँउको माहाजन रुदल धानुकको बहिनी विवाह गरी पठाएकोले निजलाई पुर्याउन भनी गाउँदेखि १० कोष फरक विदेश सीतामढी