निर्णय नं. ४६४ - जग्गा बाली

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ४६४ - जग्गा बाली भाग: १२ साल: २०२६ महिना: बैशाख अंक: १ फैसला मिति :२०२५/०८/२८ २०७४ निर्णय नं. ४६४ ने.का.प. २०२६ फुल बेञ्च प्रधान न्यायाधीश श्री भगवतीप्रसाद सिंह न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह न्यायाधीश श्री हेरम्बराज २०२५ सालको दे.फु.नं. ९१ निवेदक : वीरगञ्ज माहस्थान बस्ने ललितमान सिंह मल्ल विरुद्ध विपक्षी : का.इ.मासंगल्ली बस्ने रत्नलाल चित्रकार मुद्दा : जग्गा बाली (१) न्याय प्रशासन (विविध व्यवस्था) ऐन, २०१८ प्रारम्भ हुनुभन्दा अघिको दुईहजार भन्दा बढी बिगो भएको मुद्दा मामिलाको फैसला जिल्ला अदालतबाट गरेमा–तत्काल प्रचलित न्याय प्रसाशन (विविध व्यवस्था) ऐन, २०१६ को दफा १९ को उपदफा २ (क) अनुसार पुनरावेदन लाग्न सक्नेमा–न्याय प्रसाशन (विविध व्यवस्था) ऐन, २०१८ लगाई पुनरावेदन खारेज गर्ने फैसला गरेमा–उक्त फैसला मिलेको नदेखिने । तत्कालिन काठमाडौं जिल्ला अदालतबाट ०१८।६।२०।६ मा फैसला भएको र न्याय प्रसाशन (विविध व्यवस्था) ऐन, २०१८ को हकमा २०१८ साल मार्ग १ गतेदेखि मात्र प्रारम्भ हुने गरी जारी भएको देखिएकोले अगाडिको फैसलामा उक्त ऐन लगाई डिभिजन बेञ्चबाट पुनरावेदन खारेज गरेको मिलेको देखिएन । तत्काल प्रचलित न्याय प्रसाशन ऐन, २०१६ को दफा १९ को उपदफा २ (क) मा झगडा परेको वा दावा गरेको बिषयको मोल बिगो दुईहजार रु.भन्दा बढि भएको मुद्दा मामिलामा जिल्ला अदालत उपर पुनरावेदन लाग्न सक्ने व्यवस्था भएको र प्रस्तुत मुद्दामा शूरु फैसलाबाटै जग्गातर्फ जग्गाको मोेल बिगो रु.२७७५। कायम गरी कोर्टफी रु.१३८।७५ वापत प्रतिवादीहरूसँग दण्ड लिने गरिराखेकोसमेत हुँदा उपरोक्त उल्लेख भएबमोजिम बिगोको हदबाटै का.जी.अ. को २०१८।६।२० को फैसला उपर पुनरावेदन लाग्नसक्ने नै देखिन्छ । (प्रकरण नं. १२) फैसला १. ५३ सालको जाँचमा र ८० सालको भक्तपुर सर्भे जाँचसमेतमा जग्गा धनी चेतनारायणका नाउँमा दर्ता भई निज मरेपछि बुहारी लर्तमायाको नाउँमा दर्ता सरी अपुताली पर्दा छोरी गंगामाया नाबालक पाले वापत निजको हक भई नाबालक उमेर पुगेपछि बकसपत्र पास हुन नपाउँदै परलोक भएकीले हकदार हर्षबहादुरका नाउँमा पास गराई पाउँ भनी नालेस पर्दा एकर्फबाट पास हुने फैसला भई सखल भन्ने विर्ता रोपनी ।।।–।।२ समेतका जग्गाको २००३ सालसम्म गंगामायाले बाली खाई २००४ सालदेखि मेरो हक भएकोले मोहीलाई ताकेता गर्दा बन्धकी खाने केदार मल्लले खाएको भनी जबाफ दिएकोले नालेस गर्न आएको छु । २००४।५।६ साल ३ को जम्मा बिगो १५२।२७।२ मोही र बन्धकी खाने केदारबहादुर जोबाट हुन्छ बिगो भराइपाउँ भन्ने वादी दावी । २. मामाले पद्मधरलाई ७७ साल मार्ग १२ गते रु.४७०।५० मा लखबन्धकी दिई निजले मेरो मामा बयानबहादुरलाई ७७।१२।१७ मा लखबन्धकी दिई निज मरेपछि हक खाने ललितमान सिंहले मेरो जिम्मा दिएकोले मोहीसंगबाट मैले बुझी लिएको सम्म हुँ । जग्गाको बाली मैले बुझेको छैन । वादीले म उपर झुठ्ठा उजूर गरेको भन्ने केदारबहादुरको प्रतिउत्तर । ३. वादीको जग्गाको कूत बयानबहादुर छउन्जेल निजलाई र निज परलोक भएपछि भाइ ललितमान सिहं मार्फत केदारबहादुरलाई कुत बुझाइ आएको छु र २००२ सालमा कबुलियतसमेत गरिदिएको छु । गंगामायाले जग्गा भोगेको र निजलाई नचिनेको हुँदा बाली बुझाएकोसमेत छैन । निस्साबेगर वादीलाई कूत बुझाउन नपरोस् भन्ने मंगलालको प्रतिउत्तर । ४. वादीको ३ कित्ता जग्गा पञ्चनारानले जीतमानलाई आलिफार्छे दिई निज मरी हक खाने रत्नमायाले पद्मधरलाई भोग र निजै दाजु बयानबहादुरलाई लख दिएकाले दाजु मरी मेरो हक हुँदा केदारबहादुरलाई