निर्णय नं. ६०८४ - उत्प्रेषणयुक्त परमादेश
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ६०८४ - उत्प्रेषणयुक्त परमादेश भाग: ३७ साल: २०५२ महिना: माघ अंक: १० फैसला मिति :२०५२/०८/२५ २२२४ निर्णय ६०८४ ने.का.प. २०५२ अङ्क १० संयुक्त इजलास माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा माननीय न्यायाधीश श्री कृष्णजंग रायमाझी सम्वत् २०४७ सालको रि.नं. १०३९ आदेश मिति : २०५२।८।२५।२ विषय : उत्प्रेषणयुक्त परमादेश । निवेदक : का.जि. टेकु त्रिपुरेश्वर स्थित राजेश सेनिटरी इम्पोरियमका प्रोपाइटर ल.पु. सानेपा बस्ने राजेशकुमार अग्रवाल विरुद्ध विपक्षी : श्री ५ को सरकार, वाणिज्य विभाग § श्री ५ को सरकार वाणिज्य विभागको मिति २०४७।२।२५ को सूचनामा “क” वर्गका वस्तुहरु अन्तर्गत क्रमाङ्क १० मा उल्लेखित औद्योगिक मेशिनरी र सो को स्पेयर पार्ट्स (एक फर्मले एक आवेदनबाट एकथरी मेशिनरी र सोको २५% पार्टसको मात्र आवेदन गर्न सक्नेछ) भन्ने उल्लेख भएकोबाट सो व्यवस्थाले २५% बल वियरिंग निवेदकले पैठारी गर्न नपाउने, सशर्त गरी बन्देज गरेको भन्न नमिल्ने । (प्रकरण नं. ६) § २५% बल बियरिंग नपाउने त्यसमध्ये आ.ई.प. मूल्यको १०% सम्म बल बियरिंग मात्र पैठारी गर्न पाउने जस्तो सशर्तयुक्त व्यवस्था पछिल्लो मिति २०४७।६।१९ को सूचनाले मात्र गरेको देखिन आउँछ । सो पछिल्लो मितिको सूचना अर्थात २०४७।६।१९ को सूचना भन्दा अगावै निवेदकले पैठारीको लागि आवेदन गरी आवेदन स्वीकृत भै प्रिमियम समेत बुझाइसकेको अवस्थामा निवेदकले कूल आ.ई.प. मूल्यको १०% मात्र बल वियरिंग झिकाउन पर्ने भनी बाध्य गर्न नमिल्ने । (प्रकरण नं. ६) निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री हरिशंकर निरौला विपक्षी तर्फबाट : विद्वान सरकारी अधिवक्ता श्री नरेन्द्रकुमार श्रेष्ठ अवलम्बित नजीर : x आदेश न्या.त्रिलोकप्रताप राणा : नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३।८८(२) अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य एवं निर्णय यस प्रकार छ :– २. यस फर्म मिति २०४५।६।३ मा वाणिज्य विभागमा प्राइभेट फर्म रजिष्टे«शन ऐन, २०१४ बमोजिम रजिष्टर्ड भई प्रा.फा.नं. २००९६।०४५ को प्रमाणपत्र प्राप्त राजेश स्यानिटेरी इम्पोरिम प्राइभेट फर्म हो । वाणिज्य विभागको मिति २०४७।२।२५ को सूचना अन्तर्गत रही प्रिमियम दस्तुर बापत १,१७,५३५।– र आयात लाइसेन्स दस्तुर बापत रु. १२,५००।– जम्मा रु. १,३०,०३५।– बुझाएको छु । मैले २५% स्पेयर पार्टस बल बेयरिङ सामानहरु र अन्य ७५% सामान सहित पैठारी गर्न आयात इजाजतपत्र पाउँ भनी प्रत्यर्थी विभागमा निवेदन दिँदा त्यसमा प्रचलित कानुन बमोजिम मेरो मागदावी अनुरुप इजाजत दिनु पर्नेमा आलटाल गरी पन्छाउने काम हुँदा मलाई अन्याय र गैरकानुनी मर्का परेकोमा प्रत्यर्थी विभागका पदाधिकारीहरु समेत गरी पटक पटक भेटी कुराकानी र छलफल हुँदाहुँदै पनि समस्या समाधान प्रयास विलकुलै भएन । उल्टी १०% मात्र वेयरिंग सामानहरु पैठारी गर्ने आयात इजाजतपत्र पाउनु हुनेछ भन्ने मौखिक जवाफ मात्र पाइयो । जबकी सम्पूर्ण स्पेयर पार्टसको २५% नै मेरो माग दावी बमोजिम प्रत्यर्थी विभागको सूचना मिति २०४७।२।२५ ले बाध्य गरेको पाइन्छ । व्यापारिक कारोबार गर्दा यस फर्मलाई आर्थिक लाभको सट्टा आर्थिक हानी नोक्सानी हुने प्रष्ट देखिएकोले २०४७।४।८ मा बहाल रहेको सूचनाको विपरीत आ.ई.प. जारी गराई लिन यस फर्म बाध्यतावस असमर्थ हुन पर्यो । मेरो माग दावी बमोजिम आ.ई.प. प्रत्यर्थी विभागले २०४७।४।८ मा लिएको सम्पूर्ण रकम रु. १,३०,०३५।– मलाई फिर्ता दिन अस्वीकार गरियो । वाणिज्य विभागद्वारा मिति २०४७।।२।२५ को सूचना अन्तर्गत २५%