निर्णय नं. ४६६ - अंशदपोट

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ४६६ - अंशदपोट भाग: १२ साल: २०२६ महिना: बैशाख अंक: १ फैसला मिति :२०२५/०९/०६ २६३२ निर्णय नं. ४६६ ने.का.प. २०२४ फुल बेञ्च प्रधान न्यायाधीश श्री भगवतीप्रसाद सिंह न्यायाधीश श्री नयनबहादुर खत्री क्षेत्री न्यायाधीश श्री लोकराज जोशी सम्वत् २०२५ सालको फु.नं. ४१ निवेदक : का.ई.बागबजार बस्ने मेहरमान खड्गी विरुद्ध विपक्षी : ऐ बस्ने हिरामान खड्गीसमेत मुद्दा : अंशदपोट (१) अदालतले वादी प्रतिवादी दुवैसँग अंशबण्डा गर्नुपर्ने श्रीसम्पत्तिको तायदाती मागेमा–दुबैले तायदातीमा अंशबण्डा गर्नुपर्ने चल अचल सम्पत्ति लेखी नदिएमा–एकपक्ष (प्रतिवादी) मात्र अंशबण्डा गर्नुपर्ने सम्पत्ति दाबाउने व्यक्ति भन्न नमिल्ने । त्यस्तो घर जग्गा बण्डा गर्नुपर्ने भएको कुरा वादीलाई थाहा हुनु स्वभाविकै थियो र अदालतले वादीसँग पनि आ–आफ्ना जिम्माको श्रीसम्पत्ति के कति छ ? अरु चल धनमाल जो जति छ, बण्डा गर्नुपर्ने श्रीसम्पत्तिको तायदाती मागेको हुनाले वादीले तायदातीमा खुलाई लेखिदिन पर्ने नै थियो । त्यसबखत वादीले पनि तायदातीमा खुलाई लेखी नदिएकोले दबाउने कसूरदार प्रतिवादी मात्र हुन भन्न भएन । (प्रकरण नं. २२) (२) तत्काल प्रचलित साहू आसामीको ३७ नं.–मानु छुट्टिएपछि आर्जन गरेको सम्पत्तिमा आर्जन गर्नेकै हक लाग्ने, मानु छुट्टिनु अघिको अंशियारहरूको हक नलाग्ने (बण्डा गर्नु नपर्ने) । सो घर जग्गा मानु छुट्टिएपछिको प्रतिवादीको आर्जन भई तत्काल प्रचलित साहू आसामीको ३७ नं. ऐनले बण्डा गर्नु नपर्ने । पछि आर्जन गर्नेकै मात्र हक हुने समेत देखिंदा प्रतिवादीले अंशदपोट गरे, एकलौटी दिलाई पाउँ भन्ने वादी निवेदक मेहेरमानको दावी जिकिर पुग्न नसक्ने भनी डिभिजन बेञ्चले निणर्य गरेको मुनासिव देखिन आयो । (प्रकरण नं. २२) (३) तत्काल प्रचलित अंशबण्डाको ४६ नं.–सगोल बण्डा गर्नुपर्ने आर्जन (मानु छुट्टिनु अघिको) भन्ने कुरामा वादी प्रतिवादीको मुुख मिलेमा–उक्त आर्जनमा आफ्नो (वादी वा प्रतिवादी) भाग जति छुट्याई लिन पाउने । घर जग्गाहरू मानु छुट्टिएको ठहरेको मिति १९८२।५।२९ भन्दा अघिको आर्जन भई सगोलको बण्डा हुने चिज हो भन्ने कुरामा वादी प्रतिवादीको मुख मिलेकोले त्यस्मा वादीले पनि तत्काल प्रचलित अंशबण्डाको ४६ नं. बमोजिम आफुले पाउने अंश जति छुट्याइ लिई चलन गर्न पाउँछ । (प्रकरण नं. २३) (४) अंशबण्डा भइसकेकोमा पनि केही बण्डा गर्नुपर्ने बाँकी भएमा उक्त बाँकी अंश मुद्दाको ठहर अनुसार भाग लगाई छुट्याई दिन मिल्ने । प्रस्तुत मुद्दाबाटै उक्त घरजग्गा छुट्याई दिलाई दिनालाई अरु बण्डा भइसकी केही बाँकी रहेको सम्म भए अंश मुद्दाको ठहर बमोजिम भाग लगाई छुट्याई दिन मिल्ने थियो । (प्रकरण नं. २३) (५) दावी बेगरको कुरामा निर्णय दिन नमिल्ने । प्रस्तुत मुद्दामा अंश छुट्याई पाउँ भन्ने वादीको दावी नभएकोले फिराद दावी बेगरको कुरामा त्यसरी निर्णय गर्न मिल्ने देखिएन । (प्रकरण नं. २३) निवेदक तर्फबाट : अभिवक्ता श्री लवदेव भट्ट फैसला १. अन्यायवालाहरू समेतसंगका अंश मुद्दामा यस अड्डाबाट गरेको फैसला उपर अपील दिइसकेको छु । अन्यायवालाहरूले दिनुपर्ने अंशको फाँट नदिई श्री ३ सरकार गुठी तहसीलमा मेरो बाबु कृतिमानका नाउँमा मोहियानी दर्ता भएको सो अड्डामा सालको तिरो रु.१।७२ बुझाउन पर्ने का.ई.बागबजारको खेत रोपनी ।। र सोही जग्गामा बनेको मोल रु.३००। जाने ५ कवले २ नाले ३ तले पक्की झिंगटी घर समेतको कित्ता १ ऐ.का नाउँमा श्री ५ को सरकार गुठी तहसीलमा मोहियानी दर्ता भएको सो अड्डामा सालको तिरो