निर्णय नं. ६०८५ - अंश
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ६०८५ - अंश भाग: ३७ साल: २०५२ महिना: माघ अंक: १० फैसला मिति :२०५२/१०/०८ ३६७२ निर्णय नं. ६०८५ ने.का.प. २०५२ अङ्क १० संयुक्त इजलास माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह माननीय न्यायाधीश श्री ओमभक्त श्रेष्ठ सम्वत् २०५२ सालको दे.पु.नं. १३०२, १३४९ फैसला मिति : २०५२।१०।८।२ मुद्दा : अंश पुनरावेदक/वादी : ललितपुर जिल्ला ललितपुर न.पा. वडा नं. ५ कुमारीपाटी घर भै हाल का.जि.का. न.पा. वडा नं. २१ भोटेबहाल डेरा गरी बस्ने भिष्मकुमारी महर्जन विरुद्ध प्रत्यर्थी/प्रतिवादी : ललितपुर जिल्ला ललितपुर न.पा. वडा नं. ५ कुमारीपाटी बस्ने आसालाल महर्जन ऐ ऐ बस्ने गुणकेशरी महर्जन । पुनरावेदक/प्रतिवादी : ललितपुर जिल्ला ललितपुर न.पा. वडा नं. ५ कुमारीपाटी बस्ने आसालाल महर्जन विरुद्ध प्रत्यर्थी/वादी : ऐ.ऐ. वडा नं. ५ कुमारीपाटी घर भै हाल का.जि.का.न.पा. वडा नं. २१ भोटेबहाल डेरा गरी बस्ने भिष्मकुमारी महर्जन § ३५ वर्ष उमेर नपुगेकी विवाह नभएकी छोरीलाई अंश दिनेले कानुनको रीत पुर्याई अंश दिन्छ र लिने अविवाहितले अंश बुझी अंश छोडपत्र गरी दिन्छे भने ३५ वर्ष उमेर नपुगेको भए पनि सोह्र वर्ष नाघिसकेकी सावालख अविवाहिताले गरेको अंश छोडपत्रको लिखत अमान्य हुन्छ भन्न मिल्ने अवस्था नहुने । (प्रकरण नं. १३) § पुनरावेदक वादी भिष्मकुमारी महर्जनले गरी दिएको अंशको छोडपत्रको लिखत कागज ३५ वर्ष उमेर नपुग्दै गरेकोले अंशबण्डाको १६ नं. अनुसार अधिकारको सृजना नै नभएको व्यक्तिले गरेको कागज सदर हुंदैन भन्ने वादीको तर्क कानुनतः युक्तिसंगत देखिंदैन । अंशबण्डाको १६ नं. को ३५ वर्ष उमेर पुगेको भनिएको अवस्था छोरा सरह अंशमा दावी गर्न पाउने र अंश माग्दा नदिएमा ऐन बमोजिम उजूर गर्न पाउने सहज अवस्था हो । सो अवस्था नपुग्दै अंश बुझी छोडपत्र पारित गर्न नपाउने भन्ने कानुनको अभावमा छोडपत्र कागजलाई कानुनले तोकेको अधिकार विहीन व्यक्तिबाट छोडपत्र भएको भन्न सकिने आधार प्रमाणबाट देखिन नआउने । (प्रकरण नं. १३) § रजिष्ट्रेशनको महलको १ नं. मा धर्मपुत्रको लिखत, अचल सम्पत्ति भएको मानो छुट्टिएको वा मानो जोडिएको लिखत र बिक्री गरी वा अरु कुनै किसिमले आफ्नो हक छाडी दिएको लिखतको रजिष्ट्रेशन गराउन पर्छ भन्ने व्यवस्था भएकोले सो बमोजिम यो पुनरावेदक वादी भिष्मकुमारीले अंश बुझी छोडपत्र पारित गरी दिन उक्त कानुनले बाधा पुर्याएको पनि पाइ“दैन । अंशबण्डाको ३५ नं. बमोजिम पाउनु पर्ने अंशमा जहिलेसुकै पनि उजूर गर्न पाउने कुरामा विवाद छैन । जुन अंशको लागि उजूर गरेको छ सो अंश हक नै बुझी कानुन बमोजिम छोडपत्र गरी दिएको देखिन्छ । अगाडि आफैंले छोडपत्रको कागज गर्दा अंश लिन बाँकी छ भनी उजूर गर्ने छैन गरेमा यसै कागजले बदर गर्नु भनी १६ वर्ष नाघी सकेकी साबालख अविवाहिताले अंश छोडपत्र कागजमा सहिछाप गरी रजिष्ट्रेशन पारित गरिसकेकी र उक्त छोडपत्रको कागज जीवितै रहेको अवस्थामा अहिले आएर यो पुनरावेदक वादीले अंश छोडपत्र हुँदाको अवस्थामा अ.बं. ८२ नं. अनुसार मेरो अंशमा दावी गर्न सक्ने हक अधिकार नै थिएन नभएको हक अधिकार छोड्दा असर नपर्ने भै सहिछाप गरेको भनी भन्न प्रमाण ऐन, २०३१ को ३४ समेतले वादीलाई मद्दत गर्न नसक्ने । (प्रकरण नं. १४) § अंशबण्डाको कानुन बमोजिम कुनै व्यक्तिले आफ्नो जीवनमा एक पटक मात्र अंश भाग पाउँछ । एक पटक कसैले अंश पाइसकेको रहेछ भने फेरि अर्को पटक पनि अंश पाउने अवस्था रहंदैन । अंश दिनेले उमेर नपुगेका अंशियारलाई दुवैको राजीखुशीबाट अंश लिने दिने कार्य वा अंश वापत छोडपत्र गर्