निर्णय नं. ४६७ - मोहियानी कायम गरिपाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ४६७ - मोहियानी कायम गरिपाउँ भाग: १२ साल: २०२६ महिना: बैशाख अंक: १ फैसला मिति :२०२५/०९/२० २२५२ निर्णय नं. ४६७ ने.का.प. २०२६ डिभिजन बेञ्च न्यायाधीश श्री रत्नबहादुर बिष्ट न्यायाधीश श्री वासुदेव शर्मा सम्वत् २०२५ सालको दे.फु.नं. २६४८ पुनरावेदक : जि.सुनसरी प्र.बेली मौजे चानवेला बस्ने पुरन चौधरी थारु विरुद्ध विपक्षी : ऐ.प्र.बेली मौजे एकम्बा बस्ने मनिलाल दास थारु समेत मुद्दा : मोहियानी कायम गरिपाउँ (१) भूमिसम्बन्धी ऐन, २०२१ को दफा ३१ (क) (पछि थप भएको) बमोजिमको मुद्दा मोहियानी हकको प्राप्ती वा मोहियानी हकको (तेरो मेरो सम्बन्धी) हेर्न उक्त ऐनको दफा २ को अधिकार प्रयोग गरी श्री ५ को सरकारले सूचनाद्वारा तोकिदिएको अदालतले हेरे छिनेको मुद्दामा सोही ऐनको दफा ५५ अनुसार अन्तिम हुने–त्यसउपर पुनरावेदन नलाग्ने । भूमिसम्बन्धी (प्रथम संशोधन) ऐन, २०२२ को दफा ७ ले मुल ऐनको दफा ३१ (क) थपेको, जो निम्न प्रकारको छ । “३१. (क) मोहियानी हकको प्राप्ती वा तेरो मेरो सम्बन्धी मुद्दा कुनै जग्गाको सम्बन्धमा परिच्छेद बमोजिमको मोहियानी हकको प्राप्ती वा मोहियानी हकको तेरो मेरोको कुरामा झगडा पर्न आएमा त्यस्को निर्णय तोकिएको अदालतबाट गरिनेछ ।” भूमिसम्बन्धी ऐन, २०२१ को दफा २ (ञ) ले श्री ५ को सरकारलाई सूचित आदेश निकाल्ने अधिकार भएको सोही दफा २ (ञ) ले दिएको अधिकार प्रयोग गरी सरकारले २०२४।१०।९ को राजपत्रमा सूचना प्रकाशित गरेको देखियो । उक्त २०२४।१०।९ को राजपत्रमा दफा ३१ (क) को मुद्दा हेर्न जि.अ.लाई तोकेको देखियो । त्यस्तो तोकिएको अदालतले हेरे छिनेको मुद्दा भू.सं.ऐन, २०२१ को दफा ५५ ले अन्तिम हुने देखिएकोले प्रस्तुत पुनरावेदन लाग्न नसक्ने हुँदा खारेज हुने ठहर्छ । (प्रकरण नं. ६) सरकारी अधिवक्ता श्री रतनलाल कनौडिया फैसला १. विपक्षी मध्ये मनिलालको नाउँमा दर्ता भएको ऐ.मौजा बिश्रामपुर गछमडरीयाको लक्ष्मीपुरको ऐ.वडा नं. ७ मा पर्ने हद नं. थाहा छैन, पूर्व मखिलाल पश्चिम मनिलाल उत्तर दुखी दक्षिण बन्हु यो ४ किल्लाको ।।२ कठ्ठा धेरै बर्षदेखि बाबु र बाबु पछि नजोती आई भू.सु.लागू भएपछि मोहीसमेत लेखाई लिएको आफ्नो अंश हक लाग्ने भएकोले भुलबाट आफ्नो भनी लेखाए तापनि जग्गा मनिलालको दर्ताको हो । यो २०२४ साल सर्भे नापीमा मेरो नाउँमा नापी भएको छ । उक्त जग्गामा रोपा गर्न थालेको बेलामा २०२४ साल श्रावण ३ गते विपक्षीहरू आई मलाई रोपा गर्न नदिई हटक गरेकोले अन्यायमा परी भूमीसम्बन्धी ऐन, २०२१ प्रथम संशोधन सहितको दफा ३१ (क)अनुसार फिराद गरेकोछु । साक्षी सरजमिन प्रमाण समेत बुझी हक इन्साफ भई मोहियानी कायम गरी विपक्षीहरूलाई सजायसमेत गराई पाउँ भन्नेसमेत २०२४।५।६।३ को फिराद दावी । २. वादीले दावी गरेको जग्गा धेरै बर्षदेखि कमाई आएको छु । भू.सु. लागू भए पछि मोहियानी लेखाई साल सालको बचत पनि दिदै आएको छु । उक्त जग्गाको हद वादीले लेखेको हद नभई पूर्व देखी पश्चिम जानकी उत्तर दुखी दक्षिण बन्हु ४ किल्ला भित्रको ।।।४ कठ्ठा चानचुन जग्गा पर्छ, जग्गा धनीको प्रमाण समेत मेरै हुँदा उक्त जग्गा म मुनिलालका नाउँमा कायम राखी सवै सबूद प्रमाण बुझी मोहियानी श्रीलालको नाउँमा कायम गरी झुठ्ठा उजूरी गरेमा वादीलाई सजाय मिलोस भन्नेसमेत प्रतिउत्तरपत्र । ३. मोहियानी प्राप्त गरेको ५ नं. फारममा पनि भूलबाट आफ्नो भनी लेखाएको छु । जग्गा धनी मनिलाल हो भनी वादीले लेखेको फिरादमा र फाराममा पनि आफ्नो भन्ने लेखिएको त्यस्तो आफुले प्राप्त गरेको फाराममा जग्गा वा मोहीमा कुनै हेरफेर हुन