निर्णय नं. ४७४१ - उत्प्रेषण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ४७४१ - उत्प्रेषण भाग: ३५ साल: २०५० महिना: भाद्र अंक: ५ फैसला मिति :२०४९/१२/२९ २६५६ निर्णय नं. ४७४१ ने.का.प. २०५० (ख) अङ्क ५ संयुक्त इजलास माननीय न्यायाधीश श्री त्रिलोक प्रताप राणा माननीय न्यायाधीश श्री गोविन्द बहादुर श्रेष्ठ सम्वत २०४७ सालको रिट नं. १३४१ आदेश मिति: २०४९।१२।२९ निवेदक : एभेरष्ट पेपर मिल्स प्रा.लि. को तर्फबाट ऐ को संचालक का.जि.का.न.पा. वडानं. २२ टेकु बस्ने रमेश प्रसाद सराफ । विरुद्ध विपक्षी : श्री ५ को सरकार, श्रम तथा सामाजिक कल्याण मन्त्रालय, श्रम विभाग पुतली सडक रामशाहपथ, काठमाडौं । : श्री श्रम कार्यालय जनकपुर अञ्चल मुकाम जनकपुर । : श्री धनुषा सखुवा महेन्द्रनगर गा.पं. वडा नं. २ बस्ने राम आषिश शाह । विषय : उत्प्रेषण । (१) श्रम विभागबाट दिएको जानकारी रायलाई निर्णय सम्झी प्रस्तुत रिट निवेदन परेको हुँदा श्रम विभागको जानकारी निर्देशनलाई बदर गरिनुपर्ने औचित्य नहुँदा प्रस्तुत रिट निवेदन खारेज हुने । (प्र.नं. १७) निवेदक तर्फबाट: विद्वान अधिवक्ता श्री त्रिभुवन भट्ट प्रत्यर्थी तर्फबाट: विद्वान सरकारी अधिवक्ता श्री देवशरण प्रसाद : विद्वान अधिवक्ता श्री मादेव यादव आदेश न्या. त्रिलोक प्रताप राणा १. नेपालको संविधान, २०१९ को धारा १६।७१ अन्तरगत पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त विवरण निम्न प्रकार छ । २. यस कम्पनीका कार्यरत कर्मचारी राम आशिष शाहलाई यस कम्पनीको प्रधान कार्यालयमा कार्यरत रही रहेकोमा यस कम्पनीको प्रधान कार्यालय काठमाडौंको लागि एक कर्मचारीको आवश्यक परेको हुँदा मिति २०४६।९।२७ गते कार्यालय काठमाडौंको लागि सरुवा गरियो । कुनै पनि कर्मचारीलाई सरुवा गरिएपछि सो कर्मचारी तोकिएको कार्यालयमा हाजिर हुनुपर्ने प्रथम कर्तव्य हो । यस कम्पनीले मिति ०४६।१०।१ र मिति २०४६।११।२३ को पत्रद्वारा निर्दिष्ट कार्यालयमा हाजिर हुन जानु भनी भन्दा भन्दै पनि सो को ख्यालै नराखी उल्टो श्रम कार्यालयमा उजुर दिनु भएको रहेछ । सो सिलसिलामा श्रम कार्यालय जनकपुरले मिति २०४६।१२।२३ मा विवरण माग गर्‍यो तैपनी आफ्नो कर्तव्य संझी यस कम्पनीले मिति ०४६।१२।२३ मा विवरण पठाएको थियो । उक्त पत्रबाट यस सम्मानित अदालतलाई सबै कुरा बोध हुने हुँदा यहाँ अनावश्यक पुनरुक्ति गरिरहेको छैन । पछि एकाएक श्रम कार्यालयको मिति ०४७।२।९ को पत्रद्वारा विपक्षी कर्मचारी राम आशिष शाहलाई काठमाडौंमा सरुवा गरेको ऐन नियम विपरित भएकोले जानकारी गराइन्छ भनी लेखी पठाएको रहेछ । श्रम विभागको निर्णय आदेश सहितको पत्र प्राप्त नभएकोले मिति ०४७।१।१३ को नक्कल पाउँ भनी मिति २०४७।२।११ मा पत्र लेख्दा श्रम विभागको मिति २०४७।१।१३ को पत्रको नक्कल प्राप्त भयो । उक्त पत्रद्वारा यस कम्पनीको कानुनी एवं संवैधानिक हकमा आघात परेकोले यस सम्मानित अदालतको शरणमा आएका छौं । ३. प्रथमतः विपक्षी श्रम विभागलाई ऐन नियमको दफा उल्लेख नगरी हटाउन नमिल्ने भनी ठहर गर्ने मिल्दैन । श्रम विभाग श्रम कार्यालयलाई कानुनद्वारा निर्धारित कृया मात्र गर्न मिल्छ । ऐन नियम उल्लेख नगरी कुनै निर्णयमा पुग्न मिल्दैन । ऐन नियम उल्लेख नगरि गरिएको निर्णय स्वतः बदरभागी छ । ४. अर्को कुरा निर्णयमा कारखानामा मजदुर कर्मचारीलाई जगेडामा रहेको अवस्थामा आफ्नो अधिनको ५ कि.मी. क्षेत्र भित्रको अन्य उद्योगमा लगाउन पाइने वाहेक एक कारखानामा काम गर्ने मजदुरलाई अन्यत्र काम गर्न जान खटाउन सक्ने अधिकार व्यवस्थापनले दिएको नदेखिएको भनी लेखिएको छ । यस कम्पनीले राम आशिषलाई जगेडाम