निर्णय नं. ६०८६ - मोही कायम

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ६०८६ - मोही कायम भाग: ३७ साल: २०५२ महिना: माघ अंक: १० फैसला मिति :२०५२/१०/२४ २९९९ निर्णय नं. ६०८६ ने.का.प. २०५२ अङ्क १० संयुक्त इजलास माननीय न्यायाधीश श्री ओमभक्त श्रेष्ठ माननीय न्यायाधीश श्री उदयराज उपाध्याय सम्वत् २०५१ सालको दे.पु.नं. २३२४ फैसला मिति : २०५२।१०।२४।४ मुद्दा : मोही कायम । पुनरावेदक : जिल्ला बारा अमृतजंग गाउँ विकास समिति वडा नं. २ बस्ने जगतनारायण राय यादव विरुद्ध विपक्षी : ऐ.ऐ. बस्ने गोपालप्रसाद यादव § पेश हुन आएको कबुलियत भनिएको कागजको व्यहोरा भूमिसम्बन्धी ऐन नियमको निर्दिष्ट रीत ढांचामा नभएकोले सो कागजलाई कबूलियतनामाको संज्ञा दिन नमिल्ने । (प्रकरण नं. १३) § सक्कल पेश गर्ने सम्बन्धमा पुनरावेदकलाई दिइएको म्यादभित्र निजले पेश गर्न नसकी खोजतलाश गर्दा फेला नपरेको भनी निवेदन दिएको देखिनाले सक्कल दाखिल गर्न नसकेको अवस्थामा उक्त कबूलियतनामा र भर्पाई दुवैको नक्कल कागजलाई मात्र आधार ग्रहण गरी कानुनी मान्यता दिन नमिल्ने । (प्रकरण नं. १३) § नक्कल कागज प्रमाणले सक्कलको स्थान ग्रहण गर्न नसक्ने । (प्रकरण नं. १३) § सक्कल कबूलियत र भर्पाईको अभाव एवं पेश भएको कबूलियत समेत कानुन बमोजिमको रीत ढांचामा नदेखिँदा भूमिसम्बन्धी ऐन नियम बमोजिमको निर्दिष्ट पूर्वावस्थाको परिपालना नभई मोहियानी हक प्राप्ति हुन नसक्ने कतिपय सिद्धान्त समेत यस अदालतबाट प्रतिपादन भई आएको पाइने । (प्रकरण नं. १३) पुनरावेदक तर्फबाट : x विपक्षी तर्फबाट : x अवलम्बित नजीर : x फैसला न्या.ओमभक्त श्रेष्ठ : पुनरावेदन अदालत, हेटौंडाको मिति २०५०।२।२४ गतेका फैसला उपर वादीको पुनरावेदन परी इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यस प्रकार छ :– २. विपक्षीका पिता धुर्वलाल राउत अहिरका नाममा दर्ता रहेको जिल्ला बार अमृतजंग गा.वि.स. वडा नं. ५ कि.नं. १७२ को ६–०–० मध्ये दक्षिणतर्फबाट जग्गा विगहा ४–०–० मैले मोही भई जोती मोही कायम गरी पाउँ भनी निवेदन गर्दा मिति २०४३।३।२५ मा यसै कार्यालयबाट मोही कायम गर्ने निर्णय भएको थियो । उक्त मिति २०४३।३।२५ गतेको निर्णय बदर गरी पाउँ भनी विपक्षी गोपाल प्रसादले सर्वोच्च अदालतमा रिट निवेदन गर्दा स.अ.बाट भूमिसुधार कार्यालय बाराले प्रतिवादी कायम गरेको रिट निवेदकलाई झिकाउँदै नझिकाई गरेको फैसला त्रुटिपूर्ण हुँदा बदर हुने ठहर्छ भनी मिति २०४५।४।२४ मा सर्वोच्च अदालतबाट आदेश भइसकेको हुँदा विपक्षीलाई झिकाई मेरो पूर्व माग दावी बमोजिम मोही कायम समेत गरी पाउँ भन्ने समेत व्यहोराको जगतनारायण राय यादवको निवेदनपत्र । ३. वादी दावी बमोजिम जग्गाको मोही विपक्षी नभएको हुँदा अ. ८२ नं. बमोजिम विपक्षीलाई फिराद गर्ने हकदैया नै छैन । २०३३ सालमै स्वर्गवास भईसक्नु भएको पिता उपर विपक्षीले मिति २०४२।११।२२ मा उजुरी गरेको हुँदा अ.बं. १० नं. बमोजिम फिराद खारेज भागी छ साथै विपक्षीलाई २०३४ साल देखि नै उक्त जग्गा मोहीमा जोत्न दिएको भए मौकैमा मोही कायम गराउन सक्नु पर्ने कूतवाली तिरे बुझाएको भरपाई दाखिल गर्न सक्नु पर्नेमा सो सकेको छैन र विपक्षीले दाखिल गरेको लिखतहरु देखिँदा अ.बं. ७८ नं. बमोजिम बयान गर्ने नै छु । तसर्थ विपक्षीको झुठ्ठा बनावटी र कानुन विपरीत उजुरी दावीबाट अलग फुर्सद गरी पाउँ भन्ने समेत व्यहोराको गोपादप्रसादको मिति २०४७।७।५ गतेको प्रतिवादी । ४. भूमिसुधार कार्यालय बाराबाट जग्गा कसको जोतमा छ भनी सरजमीन बुझ्न पठाएकोमा वादी प्रतिवादीको रोहवरमा सरजमीन हुँदा बहुसंख्यक व्यक्ति