निर्णय नं. ४६८ - मानाचामल दिलाई पाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ४६८ - मानाचामल दिलाई पाउँ भाग: १२ साल: २०२६ महिना: बैशाख अंक: १ फैसला मिति :२०२५/१०/०४ २७१६ निर्णय नं. ४६८ ने.का.प. २०२६ फुल बेञ्च माननीय का.मु.प्रधान न्यायाधीश श्री रत्नबहादुर बिष्ट माननीय न्यायाधीश श्री हेरम्बराज माननीय न्यायाधीश श्री प्रकाशबहादुर के.सी. २०२५ सालको देवानी फु.नं. ९५ निवेदक : का.इ.बालाज्यु तौडेल बस्ने ठाकुर भन्ने चन्द्रबहादुर बलामी विरुद्ध विपक्षी : ऐ.ऐ बस्ने हाकु बलामी मुद्दा : मानाचामल दिलाई पाउँ (१) अंशको निम्ति कहीं उल्लेख नगरेमा–मिसिलबाट अंश दिनुपर्ने र पाउनुपर्ने नदेखिएमा–वादीले अंश दिन नपरोस भनेकै आधारबाट वादी मानाचामलको दावी लिई मुद्दा दायर गरेमा–तायदाती नआएको मुद्दाको संज्ञा दिई पुनरावेदनको म्याद दिन नमिल्ने । प्रतिवादीले अंश पाउँ भन्ने कहीं उल्लेख गरेको देखिन आउँदैन र अंश दिनुपर्ने होइन र पाउनु पर्छ भन्ने पनि मिसिल प्रमाणबाट देखिन नआएको, वादीले अंश दिन नपरोस भनेकै आधारबाट वादी मानाचामलको दावी लिई दायर गरेको प्रस्तुत मुद्दालाई तायदाती नआएको अंश मुद्दाको संज्ञा दिई पुनरावेदनको म्याद दिन मिल्ने देखिएन । (प्रकरण नं. १३) फैसला १. छोरा चन्द्रबहादुरले मलाई नहेरी दुःख दिएकोले गाउँ पञ्चसमेत बोलाई सम्झाउदा अबदेखि बदमासी गर्ने छैन भनी कागज लेखिदिएको, सो बमोजिम नगरेकोले फेरि पञ्च राखी जो भएको जग्गा जमिन अन्यायी छोराले नै कमाउने खाने मलाई महिना १ को चामल ।७४ तेल करुवा नगदी रु.५। बर्ष १ को कपडा जोर १ कुखुरा ६ दिने लिने गरी २०१८।९।१३।४ मा कबुलियत गरेको सो बमोजिम नदिएकोले २०१९ साल आषाढ देखि भाद्रसम्म ३ महिनाको लेखिएबमोजिम दिए जिन्सी र नदिए महिना ३ को चामल मुरी १।२।४ रु.१०३, १० तेल करुवा ३ को रु.१६।१० नगदी १५ समेत जम्मा १३४।६० र लुगा कुखुराको ५२। र फैसला हुँदाका मितिसम्मको ठहरेको दर भाउले मानाचामल भराई दिलाई पाउँ र मेरो जिउ छउन्जेल अंश दिन मञ्जुर छैन, कवुलियतमा लेखिएको जग्गाको निजको हक छुटाइ मेरो हक कायम गराई पाउँ भन्नेसमेत वादीको निवेदन बयान । २. वादी मेरो बाबु हो । हामी बाबु छोरा दुईजना मात्र अंशियार भई २०१६ सालमा सानी आमा ल्याई मलाई दुःख दिएकोले हामी बाबु छोराले बण्डा गरी घर अंशबण्डा र सानी आमाबाट छोरी जन्मिएकोले छोरीलाई विवाह खर्च ने.रु.१००। वादीले मबाट लिई भर्पाई गरी दिई अरु जग्गा बाबु र छोराले आधी आधी गरी २०१६।२।३०।७ मा बण्डापत्र भई भिन्न भयो र आफ्नो आफ्नो अंश आफु आफुले भोगेको सानी आमा पोइल गएपछि बाबु अकेला भएबाट मेरो अंश आधी पनि तिमी छोराले चलन भोग गर, मलाई पालनपोषण गर्ने मानाचामल दिनु भनी बाबुले भनेबाट हुन्छ भनी मैले मञ्जुर गरी २०१८।९।१३ मा परस्पर कागज भयो । सो कागज कानूनले पास गर्नुपर्नेमा नगरिदिएको र बाबुको अंश भाग मलाई चलन गर्न पनि नदिएको बाबुले नै चलन गरिरहेको र महिनावारी ।७।४ चामल बाबुको दावी छ । खेत छँदै छैन । त्यसो हुँदा बाबुको अंश बाबुले नै चलन गरी हालसम्म खाइरहेकोले वादी लेखबमोजिम मैले बाबुलाई मानाचामल दिन नपर्ने हुँदा झुठ्ठा फरेवबाट फुर्सदपाउँ भन्ने प्रतिवादी चन्द्रबहादुरको बयान । ३. वादीतर्फको जमिनमा अं.८।९ मुरी मकै उब्जा हुने हुँदा बर्षको रु.३००। जति प्र.ले मानाचामल खर्च दिनुपर्ने हो भन्ने वादीको १ जना साक्षीको बकपत्र । ४. वादीलाई प्र.ले २०१८।९।१३ मा गरिदिएको कागज पूर्णरुप नै मोहीले तलसिंलाई गरिदिएको कागजसरह सम्म भएन । बाबुलाई छोराले पालनपोषन गर्नुपर्ने छोराको कर्तव्य औंल्याई गराइएको सर्त कागजसरह जस्तो भएकोले सम्पूर्ण जग