निर्णय नं. ६०८७ - जग्गा खिचोला चलन चलाई पाउँ ।
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ६०८७ - जग्गा खिचोला चलन चलाई पाउँ । भाग: ३७ साल: २०५२ महिना: माघ अंक: १० फैसला मिति :२०५२/१०/२४ २४४६ निर्णय नं. ६०८७ ने.का.प. २०५२ अङ्क १० संयुक्त इजलास माननीय न्यायाधीश श्री ओमभक्त श्रेष्ठ माननीय न्यायाधीश श्री कृष्णकुमार वर्मा सम्वत् २०५० सालको दे.विविध नं. १२३ फैसला मिति : २०५२।१०।२४।४ मुद्दा : जग्गा खिचोला चलन चलाई पाउँ । निवेदक/वादी : गण्डकी अञ्चल, लमजुङ्ग जिल्ला चिती गाउँ विकास समिति वडा नं. ३ बस्ने गुरु प्रसाद बराल विरुद्ध विपक्षी/प्रतिवादी : ऐ.ऐ. बस्ने कोमलनाथ बराल ऐ ऐ बस्ने रघुनाथ बराल । § वादी बाबु आमासंग सगोलमै रहे बसेको अवस्थामा बाबु आमाको देहावसान पश्चात सो बाबु आमाको नछुट्टिएको अंश भागमा अपुताली परेको भन्ने प्रश्न नै उठ्न नसक्ने । (प्रकरण नं. ११) निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री रामजी विष्ट विपक्षी प्रतिवादी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कुसुम श्रेष्ठ, विद्वान अधिवक्ता मो. शेप आब्वास अवलम्बित नजीर : x फैसला न्या.ओमभक्त श्रेष्ठ : श्री ५ महाराजाधिराज सरकारका जुनाफमा चढाएको पश्चिमाञ्चल क्षेत्रीय अदालतको फैसला उपर इन्साफ जाँच गरी पाउँ भन्ने समेतको निवेदक वादीको विन्तिपत्र यस अदालतमा प्राप्त भई इजलास समक्ष पेश हुँदा न्याय नमिलेको देखिँदा मुद्दाको लगतमा दर्ता गर्नु भन्ने यस अदालत संयुक्त इजलासको मिति २०५०,४।१३ गतेको आदेशानुसार दर्ता इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यस प्रकार छ :– २. पिता दधिराम बरालका ४ छोरामा जेठा म फिरादी माहिला कोमलनाथ, साहिंला विपक्षी रघुनाथ, र कान्छा तोयनाथ परलोक भएका निजकी श्रीमती छदैंछन् । विपक्षी रघुनाथ कोमलनाथ समेत भई म फिरादी गुरु प्रसादसमेत उपर अंश मुद्दा दायर गरी अंश मुद्दा चल्दै जाँदा सर्वोच्च अदालत समेतबाट फैसला भई विपक्षीहरु समेतले अंशबण्डा छुट्टयाई पाउँ भनी यसै अदालतमा दर्खास्त दिई मिति २०४१।१०।१९ गते यस अदालतबाट डोर खटी गई अंश भाग बुझी लिई बसेका हुन् । यस्तै अवस्था २०४४ साल पौष महिनामा पिता माताको परलोक पछि कृयाबाट निस्केपछि विपक्षी रघुनाथ बराल, कोमलनाथ बराल, समेत जना दुईले मेरो हकाधिकारको जि.मु. रामचन्द्र, जि.मु. रण्बहादुर जिम्माको पिताजी दधिरामका नाममा दर्ता भएको कि.नं. ३४४ को पश्चिम तर्फबाट ०–१५–०–३ को कित्ता १, कि.नं. ३४४ को पूर्वतर्फबाट १–१४–१–२ को कित्ता १ कि.नं. १३०७ को ४–३–०–० को कित्ता १ कि.नं. ६७९ को १–३–२–३ को कित्ता १ समेतका जग्गा हामीले खान पाउने हो अब हामी चलन गर्दछौं भनी मिति २०४४।१०।११ गते जग्गामा खिचोला गरी मेरो घरमा ताला चाबी लगाई बन्द गरी घरजग्गा खिचोला गरेकाले खिचोला मेटाई उक्त घर जग्गामा चलन समेत चलाई पाउँ भन्न समेत फिरादपत्र । ३. विपक्षीसँग अंश मुद्दा पर्नु अगाडि देखि र परेपछि पनि वादी आमा अरुहरु र विपक्षीसँग बेगल बसी आएका छौं । अदालतबाट अंश छुट्याउने अवस्थामा हामी प्रतिवादीहरु नै अंश मुद्दामा अंश माग्ने गरी वादी भएकाले हाम्रो अंश छुट्टयाए तापनि सो काम अनुसार विपक्षी र बाबा आमाको अंश पनि छुट्याएको थियो । सो बमोजिम बाबु आमाका केही जग्गा बाबा दधिरामको नाममा दर्ता भई सकेको र केही जग्गा कित्ताकाट भई फिल्डबुकमा जनिएको छ । एकासगोलमै हौं भनी वादीले लिनु भएको दावी झुठ्ठा हो । बाबु आमाको अंश बाबुको नाममा अलग दर्ता भएको र कित्ताकाट भएको अपुतालीमा दावी लिने वादीले दर्ता दाखिल खारेज सम्बन्धमा दावी नलिएको र अपुतालीको महलको १० नं. ले सबै छोरालाई अंश दिई बेग्लै