निर्णय नं. ४६९ - ज्यान

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ४६९ - ज्यान भाग: १२ साल: २०२६ महिना: बैशाख अंक: १ फैसला मिति :२०२५/१०/१६ २४०३ निर्णय नं. ४६९ ने.का.प. २०२६ फुल बेञ्च माननीय का.मु.प्रधान न्यायाधीश श्री रत्नबहादुर बिष्ट माननीय न्यायाधीश श्री हेरम्बराज माननीय न्यायाधीश श्री प्रकाशबहादुर के.सी. २०२५ सालको फौ.फु.नं. २४ निवेदक : का.इ.गोकर्ण थली सिंखडा बस्ने गोविन्द भन्ने कृष्णप्रसाद सिंखडा समेत विरुद्ध विपक्षी : श्री ५ को सरकार मुद्दा : ज्यान (१) धेरै होसियारसाथ छानविन गरेर मात्र ज्यादै कम उमेरका कलिला केटाकेटीहरू (जसको सम्झना शक्ति र बिषय बुझ्ने शक्ति कम हुनु हुदैन) को बचनलाई प्रमाण लिन हुने । ज्यादै कम उमेरका कलिला केटाकटीको बचनलाई भर गरी प्रमाण मान्न सारै कठिन हुन जान्छ । बिषयअनुसार त्यस्ताहरूले भनेको कुरालाई बिल्कुल नामञ्जुर गर्न पनि सकिंदैन । धरै नै होसियारसाथ छानविन गरेर मात्र बालकहरूको बचनलाई प्रमाण लिइने हो । साक्षीहरूको बकपत्र गराउँदा धर्म भकाउनु पर्ने हुँदा बालकहरूको सम्झना शक्ति र बिषय बुझ्ने शक्ति कम रहेछ भने निजहरूको बचन विश्वास मान्न हुदैन । (प्रकरण नं. १६) (२) ज्यान सम्बन्धीको ऐनमा रहेको व्यवस्था–कुटपिटको चोटले नभई कुटपिटको चोटबाट अरु केही भएर मृत्यु भएमा कर्तव्य गरी ज्यान मार्नेको पुरा सजाय नहुने । ज्यान सम्बन्धीको ऐनमा रहेको व्यवस्थाबाट कुटपिटको चोट नै मृत्युको कारण भएमा कर्तव्य गरी ज्यान मारेको मानिने र सो कुटपिटको चोटद्वारा अरु केही हुन आएमा कर्तव्य गरी ज्यान मार्नेको पूरा सजाय हुदैन । (प्रकरण नं. १८) निवेदक तर्फबाट : अधिवक्ता श्री लक्ष्मणप्रसाद अर्याल, अभिवक्ता श्री नन्दिकेशर श्री ५ को सरकारकोतर्फबाट : सरकारी अधिवक्ता श्री रतनलाल कनौडिया फैसला १. गोविन्द सिंखडा र नाम थाहा नभएको अर्को १ जना समेत २ जनाले मेरा काका नाता पर्ने बर्ष ६७ का हाकुचा श्रेष्ठलाई भैंसीले बजेनी खेतको गँहु खायो भनेर खेतको माटोको डल्ला लाठीले पिटी बेहोस भई खेतमा लडिरहेका गोठाला गएका केटाकेटीले गाउँमा आई भनेबाट म समेत हेर्न जाँदा निज काका बेहोस भई कुटिएको चोटबाट खेतमा लडिरहेको, धुकधुक मात्र बाँकी रहेको, निज गोविन्देलाई खोज्दा भेटिएन । म समेत पुग्दा निज गोविन्देको दाजु कृष्ण भन्ने र सानोबाबु भन्ने उक्त खेतमा थिए । बुढो मान्छे कान्लाबाट लडेछन् । घर लैजाउँ भनी कृष्णले भने । अं. ४ बजेको थियो । घरमा ल्याउँदा बीच बाटैमा मरे । देख्ने केटाकेटी रामबाबु कामी १ कामीको छोरो कान्छो १, काले कामीकी छोरी भोटेनी १, कुलबहादुर श्रेष्ठकी छोरी विष्णुमाया १ समेतलाई सोध्दा नाम भन्न नसके पनि मान्छे देखे चिन्ने हुँदा ऐनसवाल बमोजिम गरिपाउँ भन्ने बुद्धनारान श्रेष्ठको २०१९।१।१४ को दरखास्त । २. गोविन्देभन्ने कृष्णप्रसाद१, कृष्णप्रसाद १, सानोबाबु १ समेत ३ जनाउपर ज्यान सम्बन्धी को २६ नं.अन्तर्गत कारबाही गर्नुपर्ने पव्लिक प्रोसिक्युटर तथा पुलिसको २०१९।१।१७।४को रिपोर्ट । ३. २०१९ साल वैशाख १३ गते अं.१ बजे मेरो बजेनी खेतको गँहु बाली गाई भैंसीले खाइराखेको देखी खेतैमा गई धपाउन लाग्दा हाकुचा गोपाल्चा खेतमा आई पुगी गाई भैंसी छेक्न थाले । मैले हाँकी ल्याउन लागेको, हाकुचा बुढो मानिस हुँदा खेतको कान्लाबाट खसेछ । मलाई थाहा भएन । गाई भैंसी छाडिदिई घर आएँ । हाकुचा मरेको सर्जमिनमा सुनें । मैले कुटी कान्लाबाट घचेटेकोबाट हाकुचा मरेको होइन भन्नेसमेत गोविन्देले कृष्णप्रसादको पुलिसमा ठाडो कागज र म ग्यारिजै पल्टनमा नोकरी भई सुन्दरीजल पावर हाउसमा काज खटिएको र प