निर्णय नं. ४७० - अंश मानाचामल
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ४७० - अंश मानाचामल भाग: १२ साल: २०२६ महिना: बैशाख अंक: १ फैसला मिति :२०२५/११/२४ २८५३ निर्णय नं. ४७० ने.का.प. २०२६ फुल बेञ्च प्रधान न्यायाधीश श्री भगवतीप्रसाद सिंह न्यायाधीश श्री रत्नबहादुर बिष्ट न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह सम्वत् २०२५ सालको फु.नं. ३७ निवेदक : काठमाडौं ठहिटी काबहाल बस्ने रजिबक्स मियाँ विरुद्ध विपक्षी : ऐ.ऐ.बस्ने हलिमा विवि मुद्दा : अंश मानाचामल (१) प्रचलित मुलुकी ऐन, लोग्ने स्वास्नीको ४ नं.– स्वास्नीले लोग्नेका अंशबाट आफ्नो अंश छुट्याई लिन पाउने व्यवस्था । प्रचलित मुलुकी ऐन लोग्ने स्वास्नीको ४ नं. मा हेर्दा सासु ससुरासमेत भई वा लोग्नेले मात्र खान लाउन नदिई घरबाट निकाला गरेको वा बराबर कूटपिट गरी दुःख दिने गरेको वा लोग्नेले अरु स्वास्नी ल्याए वा राखेकोमा त्यस्तो स्वास्नीले लोग्नेका अंशबाट आफ्नो अंश छुट्याई लिन पाउँछे भन्नेसमेत प्रष्ट उल्लेख भएकोबाट वादीले प्रतिवादीबाट अंश पाउने नै देखिन्छ । (प्रकरण नं. १४) (२) बकपत्र गर्दा साक्षीहरूलाई कुनै फाईदा हुने नदेखिएकोमा–निज साक्षीहरूले गरेका बकपत्र सद्दे साँचो देखिन आउने । यही वादीको प्रतिवादीसँग विवाह भएको अवस्थामा गहनाहरू नदिएको भए ती साक्षीहरूले उक्त उल्लेख गरिएबमोजिम बकपत्र गर्नुपर्ने अवस्था थिएन र त्यसरी बकपत्र गरेमा निजहरूलाई कुनै फाइदा हुने कुरा पनि देखिंदैन । त्यसकारण ती साक्षीहरूले सद्दे साँचो कुरा नै बकपत्र गरेको भन्ने देखिन आउँछ । (प्रकरण नं. १५) (३) जातीय परम्परा मुताविक स्वास्नीलाई छाडेमा लोग्नेले स्वास्नीलाई मेहर वापत रुपैंयाँ पछि दिने शर्तमा विवाह गरेमा–वैवाहिक सम्बन्ध बिच्छेद नभई मेहरवापत रुपैंयाँ निज पत्नीले नपाउने । जातीय परम्परा अनुसार मलाई छाडेमा मेहरवापत रु.१०००। अन्यायले दिने शर्तमा अन्यायसँग मेरो विवाह भएको भन्ने उल्लेख भएको छ । निजहरूको रीतिथिति अनुसार मेहर तुरुन्तै दिने वा पछि दिने किसिमको हुने भएकोले वादी लेख बमोजिम निजले दावी गरेको मेहर पछि दिने शर्त भएको भन्ने कुरा प्रष्ट छ । यस्तो पछि दिने मेहरको दावी निजहरूको रीतिथिति अनुसार सम्बन्ध बिच्छेद भइसकेपछि मात्र माग गर्न पाउने भन्ने कुरा हुन आउँछ । तर सम्बन्ध बिच्छेद भएको भन्ने वादीको दावी छैन । यसको विपरित वैवाहिक सम्बन्ध कायम रहिरहेकै अवस्था देखाई अंशमा समेत निजले दावी गरेको देखिएबाट र अंश पाउने ठहरेकाले वादी दावी बमोजिमको मेहर पाउँ भन्ने उजूर लाग्न नसक्ने भएको हुनाले सो मेहरवापत रु.१०००। डिभिजनले दिलाउने गरेको निजहरूकै रीतिथिति अनुसार मिलेको देखिएन । (प्रकरण नं. १७) निवेदक तर्फबाट : वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद भण्डारी, अधिवक्ता कृष्णप्रसाद घिमिरे फैसला १. मेरो विवाहको निमित्त आमा बद्रु मिसा विविले अन्याय रजिबक्सलाई ल्याई जातीय परम्पराअनुसार मलाई छाडेमा मेहर वापत रु.१०००। अन्यायले दिने शर्तमा रजिबक्ससँग मेरो विवाह भई बसी आएकै थिएँ । त्यसपछि मेरो बज्यैबाट आमाले पाउनुभएको घरमा समेत एकाधिपत्य जमाउने कुनियत लिई अन्याय रजिबक्सले हामी जातीय पर्दाको बन्धनमा बाँधिएकाहरूलाई ललाई फकाई उक्त आमाको दाइजो पूर्व सडक पश्चिम भिमसिन मानन्धरको बारी र समीको घर उत्तर भिमसिन मानन्धरकै घर दक्षिण समीको घर यती चार किल्ला भित्रको का.ई.ठहटी क्वाबहालको १ नाले ५ कवले ४ तले कर्कटपाता छाना भएको पूर्व मोहडा र उत्तर दक्षिण लंगको लगापात र अरु चल सम्पत्तिसमेत मेरो नाउँमा शेषपछिको बकसपत्र पास गराउनु भनी अड्डामा लगी अन्यायले आफ्नो र मेरो ना