निर्णय नं. ४७१ - कुत भराई जग्गाबाट निष्कासित गरिपाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ४७१ - कुत भराई जग्गाबाट निष्कासित गरिपाउँ भाग: १२ साल: २०२६ महिना: बैशाख अंक: १ फैसला मिति :२०२५/११/२४ २३८२ निर्णय नं. ४७१ ने.का.प. २०२६ फुल बेञ्च प्रधान न्यायाधीश श्री भगवतीप्रसाद सिंह न्यायाधीश श्री नयनबहादुर खत्री न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह सम्वत् २०२५ सालको फुल बेञ्च नम्बर ४६ निवेदक : का.प.बनेपा जनगाल बस्ने हरिकृष्ण बिष्ट विरुद्ध विपक्षी : ऐ.जनगाल मैलटार बस्ने ठूले जैशी मुद्दा : कुत भराई जग्गाबाट निष्कासित गरिपाउँ (१) नेपाल विशेष अदालत ऐन, २०१३ को दफा ४ को उपदफा (३) को प्रतिबन्धात्मक वाक्यांश–म्याद तारिख थमाउन हुलाकबाट निवेदन दिन नपाउने । ऐनको शब्द र वाक्य प्रष्ट भएकोमा उक्त शब्द र वाक्यकै सन्दर्भमा अक्षरशः व्याख्या गर्नुपर्ने हुन आउँछ । अतः उक्त प्रतिबन्धात्मक वाक्यांशबाट म्याद तारिख थमाउन पक्षले हुलाकद्वारा निवेदन दिन पाउने देखिंदैन । (प्रकरण नं. ११) फैसला १. ६३२ नं. खेत ।.।१८।६ को कित्ता र ऐ.खेत ।२।१९ को र ऐ खेत ।५।१० को ३ कित्ता खेत सालको कुत धान ६।१० गहु पाथी ।१५ समेत जमानबाटै दिइआएको, यो २०२१ सालको नदिएकाले नालेस गर्न आएको छु । धानमुरी १को रु.१५०।ले ३२५। गहुँमुरी १ को रु. ८०। ले ६० समेत जम्मा ३८५। भराई जग्गाबाटसमेत निष्कासित गरीपाउँ भन्नेसमेत वादी । २. २०२४।२।१४ गतेको तारिख गुजारी बसेको र नेपाल वि.अ.ऐन, २०१३ को दफा ४को प्रतिबन्धात्मक वाक्यांशअनुशार तारिख गुजारेको ७ दिनभित्र यस अदालतमै उपस्थित भई तारिख थमाइमाग्न आउनुपर्नेमा यसअदालतमा उपस्थित नभई हु.द्वारा निवेदनपत्र ठाएकोले तारिख नथाम्ने निर्णय भइसकेको यो मामिला डिसमिस हुन्छ भन्नेसमेत २०२४।३।१३।३ को भू.सु.बि.अ. काभ्रे. सिन्धुपलान्चोकको डिसमिस फैसला । ३. सो फैसलामा चित्त बुझेन भन्नेसमेत वादीको पुनरावेदन जिकिर । ४. भू.सु.बि.अ.बाट तोकिदिएको तारिख थामी पाउँ भनी पनौती हुलाकबाट रजिष्टरी गरेको र.नं. ६२ को रसिद लिई आउनु भनी अर्को पेसीको तारिख तोकी दिनु भनी २०२५।१।१३।५ को डिभिजन बेञ्चको आदेश । ५. म्याद तारिख गुज्रेको ७ दिन भित्र थामी माग्न विशेष अदालतमै आउने पक्षको कानून भन्दा बाहिरको परिस्थितिले गर्दा म्याद तारिख गुज्रेको हो भन्ने बिषेश अदातलाई लाग्यो भने त्यसरी गुज्रेको तारिख १ पटकसम्म थामिन सक्ने उल्लेख भएको विशेष अदालत ऐनबमोजिम यस्तो अवस्थामा अ.बं.को ५९ नं. ऐन समेत प्रयोगमा नआउने हुँदा डिसमिस गरेको मुनासिव ठहर्छ भन्नेसमेत २०२५।१।२१।२ को डिभिजन बेञ्चको फैसला । ६. सो फैसलामा चित्त बुझेन दोहर्‍याई पाउँ भन्नेसमेत वादीको निवेदनपत्र परेकोमा न्यायिक समितिबाट यस्मा निवेदन दिंदा सुल ज्वरोको बेथाबाट बिरामी भई हाजिर हुन नसकेको देखिन्छ । यस्तो बिरामीको अवस्था वा दैवी घटना वा खोला जंघारले रोकेकोसमेत इत्यादी आफ्नो काबु बाहिरको परिस्थितीमा परी त्यो अवस्थाको अवधि यति नै हो ७ दिन भित्र अदालत मै आफै उपस्थित भई निवेदन दिने हो भनी अर्थ गर्नु व्यवहारिक तथा कानूनी सिद्धान्तको प्रतिकुल हुनजान्छ । तसर्थ, गुज्रेको कारण देखाई हुलाकद्वारा दिएको निवेदन विशेष अदालत ऐनकै अनुरुप देखिन्छ । अदालतमै आई दिनुपर्ने नदिई हुलाकद्वारा दिएको तारिख थामिन सक्दैन, डिसमिस हुन्छ भनी गरेको सर्वोच्च अदालतको निर्णय मिलेको देखिएन । दोहर्‍याउने आदेश हुनुपर्ने समेत भनी समितिबाट सिफारिस गरेको जाहेरी हुँदा नेपालको संविधानको धारा ७२ (ख) अनुसार उक्त मुद्दा दोहर्‍याई दिनु भन्ने २०२५।५।१४।५ को हुकुम प्रमांगी । ७. उक्त हुकुम प्रमांगी स